CG Electronics
IME Life
NIMB

मनकामना केबुलकार सेवा शुभारम्भको २७ औं वर्षमा प्रवेश

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । मनकामना केबुलकार सेवा शुभारम्भको २६ औं वर्ष पुरा गरी २७ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा कम्पनीले आगामी वर्षहरूमा अरू स्तरीय सेवा दिने प्रतिबद्धता जाहेर गरेको छ ।

 

यस २६ औं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले उक्त केबुलकारका स्रष्टा स्व. लक्ष्मण बाबु श्रेष्ठलाई स्मरण गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । केबुलकार सञ्चालनमा आएपछि प्रसिद्ध तीर्थस्थल मनकामना साथै यस वरिपरिका क्षेत्र भारत लगायत विश्वभरमा नै एक प्रमुख गन्तव्यका रूपमा स्थापित भैसकेको कम्पनीले जनाएको छ । २६ वर्ष पुगिसकेको यो Analogue प्रविधिको मर्मत सम्भार गर्नुका साथै स्पेयर पार्टस् समेत पाउन कठिनाइ हुने स्थितिलाई मध्यनजर गर्दै कम्पनीले यस प्रविधिलाई हालकै नवीनतम Digital प्रणालीमा स्तरोन्नति गरिएको जानकारी दिएको छ ।

 

साथै मनकामनामा केबुलकार हाताभित्र नै सुविधा सम्पन्न रिसोर्टको निर्माणको अन्तिम चरणमा पुगेको जनाएको छ । यो रिसोर्टमा स्वीमिङ्ग पुल, हेल्थ क्लब, सभा सेमिनार हल र रेष्टुरेन्टको सुविधा हुनेछ । रिसोर्ट सञ्चालन आएपछि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय महत्वका साथ गन्तव्य बनाउने लक्ष्य रहने कम्पनीले जनाएको छ ।

सञ्चालनमा आएपछि मनकामनामा सुरुवाती वर्षमा १० लाख यात्रुहरूलाई सेवा दिएकोमा यो क्रमशः बढ्दै गएको छ र हाल वार्षिक १२ लाख यात्रुलाई सेवा दिदैं आएको जनाएको छ । यस वर्ष १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिइएको कम्पनीले जनाएको छ ।

 

 

 

स्व. लक्ष्मण बाबु श्रेष्ठको योगदानको स्मरण

मनकामना केबुलकारका स्रष्टा, स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठको साहसिक नेतृत्वले नेपालको धार्मिक पर्यटनलाई नयाँ उचाइमा पुर्‍याएको छ। उहाँको योगदानप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै, उहाँको दूरदृष्टि र मार्गदर्शनलाई निरन्तर अनुसरण गर्ने प्रतिबद्धता पुनः दोहोर्याइएको छ।

 

प्राविधिक स्तरोन्नति र नयाँ परियोजनाहरू

२६ वर्ष पुरानो प्राविधिक संरचनालाई नवीनतम प्रविधिमा स्तरोन्नति गरिनुका साथै, यात्रुहरूको सुविधाका लागि केबुलकार हाताभित्रै सुविधासम्पन्न रिसोर्ट निर्माणको अन्तिम चरणमा पुगेको छ।

यो रिसोर्टमा :

  • स्वीमिङ्ग पुल
  • हेल्थ क्लब
  • सभा/सेमिनार हल
  • रेस्टुरेन्टजस्ता सुविधाहरू उपलब्ध हुनेछन्।
  • यसले मनकामना क्षेत्रलाई धार्मिक र पर्यटकीय रूपमा थप महत्वपूर्ण गन्तव्य बनाउने लक्ष्य राखिएको छ।
  • यात्रुसेवा र लक्ष्य
    सुरूवाती वर्षमा १० लाख यात्रुलाई सेवा दिइएकोमा, हाल वार्षिक यात्रु संख्या १२ लाख पुगेको छ। आगामी वर्षमा १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य राखिएको छ।

सामाजिक उत्तरदायित्व (CSR)

मनकामना केबुलकारले सामाजिक उत्तरदायित्व नीति (CSR) अन्तर्गत :

केबुलकार आम्दानीको २% विकास निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति संरक्षण, र विपन्न वर्गको उत्थानका लागि खर्च गर्दै आएको छ।
गोरखा भूकम्पको विपद्का बेला उल्लेखनीय सहयोग प्रदान गरेको छ।
स्थानीय विकासमा पनि निरन्तर योगदान पुर्‍याउँदै आएको छ।

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

वि.सं.२०८३ असार ११ बिहीवार १२:१८

  काठमाडौं।नेपालका सर्वाधिक रुचाइएका इभी ब्रान्ड दिपल, नामी र सेरेसका...

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...