CG Electronics
IME Life
NIMB

बायोनिक रोबोट मोर्निन र अर्गोसको साथ ओमोडा एन्ड जेइकोको ‘फ्युचर इन्टेलिजेन्ट इकोसिस्टम’ रणनीति सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । ओमोडा एन्ड जेइकोले हालै चीनको वुहुमा भएको ‘२०२४ ओमोडा एन्ड जेइको अन्तर्राष्ट्रिय युजर समिट (प्रयोगकर्ता सम्मेलन)मा आफ्नो “फ्युचर इन्टेलिजेन्ट इकोसिस्टम (भविष्यको बौद्धिक पारिस्थितिक प्रणाली अर्थात फ्युचर एआई)“ नामक रणनीति सार्वजनिक गरेको छ ।

२८ देशका सय भन्दा बढी मिडिया प्रतिनिधिहरू तथा ‘कि ओपिनियन लिडर’हरूको उपस्थितिमा यो नयाँ ‘ब्रान्ड भिजन’ सार्वजनिक भएको हो । नयाँ ब्रान्ड भिजनले व्यावसायिक र घरेलु वातावरणमा सर्भिस चेन (सेवा–सञ्जाल) जोड्ने “ह्युमन–मेसिन–लाइफ“ इकोसिस्टम सिर्जना गर्ने लक्ष्य राखेको छ । यो इकोसिस्टम दुई अत्याधुनिक सर्भिस रोबोटहरूद्वारा सञ्चालित छ, जसमा – बायोनिक ह्युमनोइड मोर्निन र क्वाड्रपेड (चारखुट्टे) फेमिली रोबोट अर्गोस पर्दछन् ।

युजर समिटमा ओमोडा एन्ड जेइकोले आफ्नो प्रयोगकर्ता–केन्द्रित विकास दृष्टिकोणद्वारा सञ्चालित नयाँ एआई (कृतिम बौद्धिकता) सम्बन्धी उत्पादन तथा आविष्कारहरू प्रदर्शन गरेको छ । जसअन्तर्गत व्यावसायिक क्षेत्र र घरायसी प्रयोजनमा मान जीवन सरल र परिष्कृत बनाउने अत्याधुनिक रोबोटहरू छन् ।

यी रोबोटहरू विश्वव्यापी रूपमा बदलिँदो मानव जीवनलाई ध्यानमा राखी डिजाइन गरिएको हो । यी रोबोटहरूले विकसित क्षेत्रहरूमा वयोवृद्ध जनसंख्याको स्वास्थ्य हेरचाह तथा साथको आवश्यकतालाई सम्बोधन गर्दछन् भने विकासशील क्षेत्रहरूमा युवा जनसांख्यिकीलाई अन्तरक्रियात्मक शिक्षा तथा मनोरञ्जनात्मक पक्षहरूमा साथ दिन्छन् ।

मोर्निन र अर्गोस रोबोटहरूमा व्यापक अनुसन्धानको साथ उत्कृष्ट हार्डवेयर–सफ्टवेयर सन्तुलन सुनिश्चित गरिएको छ जसबाट निरन्तर सन्तुलित हार्डवेयर र बौद्धिक अन्तरक्रिया सम्भव हुन्छ । यी रोबोटहरूमा ‘एडभान्स्ड ल्याङ्ग्वेज मोडल’ र ‘कन्ट्रोल एल्गोरिदम’हरू समावेश छन् जसले गर्दा व्यावसायिक र घरेलु दुवै क्षेत्रहरूमा प्रयोग गर्दा परिष्कृत र बहुमुखी अन्तरक्रियाको अनुभव सुनिश्चित हुन्छ ।

