Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

अनुसन्धान परियोजनाहरुका लागि पर्याप्त रकम जरुरी

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

 

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सरकारले अनुसन्धान परियोजनाहरुका लागि पर्याप्त रकम उपलब्ध गराउन आवश्यक रहेको बताएकी छन् ।

बिहीबार काठमाडौंमा आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले दिगो विकासको लागि प्रविधिको आधुनिकिकरण महत्वपूर्ण भएको भन्दै वैज्ञानिकहरुको विश्वव्यापी ज्ञान नेटवर्कमा पहुँच बढाउनु पर्ने बताइन् ।

उनले भनिन्, ‘हामीले अनुसन्धान परियोजनाहरुका लागि पर्याप्त रकम उपलब्ध गराउनु पर्नेछ र वैज्ञानिकहरुको विश्वव्यापी ज्ञान नेटवर्कमा पहुँच बढाउनु पर्नेछ । यसतर्फ सुनिश्चि गर्नुपर्ने चुनौती हाम्रो सामु रहेको छ । दिगो विकासको लागि प्रविधिको आधुनिकिकरण पनि महत्वपूर्ण छ ।’ यस्तै, उनले प्रतिष्ठानका मिशनहरुलाई अगाडि बढाउनका लागि मन्त्रालयको दृढ, अटल, संकल्प र सहयोग रहने विश्वास पनि दिलाएकी छन् ।

उनले भनिन्, ‘प्रतिष्ठानका मिशनहरुलाई अगाडि बढाउनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको दृढ, अटल, संकल्प र सहयोग रहने विश्वास दिलाउन चहान्छु । सँगै हामी अनुसन्धान र नविनताको लागि सक्षम वातावरण सिर्जना गर्ने प्रयास गर्ने छौ । जा विचार फस्टाउन सक्छन् र समाधानहरु देखा पर्न सक्छन् ।’ साथै, यस्तो पुरस्कार र प्रोत्साहनले प्रतिभाशाली अनुसन्धानकर्ता र आविष्कारकहरुको बलियो पाईपलाइन निर्माण गर्न सक्ने पनि उनको भनाई छ ।

उनले भनिन्, ‘यस्तो पुरस्कार र प्रोत्साहनले नेपाललाई समृद्ध भविष्यतर्फ डोराउने प्रतिभाशाली अनुसन्धानकर्ता र आविष्कारकहरुको बलियो पाईपलाइन निर्माण गर्न सकिन्छ । हामीले प्राप्त उपलब्धीहरु मनाउने क्रममा अगाडि रहेका चुनौतीहरुलाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको छ । नेपालमा अनुसन्धानको इको सिस्टमलाई सुदृढ पार्नुपर्ने एउटा महत्वपूर्ण चुनौती हाम्रो सामु छ ।’

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:२५

  काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन...

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:१५

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...