CG Electronics
IME Life
NIMB

अनुसन्धान परियोजनाहरुका लागि पर्याप्त रकम जरुरी

NIMB
Himalayan Bank

 

 

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सरकारले अनुसन्धान परियोजनाहरुका लागि पर्याप्त रकम उपलब्ध गराउन आवश्यक रहेको बताएकी छन् ।

बिहीबार काठमाडौंमा आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले दिगो विकासको लागि प्रविधिको आधुनिकिकरण महत्वपूर्ण भएको भन्दै वैज्ञानिकहरुको विश्वव्यापी ज्ञान नेटवर्कमा पहुँच बढाउनु पर्ने बताइन् ।

उनले भनिन्, ‘हामीले अनुसन्धान परियोजनाहरुका लागि पर्याप्त रकम उपलब्ध गराउनु पर्नेछ र वैज्ञानिकहरुको विश्वव्यापी ज्ञान नेटवर्कमा पहुँच बढाउनु पर्नेछ । यसतर्फ सुनिश्चि गर्नुपर्ने चुनौती हाम्रो सामु रहेको छ । दिगो विकासको लागि प्रविधिको आधुनिकिकरण पनि महत्वपूर्ण छ ।’ यस्तै, उनले प्रतिष्ठानका मिशनहरुलाई अगाडि बढाउनका लागि मन्त्रालयको दृढ, अटल, संकल्प र सहयोग रहने विश्वास पनि दिलाएकी छन् ।

उनले भनिन्, ‘प्रतिष्ठानका मिशनहरुलाई अगाडि बढाउनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको दृढ, अटल, संकल्प र सहयोग रहने विश्वास दिलाउन चहान्छु । सँगै हामी अनुसन्धान र नविनताको लागि सक्षम वातावरण सिर्जना गर्ने प्रयास गर्ने छौ । जा विचार फस्टाउन सक्छन् र समाधानहरु देखा पर्न सक्छन् ।’ साथै, यस्तो पुरस्कार र प्रोत्साहनले प्रतिभाशाली अनुसन्धानकर्ता र आविष्कारकहरुको बलियो पाईपलाइन निर्माण गर्न सक्ने पनि उनको भनाई छ ।

उनले भनिन्, ‘यस्तो पुरस्कार र प्रोत्साहनले नेपाललाई समृद्ध भविष्यतर्फ डोराउने प्रतिभाशाली अनुसन्धानकर्ता र आविष्कारकहरुको बलियो पाईपलाइन निर्माण गर्न सकिन्छ । हामीले प्राप्त उपलब्धीहरु मनाउने क्रममा अगाडि रहेका चुनौतीहरुलाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको छ । नेपालमा अनुसन्धानको इको सिस्टमलाई सुदृढ पार्नुपर्ने एउटा महत्वपूर्ण चुनौती हाम्रो सामु छ ।’

इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, ‘स्टडी इन नेपाल’ अभियान संयुक्त रूपमा अगाडि बढाइने

इक्यान र आइप्यानबीच रणनीतिक समझदारी, ‘स्टडी इन...

वि.सं.२०८३ असार १५ सोमवार २३:४९

  काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको आकर्षक गन्तव्यका रूपमा स्थापित...

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’ अभियान देशव्यापी विस्तार

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’...

वि.सं.२०८३ असार १४ आइतवार २१:५८

  काठमाडौं, असार २८ — नयाँ घरेलु उपकरण श्रृंखला LG...

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...