CG Electronics
IME Life
NIMB

१० घण्टा अन्तर्राष्ट्रिय विमानस्थल बन्द : व्यवसाय आधा घट्यो, छिट्टो काम सक्न दबाब

NIMB
Himalayan Bank

काठमाडौं । सरकारले २३ कार्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब पाँच महिनाका लागि दैनिक १० घण्टा बन्द गरेर स्तरोन्नतिको काम गरिरहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि २३ कार्तिकबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न थालिएको हो ।

स्तरोन्नतिका क्रममा राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती भएका छन् । प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गरिरहेको छ । भइरहेको कामको अवलोकन गर्न हालै पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे पनि एयरपोर्ट पुगेका थिए ।

यी काम पूरा गर्न १५ अर्ब रुपैयाँ खर्च हुने आयोजनाले जनाएको छ । २३ कार्तिक अघिसम्म विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो ।

एयरपोर्ट परिसरमा २४ सैं घण्टा चल्ने रेस्टुरेण्ट, क्याँफे, पुष्पगुच्छा पसलका व्यवसायीहरु एयरपोर्ट दैनिक १० घण्टा बन्द हुँदा त्यसको चर्को मार खेपिरहेका छन् । जसका कारण झण्डै आधा व्यवसाय घटेको उनीहरुको भनाइ छ ।

एयरपोर्ट परिसरमा थकाली खाना संचालन गररिरहेका लक्ष्मण बास्तोला एयरपोर्ट क्षेत्रको व्यवसायमा आधा कमी आएको बताउँछन् । उनी भन्छन, ‘रातीको १० बजेबाट बिहानको आठ बजेसम्म एयरपोर्ट पूर्ण रुपमा बन्द भएको छ ।

 

त्यसले दैनिक ५० प्रतिशत नै व्यापार घटेको छ । रातीको व्यापार त शून्य नै भइसकेको छ । १० बजेबाट एयरपोर्ट बन्द हुन्छ ११ बजेबाट यहाँ कोही नै हुँदैन्, सबै ठप्प हुन्छ । हाम्रो त चौबिसै घण्टाको व्यापार होनि तर अहिले अवस्था खस्किएको छ ।’

बाँस्तोलाका अनुसार एयरपोर्टका होटल व्यवसायीहरु भने विकल्पको माग गर्दै सरकारविरुद्ध आन्दोलनको तयारी गरिरहेको बताउँछन् ।

यद्यपी, एयरपोर्ट क्षेत्रमै गाँस र बासको सुविधा दिइरहेका अर्का होटल व्यवसायी एवम ब्ल्याक डाईमण्ड होटलका संचालक सन्तोष भारती भने एयरपोर्ट बन्द भएपनि बुकिङ डटकम तथा फोन कलबाट खाना तथा बस्नको लागि रिर्जभेसन हुने भएकाले खासै फरक नपरेको बताउँछन्।

उनी भन्छन, ‘हाम्रोमा चाहिँ अन्लाइनबाट र फोन कलबाट बुकिङ तथा रिर्जभेसन हुन्छ । उहाँहरु फिक्स गरिएकै समयमा आइपुग्नुहुन्छ । त्यसैले सम्पर्कमा आउनुभएका ग्राहकहरुलाई समय दिंदादिंदै दिनरात वित्छ ।’

एयरपोर्ट मै फूल तथा पुष्प गुच्छा बेच्दै आएकी इबन ओझा अघिपछि २४ सै घण्टा आफ्नो पसल चलाउने गरेको भएपनि एयरपोर्ट बन्द भएपछि चाहिँ १० बजे नै पसल बन्द गर्नुपरेको बताउँछिन् ।

 

इवन भन्छिन्, ‘एयरपोर्ट बन्द भएर राती १० बजे नै पसल बन्द गर्नुपर्ने भएको छ । ९ बजेबाट कस्टमरहरु आउनुहुन्न । २४ घण्टा चलाउनपर्ने हो तर त्यसको असर हामीलाई परेको छ ।’

