CG Electronics
Ncell NPL
NIMB

नेपाल र भुटान भारतीय भुभाग हो डोनाल्ड ट्रम्पले भने

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौ २० माघ  अमेरिकी मामलाविरुद्ध नेपाल सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको भेनेजुएला प्रकरणबारे चर्चा चलिरहेका बेला राष्ट्रपति डोनल्ड ट्रम्पलाई नेपाल भन्ने देशै थाह नभएको चर्चा चलेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल र भुटानलाई भारतको भुभाग ठान्ने गरेको सार्वजनिक भएको छ। गत साता अमेरिकाका गुप्तचर निकायका अधिकारीहरूसँग भएको ब्रिफिङमा उनले नेपाल र भुटानलाई भारतीय भुभाग भनेको अमेरिकाको चर्चित म्यागेजिन ‘टाइम’ ले जनाएको छ।

गुप्तचर संस्थाहरूसँग बढ्दो दुरी र द्वन्द्वका बीच ट्रम्पलाई नेपाल र भुटानलाई स्वतन्त्र मुलुक रहेको सम्झाउनुपरेको उच्च अधिकारीहरूलाई उद्‍धृत गर्दै समाचारमा जनाइएको छ।

चर्चित अमेरिकी म्यागेजिन ‘टाइम’ ले गुप्तचर निकायसँगको ब्रिफिङका क्रममा टम्पलाई अधिकारीहरूले नेपाल र भुटान स्वतन्त्र मुलुक रहेको सम्झाएको उल्लेख गरेको छ। दक्षिण एसियाबारेको ब्रिफिङका क्रममा ट्रम्पका सल्लाहकारले अफगानिस्तानदेखि बंगादेशसम्मको क्षेत्रको नक्सा देखाएका थिए।

उक्त ब्रिफिङमै उपस्थित रहेका तथा त्यसका बारेमा जानकार रहेका अधिकारीहरू तथा त्यहाँको संसद (कंग्रेस) सदस्यलाई उद्‍धृत गर्दै टाइम लेख्छ- ‘ट्रम्पले नक्सातिर देखाए र भने कि नेपाल भारतकै भुभाग हो। त्यसपछि उनलाई अधिकारीहरूले नेपाल स्वतन्त्र मुलुक रहेको सम्झाए। जब अधिकारीहरूले भुटान त तपाईँलाई थाहा छ नि भन्दै देखाए, फेरि उनले भने कि भुटान पनि भारतकै भुभाग हो। त्यसपछि उनलाई ब्रिफिङ गरेकाहरूले भने, ‘भुटान पनि स्वतन्त्र देश हो।’

यसअघि पनि उनले नेपाललाई ‘निप्पल’ भनेको सार्वजनिक भइसकेको छ। सन् २०१७ मा भारतीय प्रधानमन्त्री नरेन्दर मोदीसँग भेट्नु अघि भएको ब्रिफिङमा ट्रम्पले नेपाललाई ‘निप्पल’ र भुटानलाई ‘बटन’ उच्चारण गरेको पोलिटिको म्यागेजिनले सार्वजनिक गरेको थियो।

आधिकारिक स्रोतलाई उल्लेख नगरे पनि ट्रम्पले नेपाल भारतको एउटा पाटो भएको भनेको टाइम म्यागेजिनले उल्लेख गरेको छ । तर, नेपाल स्वतन्त्र राष्ट्र भएको जानकारी सचिवालयले नक्सा देखाउँदै भनेपछि छिमेकी ‘भुटान’चाहिँ भारतको पाटो भएको बयान ट्रम्पले दिएको बताइएको छ ।

दक्षिण एसीयामा अमेरिकाले विशेष चासो दिएका बेला राष्ट्रपति ट्रम्पले नक्सा मगाएर हेरेका थिए । जबकि, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र संघको महासभामा पुगेका बेला ट्रम्प दम्पत्तीसँग भेटमात्र गरेका थिएनन्, नेपालको सरकार प्रमूखका हैसियतमा सम्बोधन पनि गरेका थिए ।

त्यसो त ‘पोलिटिको’ भन्ने म्यागेजिनले दुई बर्ष अघि गरेको रिपोर्टलाई आधार मान्ने हो भने ट्रम्पले नेपाललाई ‘निप्पल’ र भुटानलाई ‘बटन’ भनेको समाचार प्रकाशन गरेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वार्ताका क्रममा नै ट्रम्पले त्यसो भनेको विवरणहरूमा उल्लेख थियो ।

विभिन्न विवादीत बयान दिएका कारण ट्रम्प चर्चामा आउने गरेका छन् । ट्रम्पले हालै भने नेपाललाई महत्वका साथ लिएको बताइएको छ ।

भेनेजुएला प्रकरणमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विज्ञप्ति, नेपाल सरकारको धारणालाई ट्रम्पले चासोका साथ लिएको बताइन्छ ।दक्षिण एसीया र हिन्द महासागर क्षेत्रमा अमेरिकाले विस्तार गरेको नयाँ नीति, चीनसँगको प्रतिस्पर्धामा तिव्रता दिएका कारण नेपाललाई ट्रम्पले महत्वका साथ हेरेको बताइन्छ ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...