Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज पुस ८ गतेदेखि

Machhapuchchhre Bank Limited

काठमाडौं । नेपाल व्याडमिन्टन संघले ‘योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज–२०२४’ र योनेक्स सनराइज नेपाल जुनियर इन्टरनेशनल सिरिज–२०२४ सन्चालन गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै संघले ‘योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज–२०२४’ पुस ८ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने जनाएको हो ।

यस्तै योनेक्स सनराइज नेपाल जुनियर इन्टरनेशनल सिरिज–२०२४ पुस १२ देखि १४ गतेसम्म सञ्चालन हुनेछ ।

विश्व ब्याडमिन्टन महासंघ व्याडमिन्टन एशियाको स्विकृतीमा तथा नेपाल व्याडमिन्टन संघको आयोजनामा यो च्यालेन्ज काठमाडौं स्थित त्रिपुरेश्वर कभर्डहलमा सन्चालन गरिनेछ ।

पुस ८ गतेदेखि ११ गतेसम्म सन्चालन हुने प्रतियोगितामा विश्वका ५ महादेशका २२ वटा देशहरूको सहभागिता रहनेछ ।

जसमा भारत, अमेरिका, थाईलाण्ड, सिंगापुर, श्रीलंका, बंगलादेश, भियतनाम, क्यानाडा, मलेशिया, इण्डोनेशिया, इरान, ईटाली, युनाइटेड अरब इमिरेटस, जाम्बिया, युगाण्डा, इंड ल्याण्ड, न्युजिल्याण्ड, म्यानमार, अष्ट्रेलिया, युक्रेन, जापान र नेपालका खेलाडीहरुको सहभागिता रहनेछ ।
प्रतियोगितामा ५ वटा इभेन्ट खेलाईनेछ जसमा पुरुष एकल, महिला एकल, पुरुष डबल, महिला डबल, मिश्रित डबल हुनेछ ।

यस प्रतियोगिताको कुल पुरस्कार राशी अमेरिकी डलर १५००० पन्द्र हजार रहेकोछ । जस्मा विजेता खेलाडीहरुलाई निम्न अनुसारको नगद पुरस्कार अमेरिकी डलरमा वितरण गरिनेछ ।

यस्तै योनेक्स सनराइज नेपाल जुनियर इन्टरनेशनल सिरिजमा पनि विश्वका ११ वटा देशहरुको सहभागिता रहने छ । जसमा भारत, न्युजिल्याण्ड, मलेशिया, थाईल्याण्ड, ईरान, युनाईटेड अरब ईमिरेटस् र नेपालका खेलाडीहरुको सहभागिता रहनेछ ।

प्रतियोगितामा ५ वटा इभेन्ट खेलाइनेछ जसमा पुरुष एकल, महिला एकल, पुरुष डबल, महिला डबल, मिश्रित डबल हुनेछ ।

यस प्रतियोगिताको मुख्य प्रायोजक योनेक्स सनराइज कम्पनी, सिंगापुर रहेको छ । जस्ले उक्त प्रतियोगिताको लागी अमेरिकी डलर १५ हजार सहभागी नेपाली खेलाडीहरुलाई खेल पोशाक र व्याडमिन्टन कोट म्याट ४ सेट उपलब्ध गराउनेछ ।

दुबै प्रतियोगिताको आयोजनामा करिब १ करोड १६ लाख रुपैयाँ खर्च हुने अनुमान छ । खर्चको लागी नेपाल व्याडमिन्टन संघले राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद विकास परिषद तथा विभिन्न कम्पनीहरुबाट विज्ञापन प्रायोजकहरु, सहयोगी संघ संस्थाहरुबाट सहयोग लिई उक्त प्रतियोगिता संन्चालन गर्न लागेको हो ।

 

 

 

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव कागजात शंकास्पद भन्दै छानबिनको माग

दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीविरुद्ध अख्तियारमा उजुरी, कार्यअनुभव...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:४१

  काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीविरुद्ध अख्तियार...

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुने

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक,...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १९:२३

कामु गर्भनर तिम्सिनाले डाकिन् सञ्चालक समिति बैठक, राजीनामामाथि निर्णय हुनेकाठमाडौँ...

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२४

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम...

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर नियुक्तिमा अन्योल

गुणाकर भट्टको नामले राष्ट्र बैंकमा तरंग, गर्भनर...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:०१

  काठमाडौँ । नेपाल राष्ट्र बैंकको गर्भनर पद रिक्त भएको...

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री

फेसबुक– ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १६:५१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार...

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

विज्ञापन बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:१३

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको...