CG Electronics
IME Life
NIMB

महिला लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन

NIMB
Himalayan Bank

 

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको छेटौं वार्षिक साधारणसभा आईतबार अर्थात फागुन २७ गते हिमालय दृश्य रिसोर्ट धुलिखेल काभ्रेमा सम्पन्न भएको छ ।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष तारा कुँवरको अध्यक्षतामा सम्पन्न भएको साधारणसभालाई कम्पनीका सचिव एवम् प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले सञ्चालन गरेका थिए ।

सभाको प्रमुख अथिति महिला अधिकार तथा विकास केन्द्रको अध्यक्ष तथा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक अध्यक्ष एमव् पुर्व सांसद तुलसी थापाको रहनु भएको थियो ।
सभाबाट संस्थापक तर्फबाट पुन : तारा कुँवर, इमान सिंह गुरुङ, सुभाष जमरकटेल र माया भण्डारी संचालक समितिमा निर्विरोध निर्वाचित भएका छन् ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष तारा कुँवरद्धारा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ ।

सभामा लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ ।

त्यसै गरी सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ तथा कम्पनी ऐन २०७३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने प्रस्ताव पारित गरिएको छ ।

त्यसैगरी, सभाले यस वित्तीय संस्थाले अन्य इजाजतप्राप्त “घ“ बर्गका लघुवित्त संस्थाहरुलाई गाभिने ÷ गाभ्ने, प्राप्ति – एक्विजिसन) तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्यांकन ( Due to Diligence Audit DDA ) गर्न मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा गाभ्ने/गाभिने प्राप्ति एक्विजिसन) तथा खरिद सम्बन्धी समझदारीपत्र ( Memorandum of Understanding ) तर्जुमा गर्न र सो सम्बन्धी आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्न सञ्चालक समितिलाई वा समितिले तोकेको व्यक्तिलाई पुर्ण अख्तियारी प्रदान गर्ने, संचालकहरुको बैठक भत्ता तथा अन्य सविधा बढाउने, संस्थाको प्रवन्धपत्र तथा नियामावली संशोधन गर्ने सिलसिलामा सम्बन्धित निकायहरुबाट आवश्यक निर्देशन गरेमा सोहि बमोजिम प्रवन्धपत्र तथा नियमावलीमा संशोधन एवं परिर्माजन गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पुर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरू पनि पारित गरिएको छ ।

सभालाई सव्य र भव्य पार्नको लागि उपस्थित सेयरधनीहरुलाई संचालक समितिका सदस्य सुभाष जमरकटेलले स्वागत मन्तव्य राखेका थिए । त्यसै गरी सभाका प्रमुख अथिति तुल्सी थापाले संस्थाको प्रगति र उन्नतिको शुभकामना व्यक्त गरेका थिइन् ।

सभ्य र भव्य रुपले सम्पन्न भएको सभामा सेयरधनीहरुले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै भोलीका दिनमा उच्च प्रतिफल दिन आग्रह गरेका छन् ।

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गतिमा छ : उपाध्यक्ष भट्ट

सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने...

वि.सं.२०८३ असार २३ मंगलवार ०८:३४

  काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...