CG Electronics
IME Life
NIMB

नेपाल क्लियरिङ्ग हाउसको तेह्रौं वार्षिक साधारणसभा सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को तेह्रौं वार्षिक साधारणसभा हिजो पुस २८ गते काठमाडौंमा सम्पन्न भएको छ।

सभाले गत आर्थिक वर्ष (आव) को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद (कर प्रयोजनका लागि) लाभांश वितरणको प्रस्ताव पारित गरेको छ, यससँगै कम्पनीको चुक्तापूँजी १ अर्ब २६ करोड ८२ लाख ७० हजार ९०० रुपैयाँ पुग्ने भएको छ।

सभाले वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै अधिकृत पुँजी २ अर्ब २५ करोड पुर्‍याउने निर्णय पनि गरेको छ। वृद्धि भएको पूँजीले नेशनल पेमेन्ट स्वीच, क्रस बोर्डर कारोबारका लागि नयाँ प्रणाली विकास, जोखिम व्यवस्थापनको सुदृढीकरण र पूर्वाधारहरूको स्तरोन्नतिको काम अघि बढाइने कम्पनीले बताएको छ।

कम्पनीले गत आवमा १५६ खर्ब रुपैयाँ बराबरको १२.६ करोड भुक्तानी कारोबार फर्छ्यौट गरेको छ। यो संख्या ५४% ले वृद्धि भएको हो। सोही अवधिमा कम्पनीको खुद नाफा ६.२% ले बढेको छ।

सभामा कम्पनी सञ्चालक समितिका तीन जना सदस्यहरू पुनः निर्वाचित भएका छन्। निर्वाचित हुनेहरूमा हिमालयन बैंकका उप–प्रमुख कार्यकारी उज्ज्वल राजभण्डारी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ उप–प्रमुख कार्यकारी महेश शर्मा ढकाल र सिद्धार्थ बैंकका प्रमुख सूचना प्रविधि अधिकारी सृजन मल्ल छन्।

एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका एक, वाणिज्य बैंकका तीन, विकास बैंक, फाइनान्स कम्पनी र स्वतन्त्रतर्फका एक–एक गरी सात सदस्य रहनेछन्। कम्पनीको स्वामित्वमा नेपाल राष्ट्र बैंकको ९.४५% र बाँकी ९०.५५% बैंक तथा वित्तीय संस्थाहरूको हिस्सा छ।

 

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको...

वि.सं.२०८३ जेठ १७ आइतवार १२:५६

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि ४० लाख रुपैयाँसम्म बढ्न सक्ने

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि...

वि.सं.२०८३ जेठ १७ आइतवार ११:३८

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारी...

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वि.सं.२०८३ जेठ १७ आइतवार १०:१०

६२ वर्षदेखि नेपालको अटोमोबाइल क्षेत्रमा सक्रिय प्रतिष्ठित व्यावसायिक घराना वैद्य...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...