माछापुच्छ्रे क्यापिटलद्वारा पाँचौँ वार्षिक साधारण सभा आज
Tuesday Oct 29, 2024
वि.सं.२०८१ कात्तिक १३ मंगलवार १५:३४
काठमाडौँ । यस माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा आज मिति २०८१ साल कार्तिक १३ गते (तद्नुसार अक्टोबर २९, २०२४) मंगलबारका दिन बालुवाटार प्यालेस बैंक्वेट, गैरीधारा, बालुवाटार, काठमाण्डौमा सञ्चालक समितिका अध्यक्ष श्री विश्वम्भर न्यौपानेज्यूको सभापतित्व तथा मुख्य कम्पनी माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कोईरालाज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
आज सम्पन्न यस साधारण सभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आ.ब. २०८०र८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तिय विवरणहरु, आ.व. २०८१र८२ का लागि लेखापरिक्षकको नियुक्ती लगायतका प्रस्तावहरु पारित भएका छन् ।
कम्पनीको पाँचौँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने शेयरधनीहरु प्रति कम्पनीका अध्यक्ष तथा यस सभाका सभापतिले धन्यवाद व्यक्त गर्दै हाल कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मिति २०८१ आश्विन १६ गते सामूहिक लगानी कोषको कोष व्यवस्थापक तथा डिपोजिटरीको इजाजत प्राप्त गरि मिति २०८१ आश्विन २१ गते योजना समेत दर्ता गरि स्वीकृतिको प्रक्रियार्थ रहेको जानकारी गराउनुभयो ।
यसका साथै कम्पनीले आगामी दिनमा पुँजी बजारको विकासमा अझ बढि टेवा पुग्ने गरी कार्य गर्ने कुरामा विश्वस्तता व्यक्त गर्नुभयो । साथै, कम्पनीको प्रगतिका लागि प्रत्यक्ष वा अप्रत्यक्षरुपले मार्ग दर्शन गर्ने तथा योगदान दिने मुख्य कम्पनी माछापुच्छ्रे वैंक लि., नियमक निकायहरु, लेखापरीक्षकहरु, सेवाग्राही, कानूनविद्, संचारकर्मीहरु, विभिन्न सम्बद्ध संस्थाहरु, शेयरधनीहरु तथा कम्पनीका कर्मचारीहरु सबैलाई हार्दिक धन्यबाद व्यक्त गर्नु भयो ।

























