CG Electronics
IME Life
NIMB

राजस्व संकलनमा २० प्रतिशतले वृद्धि

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

१० जेठ, काठमाडौं- अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष ०७३/७४ वैशाख मसान्तसम्मको राजस्व संकलनमा गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले वृद्धि भएको जनाएको छ । आर्थिक वर्ष ०७३/७४ वैशाखसम्मको राजस्व संकलनको लक्ष्य १ खर्ब ७९ अर्ब २८ करोड ४७ लाख ८७ हजार रहेकोमा १ खर्ब ८८ अर्ब ८५ करोड ७६ लाख ८४ हजार संकलन भई लक्ष्यको तुलनामा १०५ प्रतिशतको प्रगति भएको छ । यो गतवर्षको तुलनामा २० प्रतिशतले बढी हो ।

शीर्षकगत रूपमा हेर्दा आयकरतर्फ १ खर्ब १ अर्ब ८१ करोड ७० लाख ३६ हजार, मूल्य अभिवृद्धि करतर्फ ४८ अर्ब ३२ करोड २४ लाख ११ हजार र अन्तःशुल्कतर्फ ३७ अर्ब २८ करोड ५७ लाख १६ हजार संकलन भएको छ ।

सो रकम लक्ष्यको तुलनामा आयकरतर्फ आयकर, वहालकर, ब्याजकर गरी १०७ प्रतिशत, मूल्यअभिवृद्धि करतर्फ १०१ प्रतिशत र अन्तःशुल्कतर्फ १०८ प्रतिशत हो ।

त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः ६४ करोड २८ लाख ४० हजार र ७८ करोड ९६ लाख ८१ हजार संकलन भएको छ । शिक्षा सेवा शुल्कतर्फ लक्ष्यको तुलनामा ९९ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ८८ प्रतिशत संकलन भएको छ ।

गत वर्षको तुलनामा आयकर वृद्धिदर १५ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर २५ प्रतिशत, अन्तःशुल्कको वृद्धिदर ३२ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर २४ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर ३२ प्रतिशत छ । आर्थिक वर्ष ०७३÷७४ को वार्षिक लक्ष्य २ खर्ब ३३ अर्ब ६० करोड १५ लाख १७ हजार रुपैयाँ संकलन हुने अर्थ मन्त्रालयले जनाएको छ ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...