CG Electronics
IME Life
NIMB

नयाँ प्रविधिहरुलाई विकासमा जोड्न आवश्यक : मन्त्री भण्डारी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौं संस्करण सुरु भएको छ ।

शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा मिडिया स्पेस सोलुसन्स प्रा.लिले आयोजना गरेको उक्त मेलाको उद्घाटन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका हुन् । उद्घाटनमा बोल्दै मन्त्री भण्डारीले नयाँ प्रविधिहरुलाई भित्र्याएर रोजगारी सृजना गर्न सकेमा निर्यात गर्ने वस्तुहरुमा पनि त्यसको प्याकेजिङ र ब्राण्डिङ गर्ने सम्भावना बढ्ने बताए । प्रदर्शनीबाट छिमेकी मूलुक भारत र चीनको नयाँ प्रविधिलाई हाम्रो विकासँग जोड्न सकेमा रोजगारी र निर्यात बढाउन सक्ने उनको भनाई छ ।

उनले भने,‘हामीले नयाँ प्रविधिहरुलाई भित्र्याएर त्यो प्रविधिबाट रोजगारी सृजना गर्न सक्याँै भने र आज हामीले निर्यात गर्ने वस्तुहरुमा पनि त्यसको प्याकेजिङ ब्राण्डिङ गर्ने कुरामा यसले थुप्रै किसिमको सम्भावना देखाएको छ । आजको यो प्रर्दशनिबाट छिमेकी मूलुक भारत र चीनको नयाँ प्रविधिले आजको हाम्रो विकासँग जोड्न सक्यौँ भने रोजगारी र निर्यात बढाउन सक्छौं । वन जंगलको विकासलाई नयाँ आयाम दिन सकिन्छ ।’

आयोकका अनुसार प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्याति प्राप्त ब्रान्डहरूका १०० भन्दा बढी स्टल रहने छन् । यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूको उल्लेखनीय सहभागिता रहने छ ।

साथै ,फर्निचर निर्माता, किचन मेकर, आरा मिलर, बोर्ड मेकर, फिटिङ र कम्पोनेन्ट निर्माता, व्यापारी, वास्तुविद्, भवन निर्माणकर्ता र इन्टेरियर डिजाइनर आदि सबै क्षेत्रका उन्नत मेसिनरी र नवीन उत्पादनहरूको प्रदर्शनीमा सहभागिता रहनेछ । आजदेखि सुरु भएको उक्त मेला आइतबारसम्म चल्ने छ ।

 

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...