CG Electronics
Ncell NPL
NIMB

नुवाकोटको आरुखर्क माध्यमिक विद्यालयको स्वर्ण जयन्ती आज, विविध कार्यक्रमसहित मनाइने

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

नुवाकोट । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर १ मा अवस्थित श्री आरुखर्क माध्यमिक विद्यालयले आफ्नो ५० औं स्थापना दिवसको अवसरमा स्वर्ण जयन्ती आज पुस ७ गते विशेष कार्यक्रमका साथ मनाउँदै छ। विद्यालयले यस अवसरमा विविध सांस्कृतिक, खेलकुद, र शैक्षिक गतिविधिहरू प्रस्तुत गर्ने तयारी गरेको छ।

समारोहको उद्घाटन नुवाकोट जिल्ला क्षेत्र नम्बर २ का सङ्घीय सांसद अर्जुन नरसिंह केसीले गर्नेछन् भने बागमती प्रदेश सांसद राम प्रसाद ढुङ्गाना विशेष अतिथिका रूपमा सहभागी हुनेछन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज खतिवडाको अध्यक्षतामा सम्पन्न हुने स्वर्ण जयन्ती समारोहमा विद्यार्थीहरूको सांस्कृतिक झाँकी प्रदर्शन, अतिरिक्त क्रियाकलापहरू, र उत्कृष्ट विद्यार्थीहरूलाई ट्रफी, पदक, तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ।

समारोहका क्रममा विद्यालयलाई आर्थिक र भौतिक सहयोग पुर्याउने दाताहरू, जग्गा दाताहरू, पूर्व शिक्षकहरू, र व्यवस्थापन समितिका पूर्व पदाधिकारीहरूलाई सम्मान गरिनेछ।

स्वर्ण जयन्ती समारोहको तयारीका लागि विद्यालयले ६१ सदस्यीय मूल समारोह आयोजक समिति गठन गरेको थियो ।

आर्थिक सहयोग सङ्कलन समितिका संयोजक विकास खतिवडाले हालसम्म ४९ लाख रुपैयाँ सङ्कलन भएको जानकारी दिए । उनले आर्थिक सहयोग गर्न चाहने अभिभावक, समाजसेवी, शिक्षाविद्, जनप्रतिनिधि, र विद्यालयका पूर्व विद्यार्थीहरूले समारोहका क्रममा पनि सहयोग गर्न सक्ने बताए ।

विद्यालयको स्थापना विसं २०३१ सालको पुस ७ गते भएको थियोे भने विद्यालयमा हाल २५० जना विद्यार्थीहरू अध्यनरत छन् ।

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...