CG Electronics
IME Life
NIMB

ग्रेस इन्टरनेशनलद्वारा ‘एडुभर्स २०२४’ देशभरका ९ शहरमा आयोजना हुने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । नेपाली विद्यार्थीहरूलाई लक्षित गरी ग्रेस इन्टरनेशनल ग्रुपले ू;एडुभर्स २०२४ शैक्षिक मेलाको आयोजना गर्ने भएको छ।

विदेश अध्ययनमा रुचि राख्ने विद्यार्थीहरूका लागि आयोजना गरिने यो मेला नोभेम्बर ११ देखि २१ सम्म देशभरका ९ प्रमुख शहरहरूमा सञ्चालन हुनेछ। मेलामा अष्ट्रेलिया, बेलायत, अमेरिका, न्यूजिल्याण्ड, क्यानडा, दुबई, दक्षिण कोरिया र युरोपका विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूले विद्यार्थीहरूसँग प्रत्यक्ष भेटघाट र परामर्श दिनेछन्।

ग्रेस इन्टरनेशनलका संस्थापक निर्देशक एन्ड्रु पौडेलका अनुसार, मेलामा विद्यार्थीहरूले २५ भन्दा बढी विदेशी शैक्षिक संस्थाका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गर्न र विदेश अध्ययनसम्बन्धी विस्तृत जानकारी लिन पाउनेछन्। यस शैक्षिक मेलामा विद्यार्थीहरूले स्पट एडमिसन, अधिकतम छात्रवृत्ति र अन्य विशेष अवसरहरू प्राप्त गर्न सक्नेछन्, जसले उनीहरूको विदेश अध्ययन प्रक्रियालाई सहज बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ। मेला इटहरीबाट सुरु भई विभिन्न शहरहरूमा आयोजना हुनेछ।

नोभेम्बर ११ मा इटहरी, १३ मा काठमाडौँ, १४ मा चितवन पर्सा, १५ मा नारायणघाट, १६ मा कावासोती नवलपुर, १७ मा बुटवल, १८ मा दाङ, २० मा बागलुङ, र २१ मा पोखरामा शैक्षिक मेला सम्पन्न हुनेछ। आयोजकका अनुसार, यी प्रमुख शहरहरूमा आयोजना गरिने कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो अध्ययन गन्तव्य छान्न थप सहज बनाउने र आवश्यक परामर्श उपलब्ध गराउने लक्ष्य राखेको छ।

विद्यार्थीहरूलाई प्रोत्साहित गर्न नेपालका चर्चित क्रिकेटर तथा ग्रेस इन्टरनेशनलका सद्भावना दूत दिपेन्द्र सिंह ऐरीले पनि अधिकांश शहरका मेलामा उपस्थिति जनाउनेछन्। ऐरीको उपस्थिति र उनको प्रेरणादायी सम्बोधनले विद्यार्थीहरूलाई विदेश अध्ययनको लक्ष्यतर्फ प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।

ग्रेस इन्टरनेशनलद्वारा आयोजित यो मेला विदेश अध्ययनका आकांक्षी विद्यार्थीहरूको करियर विकासमा विशेष अवसरका रूपमा प्रस्तुत गरिएको छ। विद्यार्थीहरूले मेलामा सहभागी भएर आफ्ना चासोका देशका प्रतिष्ठित विश्वविद्यालयहरूसँग प्रत्यक्ष रूपमा जोडिन पाउनेछन्। साथै, परामर्शदाता र विश्वविद्यालयका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरी अध्ययन गन्तव्य छान्न, आवेदन प्रक्रियाबारे बुझ्न र छात्रवृत्ति लाभ लिन सक्नेछन्। आयोजकले विदेश अध्ययनमा रुचि राख्ने सम्पूर्ण विद्यार्थीहरूलाई यो अवसरको सदुपयोग गर्न आह्वान गरेको छ। यस मेलाले विद्यार्थीहरूलाई आफ्नो शैक्षिक यात्रा अझ स्पष्ट र योजनाबद्ध रूपमा अघि बढाउन मार्गनिर्देशन प्रदान गर्नेछ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...