CG Electronics
IME Life
NIMB

‘सेनाले जिम्मा लिएका कामको प्रगति सन्तोषजनक’

NIMB
Himalayan Bank

 

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले सरकारले नेपाली सेनालाई जिम्मा दिएका कामहरुको कार्य सम्पादन सन्तोषजनक रहेको बताएका छन् । महाशिवरात्रि तथा २६१औं सेना दिवसको अवसरमा नेपाली सेनाका बहालवाला तथा अवकाशप्राप्त, कार्यरत निजामती कर्मचारी एवं परिवारजनलाई शुभकामना दिँदै उनले सेनाको काममा इमादारिता रहेको बताएका हुन् ।

नेपाली सेना कानुनले इङ्गित गरेका अधिकार र जिम्मेवारीको परिधिभित्र रहेर स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि जस्तोसुकै परिस्थितिको सामना गर्दै जीवनको आहुति दिन तत्पर अनुशासित सिपाहीहरुको संगठन भएको उनले बताएका छन् ।

‘संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्दा, हामीसँग उपलब्ध स्रोतसाधनको समुचित सदुपयोग गरी, बदलिंदो विश्वपरिवेश अनुकूल मापदण्ड हासिल गर्न नेपाली सेनाको नेतृत्व पंक्तिबाट आधुनिकीकरण, व्यावसायिकरण र आत्मनिर्भरताका लागि हरसम्भव प्रयास भइरहेको छ, नेपाली सेनाको दीर्घकालीन सोच–२०८७ ले निर्देश गरे अनुरुप राष्ट्रिय सुरक्षा, संगठन सञ्चालन, व्यावसायिक तालिम, पेसागत वृत्तिविकास, सबल बन्दोवस्ती प्रणाली र कल्याणकारी कार्य लगायतका विषयहरुमा समयसापेक्ष आधुनिकीकरण र सुधार गर्दै लैजाने प्रयास भइरहेको छ,’ उनले भनेका छन् ।

 

ऐतिहासिक महत्वका सैन्य सम्पदा (गढी तथा किल्लाहरु) को सम्बर्धन र प्रवर्धन गर्ने कार्यलाई भविष्यमा पनि निरन्तरता दिने उनले उल्लेख गरेका छन् । राष्ट्रिय गौरव एवं सेनाको प्रतिष्ठासँग जोडिएका काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजना लगायत दार्चुला–टिंकर, खाँदवारी–किमाथाँका, वेनीघाट–लार्केभञ्ज्याङ र कर्णाली करिडोर सडक आयोजनाहरुमा सन्तोषजनक प्रगति भइरहेको उनले जनाएका छन् । उक्त विकास निर्माणका कार्यमा संलग्न सबैलाई आर्थिक पारदर्शिता कायम राख्दै समयसीमाभित्रै काम पुरा गर्न उनले निर्देशन दिएका छन् ।

 

नेपाली सेनालाई बन्दोवस्ती सामग्रीहरुको आपूर्तिमा आत्मनिर्भर बनाउन प्रयास भइरहेको जानकारी दिँदै प्रधान सेनापति शर्माले सकलदर्जाको पेसागत दक्षता अब्बल बनाइराख्न तालिम गतिविधिलाई प्राथमिकता दिइएको बताएका छन् ।

उनका अनुसार राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सम्बन्धी विधेयक स्वीकृतिको प्रकृयामा छ । पूर्वाधार निर्माण र तालिम सञ्चालन मोडालिटी तयारीको कार्य अपेक्षाकृत रुपमा अघि बढिरहेको बताउँदै उनले निर्वाह गर्दै आइरहेका प्रकृति संरक्षण, विपद् व्यवस्थापन, अन्तर्राष्ट्रिय शान्ति स्थापना लगायतका जिम्मेवारीहरु उत्कृष्ट ढंगले पुरा गर्दै नेपाली सेनालाई हरेक क्षेत्रमा उत्कृष्ट र अब्बल बनाइराख्न योगदान पु¥याउने सबैलाई धन्यवाद दिएका छन् ।

 

बिहीबारै आयोजित बेग्लाबेग्लै कार्यक्रमहरुका बीच जिम्मेवारी निर्वाहको क्रममा जीवन उत्सर्ग गर्ने सैनिकहरूको सम्मानमा प्रधान सेनापति शर्माले छाउनीस्थित वीर स्मारक तथा सैनिक मञ्च टुँडिखेलमा रहेको सहिद स्मारकमा माल्यार्पण गरेका थिए ।

 

उक्त अवसरमा वीरगति प्राप्त सकलदर्जाको सम्मानमा सहिद सलामी अर्पण गरिएको थियो भने वीरगति प्राप्त सैनिकका परिवारजनहरूलाई छाउनीमा दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

 

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...