CG Electronics
IME Life
Ncell NPL

आकर्षक रोजगारीको सृजना र कृषि क्षेत्रमा क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैँ : प्रधानमन्त्री

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ, ११ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आकर्षक रोजगारीको सृजना र कृषि क्षेत्रमा क्रान्तिका लागि फरक ढङ्गले नीति तर्जुमा गरिने बताउनुुभएको छ ।

सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आज नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्पादन र उत्पादकत्ववृद्धि गरेर न्यायोचित वितरण गर्न आफूहरुले नयाँ ढङ्गले काम गरिरहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले आफ्नै समयमा देशमा परिवर्तन ल्याउनुपर्ने भएकाले परिवर्तनको भार भावी सन्ततीलाई जिम्मा नदिने बरु त्यसको अनुुभूूति दिने बताउनुुभयो ।

नेकपा (एमाले) का अध्यक्षसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले एमाले गफ गर्ने भन्दा काममा विश्वास गर्ने पार्टी भएकाले जिफन्टकै अग्रसरतामा मुलुकमा सफल मजदुर आन्दोलन भएको र सामाजिक सुुरक्षाका कार्यक्रम ल्याउन प्रेरणा मिलेको बताउनुुभयो ।

उहाँले सामाजिक सुरक्षा कार्यक्रम थालनी भएको सात वर्षमा उल्लेख्य काम भएको र आगामी एक वर्षभित्र सामाजिक सुरक्षा कार्यक्रमको अवस्थामा अहिलेको भन्दा प्रगति भएको अवस्था हुने विश्वास व्यक्त गर्नुभयो ।


प्रधानमन्त्री ओलीले मजदुर र योगदानकर्ताजस्ता सरोकारवालको प्रतिनिधित्व नभई मजदुरका विषयमा निर्णय गर्ने प्रवृत्ति गलत भएको भन्दै सामाजिक सुरक्षा कोषमा त्यस्तो भएको पाइए सच्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले कोष मजदुरमैत्री नभएको गुनासो गर्नुभएको थियो ।

कार्यक्रममा सामाजिक सुरक्षा कार्यक्रममा पालिकास्तरबाट अगुवाइ गर्ने फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी, भीमफेदी गाउँपालिकाका अध्यक्ष हृदम लामा, बाँसगढी नगरपालिकाका प्रमुुख खड्गबहादुर खड्का, बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, सुन्दरहरैचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँललाई प्रधानमन्त्री ओलीले सम्मान प्रदान गर्नुभएको थियो ।

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:३१

  काठमाडौं । लामो समयदेखि अवरुद्ध ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेशन...

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म लास उठाउँदैनौ : बिन्दमाया विश्वकर्मा

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:०२

  काठमाडौं । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा ७...