Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

शिवशंकर हाईड्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

Machhapuchchhre Bank Limited

 

काठमाडौं । शिवशंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । हाईड्रोपावरले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका २५ लाख कित्ताले हुन आउने २५ करोड रुपैयाँ रकम बराबरको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयलाल श्रेष्ठ र शिवशंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडका अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा शिवशंकर हाईड्रोका प्रबन्ध निर्देशक दीपकराज जोशीको समेत उपस्थिति रहेको थियो ।

शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेड, शिव शंकर इन्भेष्टमेन्ट र जय गणेश इन्भेष्टमेन्ट एक आपसमा गाभिएर स्थापित भएको एक लगानी (इन्भेष्टमेन्ट) कम्पनी हो, जसले मुख्यतया जलविद्युत, पूर्वाधार क्षेत्र र अन्य उत्पादनशील क्षेत्रमा आफ्नो लगानीको दायरा केन्द्रित गरेको छ ।

हाल कम्पनीले सानिगार्ड हाइड्रो लिमिटेड (३८.४६ मेगावाट), कलंगा हाइड्रो लिमिटेड (१५.३३ मेगावाट), बुङ्गल हाइड्रो लिमिटेड (१०.७ मेगावाट) र भिजन ईनर्जी एण्ड पावर लिमिटेड (५७.५ मेगावाट) नामक जलबिद्युत कम्पनीहरुमा लगानी गरेको छ ।

उल्लेखित कम्पनीहरूमध्ये पहिलो तीन कम्पनीहरू सञ्चालनमा आईसकेको र प्राथमिक सेयर निष्काशनको प्रकृयाका लागि नेपाल धितोपत्र बोर्डमा दर्ता भईसकेको छ ।

शिवशंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले साधारण सेयर निष्काशनपश्चात उक्त कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए र नुबिया सिरिज सार्वजनिक

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए...

वि.सं.२०८१ चैत ११ सोमवार ०९:०१

  काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विश्वव्यापी अग्रणी...

नेपाल बीमा प्राधिकरणका अध्यक्ष ओझाले बीमा क्षेत्रलाई व्यवस्थित बनाउन सहकार्यको आह्वान

नेपाल बीमा प्राधिकरणका अध्यक्ष ओझाले बीमा क्षेत्रलाई...

वि.सं.२०८१ चैत ९ शनिवार ०६:३३

  ललितपुर । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा...

लर्ड बुद्ध एजुकेशन फाउण्डेशनलाई पायोनियर इन्टरनेशनल डिग्री कलेज विधामा पुरस्कार

लर्ड बुद्ध एजुकेशन फाउण्डेशनलाई पायोनियर इन्टरनेशनल डिग्री...

वि.सं.२०८१ चैत ९ शनिवार ०६:२२

  काठमाडौँ। सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन...

नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते भिसा कार्ड इन्टरनेसनलबाट उपहार

नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते भिसा...

वि.सं.२०८१ चैत ९ शनिवार ०६:२०

  काठमाडौँ । भिसा कार्ड इन्टरनेसनलले २०८१ सालको दशैंलाई लक्षित...

एड्भान्स्ड ब्याट्री रिसाइक्लिङमा बीवाईडी, ग्लोबल रिसाइक्लिङ डेको अवसरमा दिगो प्रतिबद्धता बलियो बनाउदै

एड्भान्स्ड ब्याट्री रिसाइक्लिङमा बीवाईडी, ग्लोबल रिसाइक्लिङ डेको...

वि.सं.२०८१ चैत ९ शनिवार ०६:१८

  काठमाडौं ।  ग्लोबल रिसाइक्लिङ डेको अवसरमा बीवाईडी अटो इन्डष्ट्रिले...

महिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्न

महिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८१ चैत ८ शुक्रवार ०८:५६

  काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सातौं...