व्यावसायिक प्रयोग उदाहरणका रूपमा, मोर्निन रोबोटले कार डिलरसिपमा स्मार्ट सहायकको रूपमा काम गर्न सक्छ । यस रोबोटले ग्राहकको स्वागत, प्रोडक्ट डेमो र जिज्ञासा तथा अरू कुरामा सहयोग आदि गरी एकातिर ग्राहकको उत्कृष्ट सेवा–अनुभवलाई कायम राख्दछ भने अर्कोतिर डिलरको लेबर लागत घटाउन मद्दत गर्दछ । यसबाहेक मोर्निन रोबोटले खुद्रा विक्री, अतिथि सत्कारलगायत विभिन्न क्षेत्रहरूमा विषयअनुसार छुट्टाछुट्टै विशिष्ट सेवा–सुविधाहरू प्रदान गर्ने क्षमता राख्दछ ।

घरायसी प्रयोजनको लागि, मोर्निन रोबोटले घरको सामान्य कामधन्दा, रिमोट गाडी नियन्त्रण, मनोरञ्जन, स्वास्थ्य मनिटरिङ गर्ने तथा परिवारका वृद्ध सदस्यहरूलाई साथीको रूपमा सेवा गर्न सक्छ । त्यसैगरी, अर्गोस रोबोटले बालबालिका र किशोरकिशोरीहरूका लागि खेलकुदको क्षेत्रमा सहयोग तथा भावनात्मक अन्तरक्रियाहरू गर्दै बालविकासमा सहयोग गर्ने महत्वपूर्ण साथीको रूपमा भूमिका खेल्न सक्दछ ।

ओमोडा एन्ड जेइकोको यो नयाँ रणनीतिले सर्भिस रोबोटलाई “टुल्स (उपकरण)“ को रूपमा मात्र नभई विविध पारिवारिक आवश्यकताको लागि एक साथीको रूपमा परिकल्पना गर्दछ । आजका विभिन्न आवश्यकताहरू पूरा तथा प्रोडक्टहरूबीचको सहकार्यलाई बढावा दिँदै, ब्रान्डले रोबोटिक्स प्रविधिमा नयाँ विकास तथा आविष्कार गरिरहेको छ । यसबाट प्रविधिमा लागत अनुकुलित हुनुका साथै ‘इन्टेलिजेन्ट सर्भिस’हरूको व्यापक प्रयोगको प्रवर्द्धन हुन्छ । यस नयाँ इकोसिस्टमले सर्भिस रोबोट उद्योगको वृद्धिमा योगदान पुर्याउिनेछ र संसारभरका घरपरिवारहरूमा नवीनतम ‘इन्टेलिजेन्ट सोलुसन्स’ पुर्याूउन अहम भूमिका खेल्नेछ ।

नेपालमा ओमोडा एन्ड जेइको अटोमोबाइलको आधिकारिक वितरकको रुपमा एसपीजी अटोमोबाइल्स प्रालि रहेको छ ।

चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल पार्टनर, रोनाल्डोको टिमसँग रणनीतिक सहकार्य

चांगान अटो पोर्चुगल राष्ट्रिय फुटबल टोलीको ग्लोबल...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४६

  काठमाडौँ । चिनियाँ अटोमोबाइल कम्पनी चांगान अटोमोबाइल पोर्चुगल राष्ट्रिय...

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक स्कुटर बजार विस्तारमा जोड

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:२७

  बिर्तामोड । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्राण्ड एथर...

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री सुरु

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री...

वि.सं.२०८३ जेठ ११ सोमवार १९:०५

  काठमाडौँ । नेपालका लागि दिपल ब्राण्डका फ्युचरिस्टिक तथा इन्टेलिजेन्ट...

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि, जेठ १९ भित्र स्टल बुकिङ गर्न आग्रह

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि,...

वि.सं.२०८३ जेठ ८ शुक्रवार १३:१२

  काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)...

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २३:२४

काठमाडौं, नेपाल - १९ मे, २०२६ - डोङफेङ मोटरको एक...

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड एम्बास्डर नियुक्त

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २२:५२

  काठमाडौं । नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय एसटीसीअन्तर्गतका...