CG Electronics
IME Life
NIMB

‘सरकारको नीति तथा कार्यक्रमसँग नबाझिने बजेट ल्याउँछौं’

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले यस वर्षको बजेट निर्माण सरकारको नीति तथा कार्यक्रमसँग नबाझिने गरी ल्याउने बताएका छन् ।

काठमाडौंमा आइतबार आयोजित ‘पूर्व बजेट छलफल आर्थिक वर्ष २०८१–८२’ कार्यक्रममा उनले यस्तो बताएका हुन् । तीन महिनाअघि नै संसदमा बजेट विनियोजनको सिद्धान्त र प्राथमिकतामाथि छलफल भएर आवश्यक सुझावहरू पनि आइसकेको भन्दै सरकारको नीति तथा कार्यक्रमसँग नबाझिने र आगामी मौद्रिक नीतिसँग मिलाएर लैजाने प्रयास भइरहेको उनले प्रष्ट्याए ।

उनले भने, ‘बजेट निर्माणको क्रम छ । म सुरु मै भन्न चाहन्छु यसपटकको बजेट निर्माण अलि समावेशी खालको र अलि वस्तुपरक बनाउने प्रयास भएको छ । अहिले तीन महिना पहिले नै बजेट विनियोजनको सिद्धान्त र प्राथमिकता माथि छलफल संसदमा भएर आवश्यक सुझावहरू पनि आइसकेको छन् ।

त्यसलाई सरकारको नीति तथा कार्यक्रमसँग नबाझिने गरी लैजाने कोसिस भइराखेको छ । त्यसपछि आउने मौद्रिक नीतिसँग मिलाएर लैजाने प्रयास भएको छ ।’

अर्थमन्त्री पुनले गत वर्षमा कुनै राष्ट्रिय दल विशेषको नजिकबाट नीति, कार्यक्रम र बजेट र आएको भन्ने टिप्पणी बिडम्वना रहेको बताए । यस वर्षको बजेट विनियोजनमा विगतको कमजोरीलाई दोहोरिन नदिने दाबी उनले गरे ।

उनले भने, ‘गत वर्ष विडम्बना जस्तो पनि साझा टिप्पणीहरु भए । कुनै राष्ट्रिय दल विशेषको नजिकबाट नीति कार्यक्रम बजेट र त्यसपछि मौद्रिक नीति अर्को आस्थाबाट आएको जस्तो टिप्पणी गरिए । यो हाम्रो कमजोरी पक्ष हो । यसलाई सच्याउन यस वर्ष प्रयत्नहरू भइरहेको छ ।’

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...