CG Electronics
IME Life
NIMB

सेयर बजार परिसूचक उच्च, साढे चार अर्बभन्दा बढीको कारोबार

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । साताको तेस्रो दिन सेयर बजार कारोबार उल्लेख्य बढेको छ । ५८.५५ अंकले बढ्दै नेप्से परिसूचक २१११.२१ विन्दुमा पुगेको छ । कारोबार रकम पनि निकै बढेको छ ।

 

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धनका लागि दलीय समीकरण परिवर्तन गर्दै अर्थमन्त्री फेरेसँगै सेयर बजार स्तब्ध थियो । अर्थमन्त्री वर्षमान पुन सेयर बजार व्यवस्थापनमा सकारात्मक हुने आश गरेका लगानीकर्ताले कारोबार बढाएका हुन् ।

 

मंगलबार विभिन्न कम्पनीका १ करोड ६ लाख ९ हजार ५ सय ९७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३ सय ४७ रुपैयाँ भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

सबै उपसमूह बढेका छन् । २२० कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ताले मनग्ये फाइदा कमाएका छन् । जनउत्थान सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त, वीन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त, जाल्पा लघुवित्तका सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज सर्वाधिक कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट अगाडि रह्यो । उक्त कम्पनीको ६ लाख ७३ हजार ७०६ कित्ता सेयर ३७ करोड १९ लाख ३३ हजार रुपैयाँमा किनबेच भएको छ ।

 

यस्तै सोनापुर मिनरल्सको २४ करोड, सन नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ५२ लाख, हिमालयन रिइन्स्योरेन्स १५ करोड ७१ लाख र माउन्टेन इनर्जीको सेयर ११ करोड ११ लाखमा किनबेच भएको छ ।

बजार बढ्दा पनि २२ कम्पनीको सेयरमूल्य भने घटेको छ । ४ कम्पनीको सेयरमूल्यमा घटबढ भएन ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...