प्रसिद्ध नारायाण दाइको मःमः सेन्टर एयरपोर्टका विक्रेता जेनिस तामाङ पनि व्यापारमा तलमाथि भएको बताउँछन । उनी भन्छन्,‘एयरपोर्ट बन्द भएर धेरै नै तलमाथि भएको छ । १० बजेदेखि यो अगाडिको पार्किङ्गमा एउटा पनि गाडी हुँदैन।’

एयरपोर्ट क्षेत्रमा सात वर्षदेखि दिउँसो र राती पालो गरेर ट्याक्सी चलाउँदै आएका ट्याक्सी चालकहरु भने एयरपोर्ट बन्द हुँदा असर परेको भएपनि सरकारले राम्रोका लागि गरेको कामको प्रशंसा नै गर्छन् ।

दिनमा ट्याक्सी चलाउँदै आएका ट्याक्सी चालक नकुल तामाङ भन्छन, ‘म चाहिँ दिउँसो चलाउँछु । रातमा चलाउने ट्याक्सीहरुका लागि असर परेको होला । किनभने, अरुबेला आवातजावत भइरहन्छ । दश घण्टा बन्द हुँदा असर त भइहाल्छ नि । स्तरोन्ततीका बारेमा प्रतिक्रिया केही नै छैन । किनभने, सरकारले राम्रोका लागि गरेको कामका बारेमा पब्लिकले बोल्ने कुरा नी आउँदैन । सम्बन्धित सरकारले गरेको कुरामा पब्लिकले बोल्ने बाटो नि छैन।’

अर्का ट्याक्सी चालक विपिन तामाङ भन्छन्, ‘सरकारले गरेको भन्दा पनि एयरपोर्ट मर्मत भइरहेको छ । अलिकति समस्या त हुन्छ । प्लेनलाई त भइरहेको छ भने हामी त ट्याक्सी न हो, असर परिहाल्छ नि ।’

यसरी हेर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच महिनासम्मको १० घण्टाको बन्दका कारण विमानस्थल परिसरका व्यवसायीहरूमा आर्थिक रुपमा असर पुर्याएको छ । रेस्टुरेन्ट, होटल, पुष्प गुच्छा र अन्य पसलहरूमा व्यवसाय घटेको छ, जसले उनीहरूको दिनचर्या र आयमा कमी ल्याएको छ ।

यद्यपि, केही व्यवसायीहरूले अनलाइन र फोनमार्फत हुने बुकिङमा समस्या नभएको बताएका छन् । विमानस्थलको स्तरोन्नति कार्यले भने लामो अवधिको फाइदा दिनसक्ने आशा गरिएको छ, जसको परिणामस्वरूप हवाई यातायात क्षमता अभिवृद्धि हुनेछ ।

रातको समयमा गरिएको बन्दका कारणले प्रभावित भएका चालक र व्यवसायीहरूको चासो भने सरकारको योजना र समाधानको प्रतीक्षामा छ ।

यता, मंगलबार राति पर्यटनमन्त्री पाण्डेसहितको टोलीले विमानस्थलको क्षमता अभिवृद्धिअन्तर्गत भइरहेका कामको अवलोकन गरेपछि व्यवसायमा सामान्य असर परेपनि दिगो फाइदा हुने प्रतिक्रिया दिए ।

पाण्डेले निर्माणको काम तीव्र गतिमा भइरहेको भन्दै समयमै काम सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले ठूलो संख्यामा विभिन्न जनशक्ति र उपकरणको प्रभावकारी परिचालन गरेर युद्धस्तरमा भइरहेको निर्माणले विकासे आयोजनाको कामलाई निर्धारित गुणस्तरीय र निर्धारित समयमै सम्पन्न गर्न सकिन्छ भन्ने सन्देश दिने उल्लेख गरे ।

पर्यटनमन्त्री पाण्डेले अहिले भइरहेको निर्माणको काम सन्तोषजनक रहेको भन्दै निर्धारित समयमै निर्माणको काम सकेर विमानस्थलको उडान सेवा प्रभावकारी हुने बताए ।

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...