CG Electronics
IME Life
NIMB

योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज पुस ८ गतेदेखि

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल व्याडमिन्टन संघले ‘योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज–२०२४’ र योनेक्स सनराइज नेपाल जुनियर इन्टरनेशनल सिरिज–२०२४ सन्चालन गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै संघले ‘योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज–२०२४’ पुस ८ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने जनाएको हो ।

यस्तै योनेक्स सनराइज नेपाल जुनियर इन्टरनेशनल सिरिज–२०२४ पुस १२ देखि १४ गतेसम्म सञ्चालन हुनेछ ।

विश्व ब्याडमिन्टन महासंघ व्याडमिन्टन एशियाको स्विकृतीमा तथा नेपाल व्याडमिन्टन संघको आयोजनामा यो च्यालेन्ज काठमाडौं स्थित त्रिपुरेश्वर कभर्डहलमा सन्चालन गरिनेछ ।

पुस ८ गतेदेखि ११ गतेसम्म सन्चालन हुने प्रतियोगितामा विश्वका ५ महादेशका २२ वटा देशहरूको सहभागिता रहनेछ ।

जसमा भारत, अमेरिका, थाईलाण्ड, सिंगापुर, श्रीलंका, बंगलादेश, भियतनाम, क्यानाडा, मलेशिया, इण्डोनेशिया, इरान, ईटाली, युनाइटेड अरब इमिरेटस, जाम्बिया, युगाण्डा, इंड ल्याण्ड, न्युजिल्याण्ड, म्यानमार, अष्ट्रेलिया, युक्रेन, जापान र नेपालका खेलाडीहरुको सहभागिता रहनेछ ।
प्रतियोगितामा ५ वटा इभेन्ट खेलाईनेछ जसमा पुरुष एकल, महिला एकल, पुरुष डबल, महिला डबल, मिश्रित डबल हुनेछ ।

यस प्रतियोगिताको कुल पुरस्कार राशी अमेरिकी डलर १५००० पन्द्र हजार रहेकोछ । जस्मा विजेता खेलाडीहरुलाई निम्न अनुसारको नगद पुरस्कार अमेरिकी डलरमा वितरण गरिनेछ ।

यस्तै योनेक्स सनराइज नेपाल जुनियर इन्टरनेशनल सिरिजमा पनि विश्वका ११ वटा देशहरुको सहभागिता रहने छ । जसमा भारत, न्युजिल्याण्ड, मलेशिया, थाईल्याण्ड, ईरान, युनाईटेड अरब ईमिरेटस् र नेपालका खेलाडीहरुको सहभागिता रहनेछ ।

प्रतियोगितामा ५ वटा इभेन्ट खेलाइनेछ जसमा पुरुष एकल, महिला एकल, पुरुष डबल, महिला डबल, मिश्रित डबल हुनेछ ।

यस प्रतियोगिताको मुख्य प्रायोजक योनेक्स सनराइज कम्पनी, सिंगापुर रहेको छ । जस्ले उक्त प्रतियोगिताको लागी अमेरिकी डलर १५ हजार सहभागी नेपाली खेलाडीहरुलाई खेल पोशाक र व्याडमिन्टन कोट म्याट ४ सेट उपलब्ध गराउनेछ ।

दुबै प्रतियोगिताको आयोजनामा करिब १ करोड १६ लाख रुपैयाँ खर्च हुने अनुमान छ । खर्चको लागी नेपाल व्याडमिन्टन संघले राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद विकास परिषद तथा विभिन्न कम्पनीहरुबाट विज्ञापन प्रायोजकहरु, सहयोगी संघ संस्थाहरुबाट सहयोग लिई उक्त प्रतियोगिता संन्चालन गर्न लागेको हो ।

 

 

 

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...