CG Electronics
IME Life
NIMB

सबैको सम्मान हुनेगरी महासंघको विवाद टुंगियोस् : मन्त्री चौधरी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सबै पक्षको सम्मान हुनेगरी पत्रकार महासंघको संस्थापकको विवाद टुंगो लाग्नुपर्ने बताएकी छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आयोजना गरेको नेपाल पत्रकार महासंघको स्थापना दिवस र र सत्यनारायण बहादुर श्रेष्ठको योगदान विषयक संवाद कार्यक्रम तथा फोनिज युके पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन्।

चौथो अंगको रूपमा सबैले स्वीकार गरेको पत्रकारिता क्षेत्रको साझा संस्थालाई सबैले अपनत्व गर्ने संस्थाको रूपमा विकास गर्न उनले आग्रह गरिन्।

पूर्व प्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराई सबैले मान्ने राष्ट्रको नेता भएको भन्दै मन्त्री चौधरीले नेता भट्टराईलाई त्यागी नेताका रूपमा बुझ्ने गरिएको बताइन् । ‘पत्रकार महासंघको स्थापनाका सन्दर्भमा महासंघ आफैले संवाद सुरु गरेको छ । यो विषयले पक्कै पनि टुंगो लाग्नेछ भन्ने विश्वास व्यक्ति गर्दछु’, उनले भनिन्, ‘मलाई लाग्छ यो विषय सिंगो पत्रकारिता क्षेत्रको गौरवसँग जोडिएको विषय भएकाले यसले पक्कै पनि छिट्टै अगाडि बढ्नेछ । सत्य तथ्यको आधारमा पक्कै पनि यस विषयको समाधान हुनेछ ।’

समुदायबाट उठेर पत्रकारिता क्षेत्रमा आउने क्रम रहेको सन्दर्भमा खुसी व्यक्त गर्दै उनले आगामी दिनमा अझ बढी भन्दा बढी जनताका कुराहरू बाहिर ल्याउन सक्नुपर्ने बताइन् ।

‘सत्यनारायण जिले त्यो जमानामा जनताका पक्षमा सूचना सम्प्रेषण गर्दै पत्रकारिता क्षेत्रमा लागेका पत्रकारलाई संगठित गर्ने काम गर्नुभएको हिसाबले उहाँ हामी सबैका लागि सम्मानित व्यक्तित्व हुनुहुन्छ’, उनले भनिन्, ‘त्यसैगरी हाम्रा सन्त नेता सम्मानित व्यक्तित्व नै हुनुहुन्छ । उहाँहरू दुवैप्रति म आदर गर्दछु । त्यस अर्थमा पत्रकार महासंघले यो विषयलाई सकारात्मक रूपमा अवतरण गराउनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’

आफूले पनि ६ महिना रेडियो नेपालमा पत्रकारिता गर्ने अनुभव बटुलेको स्मरण गर्दै मन्त्री चौधरीले यस क्षेत्रमा देखिएको समस्याको समाधानका लागि सबैले ध्यान दिनुपर्ने बताइन् । पेशा व्यवसायसँगै आफ्ना अन्य जिम्मेवारी व्यवस्थापन गर्नुपर्दा केही अप्ठ्यारा हुँदाहुँदै पनि पत्रकारिता क्षेत्र अन्य पेशा भन्दा फरक क्षेत्र रहेकाले यस क्षेत्रमा काम गर्न सकेमा समाजमा स्थापित हुन सकिने उनको भनाई थियो ।

फोनिजका अध्यक्ष गजुरधन राईको अध्यक्षतामा भएको कार्यक्रममा यस वर्षको फोनिज युके पत्रकारिता सम्मानबाट फोनिजका पूर्व संघीय उपाध्यक्ष दिपिन राईलाई तथा फोनिज युके पत्रकारिता पुरस्कारबाट इच्क्षा मनकामना एफएम चितवन कुरिनटारमा कार्यरत पत्रकार संगीता चेपाङलाई पुरस्कृत गरिएको थियो ।
फोनिज युकेले हरेक वर्ष प्रदान गर्दै आएको यो सम्मान तथा पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको फोनिज युकेका निवर्तमान अध्यक्ष गोमा राना मगरले जानकारी दिएकी थिइन् ।

त्यस अवसरमा बोल्दै फोनिजका सल्लाहकार मनोज घर्ती मगर, प्रेस चौतारी नेपालका उपाध्यक्ष देविका घर्ती मगर, प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारी, समाजवादी प्रेस संगठनका उपाध्यक्ष अस्मिता गिरी, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह लगायतले अग्रजको सम्मान गर्दै तथ्यका आधारमा पत्रकार महासंघको स्थापना सम्बन्धी विवादलाई टुंगो लगाउनुपर्ने बताएका थिए ।

 

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...