CG Electronics
IME Life
NIMB

नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलमा २० फिल्म

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED
काठमाडौं ।  द डेलिगेसन अफ द युरोपियन युनियन टु नेपाल (नेपालका लागि युरोपियन युनियनको डेलिगेशन)को आयोजनामा काठमाडौंमा यही चैत ७ गतेदेखि चैत १० गतेसम्म १३ औं संस्करणको ‘नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल २०२४’ हुने भएको छ ।
‘युरोपियन युनियन–नेपाल सम्बन्धको पचास वर्षः सांस्कृतिक विविधताको उत्सव’ भन्ने नाराका साथ यो वर्ष युरोपियन युनियन–नेपाल दौत्यसम्बन्ध स्थापना भएको ५०औं वार्षिकोत्सवमा फेस्टिभल हुन लागेको हो । अभिनेत्री उपासना सिंह ठकुरी फिल्म फेस्टिभलको यस संस्करणको दूत छिन् ।
फेस्टिभलको उद्घाटन काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा हुनेछ । आयोजकका अनुसार उद्घाटनको दिन मार्टीन म्याकडोनागद्वारा निर्देशित फिल्म ‘द ब्यानशीस अफ इनीशेरीन’सँगै शान्ता नेपालीद्वारा निर्देशित फिल्म ‘डाइ ड्रिम्स’को प्रदर्शन हुनेछ ।
महोत्सवको हरेक स्क्रिनिङ एक नेपाली र अर्को युरोपियन फिल्म देखाइने छ । यो फेस्टिभलका लागि सर्ट फिल्म छनोट गर्न नेपाली युवा चलचित्र निर्देशकहरुका लागि ‘सर्ट फिल्म प्रतिस्पर्धा’ आयोजना गरिएको थियो । विजेता फिल्मका निर्देशकहरूसहित अन्य युवा निर्देशकहरु ब्रसेल्समा आयोजना हुने नेपाली फिल्मको  महोत्सवमा सहभागी हुने छन् । यो फेस्टिभलका लागि १० वटा सर्ट फिल्महरु प्रतिस्पर्धामार्फत छनोट गरिएको थियो ।
नेपालका लागि युरोपियन युनियनकी उपप्रमुख डा. जोएल इभोनेटले युरोपियन युनियन र नेपालको दौत्य सम्बन्धको ५० बर्ष मनाउन युरोपको विविधतापुर्ण संस्कृति, जीवनशैली र सिनेम्याटीक सृजनशीलता काठमाडौं, लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका नेपाली दर्शकहरूसँग आदानप्रदान गर्न पाउँदा हर्षित भएको बताइन् ।
महोत्सव अवधीभर ९ वटा युरोपियन फिल्म र ११ नेपाली सर्ट फिल्म प्रदर्शित हुनेछन् । युरोपियन फिल्महरुमा मार्टीन म्याकडोनाग निर्देशित ‘द ब्यानशीस अफ इनीशेरीन’ (आयरल्याण्ड), मेरियन ब्लिचर निर्देशित ‘मिस भिर्बोग’ (डेनमार्क), इम्यानुएल परभु निर्देशित ‘मिकादो’ (रोमानिया, चेज रिपब्लिक), पिलर पालोमेरो निर्देशित ‘स्कुल गल्र्स’ (स्पेन), एन्टोनियो लुकीच निर्देशित ‘लक्जेम्बर्ग लक्जेम्बर्ग’ (युक्रेन), इभान ओस्ट्रोचोभ्स्की निर्देशित ‘सरभेन्टस्’ (चेज रिपब्लिक, आयरल्याण्ड, रोमानीया, स्लोभाकीया), भिक्टर बोजिनोभल निर्देशित ‘द नेकेड ट्रुथ अवाउट झिगुली ब्याण्ड’ (बुल्गेरीया), जाइदा बरग्रोथ निर्देशित ‘टोभ’ (फिनल्याण्ड) र रोड्रिगो सोरोगोएन निर्देशित ‘द बीस्ट’ (स्पेन) रहेका छन  रहेका छन् ।
महोत्सवमा नेपाली फिल्महरुमा शान्ता नेपाली निर्देशित ‘डाइ ड्रिम्स’, गोपाल आचार्य निर्देशित ‘डिभिनेसन् (आखत)’, समाल बज्राचार्य निर्देशित ‘हावाम्यान’, निमा गेलु शेर्पा निर्देशित ‘काठमाडौं मनसुन’, अतिन श्रेष्ठ निर्देशित ‘मखमली उडान’, रजिन महर्जन निर्देशित ‘लेट्स टक पिरियड’, मिराज रोशन ठकुरी निर्देशित ‘रातो पछ्यौरी’, आकांक्षा कार्की निर्देशित ‘सनाई’, स्वोयन मास्के मानन्धर निर्देशित ‘द बुल, द काउ, द काल्फ’, सन्तोष दाहाल निर्देशित ‘द मिराज’ र अनिल कुर्मी निर्देशित ‘रिल’ प्रदर्शन हुनेछन् ।
महोत्सव अप्रिल १० र ११ गते सुदुरपश्चिम प्रदेशमा समेत आयोजना हुने छ । सुदुरपश्चिम विश्वविद्यालयको हलमा फिल्महरु प्रदर्शित हुनेछन् । यसैगरी महोत्सवको अर्को गन्तव्य लुम्बिनी प्रदेशको नेपालगञ्ज हुनेछ जहाँ अप्रिल १५ मा फिल्महरू प्रदर्शन हुनेछन् । कर्णाली प्रदेशको सुर्खेत विरेन्द्रनगरमा १९ र २० अप्रिलमा फिल्महरु महोत्सव हुने छ ।  ।
नेपालस्थित युरोपियन युनियनको डेलिगेशनले ‘फिल्म क्रिटिक्स् कम्पिटिसन’ (चलचित्र समालोचना प्रतियोगिता) समेत आयोजना गर्दैछ । यस प्रतियोगितामा उत्कृष्ट चलचित्र समीक्षा÷समालोचनालाई ‘फिल्म क्रिटिक्स् अवार्ड’ प्रदान गरिनेछ । यो प्रतियोगीताको लागि आवेदनको सूचना छिट्टै प्रकाशित हुनेछ । यस प्रतिस्पर्धाका विजेताहरु पनि यसैबर्षको शरदमा ब्रसेल्समा आयोजना हुने नेपाली फिल्म महोत्सवमा  सहभागी हुनेछन् ।
मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...