CG Electronics
IME Life
NIMB

श्री केश तेल गुणस्तरीय रहेको उत्पादक कम्पनीको प्रष्टीकरण

NIMB
Himalayan Bank

 

काठमाडौं । कपालमा लगाउने ‘श्री केश’ ब्राण्ड तेलको उत्पादक कम्पनी सप्तऋषि आयल एण्ड कस्मेटिक प्रालिले आफ्नो उत्पादन गुणस्तरीय रहेको दाबी गरेको छ ।

श्री केश तेलका बारेमा सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन् । कम्पनीले दाबी गरेअनुसारको गुणस्तर नभएको भन्दै प्रश्न उठ्ने क्रम बढेपछि कम्पनीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रष्टीकरण दिएको हो ।

 

कम्पनीका प्रबन्ध निर्देशक टीकाराम बुढाथोकीले श्री केश हेयर आयलमा प्रयोग गरिएका कच्चा पदार्थ तेल र जडीबुटीहरू कपालको सुरक्षा, पोषण, उपचारमा सहयोगी, गुणस्तरीय र उपयोगी रहेको बताए ।
उत्पादनको प्रक्रियाबारे जानकारी दिन श्रव्यदृश्य रिपोर्ट सञ्चारकर्मीलाई देखाएको कम्पनीले कार्यक्रममा ३२ प्रकारका जडीबुटी संकलन, प्रशोधन र प्याकेजिङबारे प्रष्ट्याएको छ ।

 

‘जडीबुटीको खेती, कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्दै देशको प्रमुख आयस्रोतको रूपमा रहेको जडीबुटीको क्षेत्रमा खोज, अध्ययन, अनुसन्धान एवं थप गुणस्तरीय वस्तुहरुको उत्पादन, स्वदेश एवं विदेशमा बिक्री वितरण गर्ने कम्पनीको भावी योजना छ,’ उनले भने, ‘जसबाट बेरोजगारी घटाइ गरिबी निवारण, पर्यावरण संरक्षण एवम् व्यापार घाटालाई कम गर्न समेत टेवा पुग्नेछ ।’

उच्च मूल्यका जडीबुटीको खेती, प्रशोधन निर्यात, एवम् हिमाली क्षेत्रका बहुगुणी जडीबुटीहरूको अनुसन्धान जस्ता कार्यक्रम सरकारले बजेटमा समावेश गरेकोमा उनले खुसी व्यक्त गरे ।

‘नेपाल सरकारबाट प्राप्त हुने सहुलियत कर्जा, अनुदान, प्राविधिक सहयोग, छुट एवं जडीबुटी खेती गर्ने आवश्यक जमिन प्राप्त हुनेछ भन्ने आशा लिएका छौं,’ उनले कम्पनीद्वारा जारी विज्ञप्ति वाचन गर्दै भने, ‘नेपाल सरकारबाट जडीबुटी खेतीको लागि आवश्यक जमिन प्राप्त भएमा छिट्टै तराई, पहाड र हिमाली क्षेत्रमा जडीबुटी खेती गर्ने कार्यक्रम कम्पनीको योजनामा रहेको जानकारी गराउँदछु ।’

कम्पनीले युवाको लगानीमा नेपाली जडीबुटी प्रयोग गरी तेल उत्पादन गरेर विश्वबजारमा नेपाली ब्राण्ड चिनाउने र कृषकलाई आत्मनिर्भर बनाएर रोजगारीको अवसर सिर्जना गरी व्यापार घाटा कम गर्ने काम गरिरहेको प्रबन्ध निर्देशक बुढाथोकीले बताए । कम्पनीले जडीबुटी संकलक, किसान, बिक्रेता, उद्योगका कामदार–कर्मचारी सबैलाई प्रत्यक्ष एवम् परोक्ष रोजगारी प्रदान गरिरहेको पनि उनले बताए ।

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’ अभियान देशव्यापी विस्तार

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’...

वि.सं.२०८३ असार १४ आइतवार २१:५८

  काठमाडौं, असार २८ — नयाँ घरेलु उपकरण श्रृंखला LG...

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...