CG Electronics
IME Life
NIMB

इक्यानको १५औं शैक्षिक मेला स्थगित

NIMB
Himalayan Bank

काठमाडौं । दुईदिन अघिबाट लगातार भइरहेको भारी वर्षा र खराब मौसमको कारण नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले गर्ने भनिएको शैक्षिक मेला स्थगित भएको छ ।

यही असोज १३ गते (२९ सेप्टेम्बर २०२४) आइतबारका दिन द एभरेस्ट होटल, नयाँ बानेश्वरमा सञ्चालन गर्ने तयारी गरिएको १५ औं इक्यान शैक्षिक मेला निरन्तरको वर्षा र खराब मौसमका कारण स्थगित गर्नुपरेको इक्यान सचिवालयले जनाएको छ ।

प्रतिकुल परिस्थितिका कारण मेला स्थगित गर्नुपरेकोमा दुःख व्यक्त गर्दै मौसम सुधार नभएसम्म शैक्षिक मेला सञ्चालन नहुने इक्यान सचिवालयले प्रस्ट पारेको छ । मौसममा सुधार आएर अर्को मिति तय भएपछि सम्बन्धीत सबैलाई जानकारी हुने इक्यान सचिवालयले जनाएको छ ।

मेला आयोजनाको सम्पूर्ण तयारी पुरा भएपनि मौसमले साथ नदिएका कारण स्थगित गर्नुपरेको इक्यानका कोषाध्यक्ष आशिक कार्कीले बताए । ‘यस्तो प्रतिकुल अवस्थामा मेला सञ्चालन गर्नु विद्यार्थी, अभिभावक, र शैक्षिक संस्थाहरुको उपस्थितमा चुनौतीपूर्ण देखिएकाले मौसम सुधार भएपछि नै मेला सञ्चालन गर्ने निर्णय गरेका छौं,’ उनले भने ।

मेलामा सहभागि हुने शैक्षिाक संस्थालगायत सम्बन्धित सबैलाई इमेलमार्फत मेला स्थगित भएको जानकारी गराइसकेको इक्यान सचिवालयले जनाएको छ ।

 

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...