Nabil Bank
prabhubank
nic bank

जो हेरे लाग्छ त्यही राम्री बोलको तामाङ सेलो गीत सार्वजनिक

मिडिया स्पेस सोलुसन्स प्रालि

काठमाडौं । जो हेरे लाग्छ त्यही राम्री बोलको तामाङ सेलो गीत सार्वजनिक भएको छ ।

 

शनिबार काठमाडौंमा एक कार्यक्रमकाबीच समाजसेवी धर्म बिरु लामाको तामाङ सेलो गीत सार्वजनिक गरीएको हो ।

 

 

लामाको शब्दसँगै चर्चित गायक विश्व दोङको स्वरमा सजिएको गीतको संगीत तथा एरेन्ज भने वरिष्ठ संगितकार रुविन जोएले गरेका छन् । भिडियोमा चर्चित नृत्य निर्देशक सुरेश पाण्डेको निर्देशन रहेको छ भने सम्पादन तथा कलर सौखिन तिमल्सिनाले गरेका छन् ।

 

उक्त गीतको भिडियोमा प्रमुख भुमिकामा पर्वत विश्वकर्मा र माया रानालाई देख्न सकिन्छ । त्यस्तै अन्य कलाकारहरुमा मुना राई, मार्फिना गुरुङ, रेनुका राई, सुनिता लिम्बूलगायतको अभिनय रहेको छ ।

 

काठमाडौं र धादिङको सिमानामा छायाँकन गरिएको उक्त गीतमा विभिन्न जात–जातिका भेषभुषा तथा पहिचानलाई झल्काउन खोजीएको छ । सबैको मनमुटुमा बस्न सफल लोकप्रिय गायक विश्व दोङ र उत्कृष्ट गीतकार धर्म बिरु लामाको सहकार्यमा सृजित तामाङ सेलो गीत भिरु प्रडक्सन हाउस युट्युव च्यानलमा सार्वजनिक भएको छ ।

 

नेपालमा मात्र नभएर विदेशमा समेत चर्चा कमाइ सकेका गीतकार लामाले यसअघि पनि आफ्ना थुप्रै चर्चित गीतहरु बजारमा ल्याईसकेका छन् । जस्तै, राष्ट्रिय गीत हाम्रो देश नेपाल, उकाली ओराली भन्ज्याङमा, जिन्दगीमा घाँमछायाँ, साथै हिन्दी गीत मेरी यादो मे, समेत लेखिसकेका छन् ।

 

उनका गीतहरु नेपालका चर्चित गायक राजेशपायल राई, यम बराल, उदय सोताङ, रामकृष्ण ढकाललगायतका वरिष्ठ गायकहरुले गाईसकेका छन् । मुख्य कलकारका रुपमा रहेका पर्वत विश्वकर्माले पनि यस अघि धेरै म्यूजिक भिडियोमा आफ्नो भूमिका निभाई सकेकाछन् । उनले अघि अभिनय गरेको म्यूजिक भिडियोसमेत निकै लोकप्रिय रहेको थियो ।

श्रेजु वाग्लेको स्वरमा रहेको गीत ‘जय होस्’ सार्वजनिक

श्रेजु वाग्लेको स्वरमा रहेको गीत ‘जय होस्’...

वि.सं.२०८१ वैशाख ३१ सोमवार १०:१७

  काठमाडौं । ९ वर्षीया गायिका श्रेजु वाग्लेको स्वरमा रहेको...

मिस युनिभर्स नेपाल २०२४ का लागि आवेदन खुला

मिस युनिभर्स नेपाल २०२४ का लागि आवेदन...

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०५:२२

  काठमाडौँ । सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपालका लागि आवेदन...

गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को ग्राण्ड फिनाले सम्पन्न

गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को...

वि.सं.२०८१ वैशाख १० सोमवार २२:३१

  पहिलो संस्करणको गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को...

‘बलिदान’को मुख्य भूमिकामा ऋचा शर्माको प्रवेश

‘बलिदान’को मुख्य भूमिकामा ऋचा शर्माको प्रवेश

वि.सं.२०८० चैत २२ बिहीवार १४:५०

निर्माणाधीन नेपाली चलचित्र ‘बलिदान’को मुख्य भूमिकाहरु मध्ये एक भूमिकामा अभिनेत्री...

मिस नेपाल–२०२४ को आवेदन खुला, कहाँ कहाँ हुदैछ अडिसन ?

मिस नेपाल–२०२४ को आवेदन खुला, कहाँ कहाँ...

वि.सं.२०८० चैत १७ शनिवार २२:१६

काठमाडौं । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ...

धर्म बिरु लामाको ‘जो हेर्‍यो लाग्छ त्यही राम्री’ गीत सार्वजनिक

धर्म बिरु लामाको ‘जो हेर्‍यो लाग्छ त्यही...

वि.सं.२०८० चैत ९ शुक्रवार ०५:०२

  गीतकार तथा समाजसेवी धर्म बिरु लामाको ‘जो हेर्‍यो लाग्छ...