‘अदृश्य मोतीहरू’ को तेस्रो संस्करण सम्पन्न

Monday Jan 13, 2025
वि.सं.२०८१ पुस २९ सोमवार ०८:५१

काठमाडौँ। समावेशी अक्षर र अनुसन्धान संस्थाको आयोजनामा ‘अदृश्य मोतीहरू’को तेस्रो संस्करण सम्पन्न भएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा प्रस्फुटन तथा उनीहरूको दैनिक जीवन सहजीकरणका निम्ति प्रयोग गर्ने सामग्री प्रदर्शनी कार्यक्रम सम्पन्न भएको हो ।
शनिबार सम्पन्न भएकाे कार्यक्रममा नेकपा एमालेका उपमहासचिव एवम् पूर्वमन्त्री प्रदीप ज्ञवालीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा दृष्टिविहीन व्यक्तिहरूले दैनिक जीवनमा लेखपढका निम्ति प्रयोग गर्ने सामग्रीहरू जस्तै ब्रेललिपिमा लेख्ने स्लेट, स्टाइलस, कम्प्युटर, ब्रेल सेन्सर, क्रिकेट बल, फुटबल, चेस आदि प्रदर्शनीमा राखिएको थियो ।
‘लाइभ म्युजिक नेपाल’ नामक दृष्टिविहीन व्यक्तिहरूद्वारा सञ्चालित ब्यान्डका कलाकारहरूले विभिन्न सङ्गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै उज्ज्वल नक्षत्र समाजका कोषाध्यक्ष सुशिल अधिकारीले दृष्टिविहीन व्यक्तिहरूलाई समान व्यवहार र सहज बुझाइको खाँचो रहेको औंल्याए ।
संस्थाका अध्यक्ष युवराज वाग्लेले विभिन्न कर्पोरेट क्षेत्रको सहयोगमा संस्थाले तालिम एवम् कार्यक्रमहरू गरेको भए तापनि राज्यको तर्फबाट सहयोग नरहेको गुनासो व्यक्त गरेका थिए ‘अदृश्य मोतीहरू’ को तेस्रो संस्करण सम्पन्न
समावेशी अक्षर र अनुसन्धान संस्थाको आयोजनामा ‘अदृश्य मोतीहरू’को तेस्रो संस्करण सम्पन्न भएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा प्रस्फुटन तथा उनीहरूको दैनिक जीवन सहजीकरणका निम्ति प्रयोग गर्ने सामग्री प्रदर्शनी कार्यक्रम सम्पन्न भएको हो ।
शनिबार सम्पन्न भएकाे कार्यक्रममा नेकपा एमालेका उपमहासचिव एवम् पूर्वमन्त्री प्रदीप ज्ञवालीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा दृष्टिविहीन व्यक्तिहरूले दैनिक जीवनमा लेखपढका निम्ति प्रयोग गर्ने सामग्रीहरू जस्तै ब्रेललिपिमा लेख्ने स्लेट, स्टाइलस, कम्प्युटर, ब्रेल सेन्सर, क्रिकेट बल, फुटबल, चेस आदि प्रदर्शनीमा राखिएको थियो ।
‘लाइभ म्युजिक नेपाल’ नामक दृष्टिविहीन व्यक्तिहरूद्वारा सञ्चालित ब्यान्डका कलाकारहरूले विभिन्न सङ्गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै उज्ज्वल नक्षत्र समाजका कोषाध्यक्ष सुशिल अधिकारीले दृष्टिविहीन व्यक्तिहरूलाई समान व्यवहार र सहज बुझाइको खाँचो रहेको औंल्याए ।
संस्थाका अध्यक्ष युवराज वाग्लेले विभिन्न कर्पोरेट क्षेत्रको सहयोगमा संस्थाले तालिम एवम् कार्यक्रमहरू गरेको भए तापनि राज्यको तर्फबाट सहयोग नरहेको गुनासो व्यक्त गरेका थिए