CG Electronics
IME Life
NIMB

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५६ प्रतिशत चिकित्सक उत्तीर्ण

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले ७०औं चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा बुधबार सार्वजनिक गरेको छ । काउन्सिलका अनुसार यस वर्षको परीक्षामा कुल ५५.९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

काउन्सिलका रजिष्ट्रार डा.सतिशकुमार देवको अनुसार, मेडिकल तर्फ ५१.४ प्रतिशत र डेन्टल तर्फ ७२.९७ प्रतिशत विद्यार्थी सफल भएका छन् ।

मेडिकल विभागमा १,१६८ जनाले आवेदन दिएकोमा १,१२९ जनाले परीक्षामा सहभागिता जनाएका थिए । यीमध्ये ५७९ जना उत्तीर्ण भए भने ३९ जना अनुपस्थित रहे । थप तीन जनाको नतिजा विचाराधीन राखिएको काउन्सिलले जनाएको छ ।

डेन्टल विभागतर्फ ३०६ जना आवेदकमध्ये २९६ जनाले परीक्षा दिएका थिए । जसमध्ये २१६ जना उत्तीर्ण भए भने १० जना परीक्षार्थी अनुपस्थित रहे ।

यस वर्षको परीक्षा असोज १३ गतेदेखि १६ गतेसम्म पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा सञ्चालन भएको थियो ।

देशव्यापी बाढी र पहिरोका कारण यात्रामा कठिनाइ भोगेका परीक्षार्थीहरूलाई ध्यानमा राख्दै काउन्सिलले असोज १५ गतेको दिउँसो र १६ गतेको बिहानी सत्रमा छुटेका परीक्षार्थीलाई विशेष अवसर प्रदान गरेको थियो ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...