CG Electronics
IME Life
NIMB

यामाहा एरोक्सको नयाँ संस्करण सार्बजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं । यामाहाले इन्डोनेसियामा एरोक्सको नयाँ संस्करण सार्वजनिक गरेको छ । कम्पनीले स्पोर्टी स्टाइलिङ ट्वीक्स र नयाँ सुविधा थपेर अल्फा एडिसन लन्च गरेको हो ।

सो नयाँ स्कुटरमा स्ट्यान्डर्ड भर्सनको तुलनामा थप आक्रामक डिजाइन दिइएको छ । यसमा एकीकृत टर्न सिग्नल सहितको डुअल एलईडी हेडल्याम्प राखिएकोछ भने नयाँ एलईडी टेल लाइट सहितको रियर एन्ड रिवर्क गरिएको छ । म्याक्सी स्कुटर सात आकर्षक रंग संयोजनमा उपलब्ध छ ।

एरोक्स अल्फा ब्लुटुथ कनेक्टिभिटी र टर्न–वाई–टर्न नेभिगेसन, ट्रयाक्सन कन्ट्रोल र आपतकालीन रोक संकेत सहितको टिएफटी इन्स्ट्रयुमेन्ट कन्सोलले सुसज्जित छ ।

१५५ सिसी सिंगल सिलिन्डर इन्जिन जडान गरिएको स्कुटरले १५ बिएपची पावर र १४ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिनलाई इलेक्ट्रिक सिभिटी ट्रान्समिसनमा जोडिएको छ, जसले दुई राइडिङ मोड र तीन एक्सेलेरेशन मोडहरू प्रदान गर्दछ ।

एरोक्स अल्फाको अगाडि टेलिस्कोपिक फोर्क र पछाडि डुअल शक एब्जर्बर छन् । आकर्षक एलोई ह्विल उपलब्ध गराइएको स्कुटरको दुबै चक्कामा डिस्क ब्रेक राखिएको छ ।

एरोक्स नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको प्रिमियम स्कुटर हो । नेपाली बजारमा यसको रेगुलर भर्सनमात्रै उपलब्ध छ । जसको मूल्य ५ लाख रुपैँया निर्धारण गरिएको छ ।

 

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

वि.सं.२०८३ असार ११ बिहीवार १२:१८

  काठमाडौं।नेपालका सर्वाधिक रुचाइएका इभी ब्रान्ड दिपल, नामी र सेरेसका...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...