CG Electronics
IME Life
Ncell NPL

बीवाईडी सिल ०५ डिएम–आइ फेब्रुअरी १० मा चीनमा सार्वजनिक हुने

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । बिवाईडीको ओसन सिरिज अन्तर्गतको बीवाईडी सिल ०५ डिएम–आइ प्लग–इन हाइब्रिड सेडान फेब्रुअरी १० मा चीनमा सार्वजनिक हुने भएको छ । ग्राहक सेवाका अनुसार यो गाडीको प्रि–सेल जनवरी ७ बाट सुरु भइसकेको छ । तीनवटा ट्रिमहरूमा उपलब्ध यो गाडीको मूल्य दायरा ८९,८०० युआनदेखि १,०९,८०० युआन (लगभग १२,२५० – १५,००० अमेरिकी डलर) रहेको छ ।

बीवाईडी सिल ०५ डिएम–आइको बाहिरी डिजाइन बिवाईडीको ओसन सिरिजको नवीनतम अवधारणामा आधारित छ । गाडीको अगाडिको भागमा नयाँ डिजाइन गरिएको फ्रन्ट फेस, पछाडिको भागमा थ्रु–टाइप टेललाइट, लुकेको एक्जस्ट आउटलेट, र डकटेल डिजाइन छ। टेलगेटको दायाँतर्फ रहेको सिल ०५ ले यसको पहिचान जनाउँछ ।

यसमा आधुनिक प्रविधि समावेश गरिएको छ, जसमा तीन–आँख क्यामेरा फ्रन्ट विन्डशील्डमा, फ्रन्ट फेन्डरमा पछाडीतर्फ हेर्ने क्यामेरा, र साइड मिरर क्यामेराहरू समावेश छन्। गाडी चारवटा रंगमा उपलब्ध छः दुई प्रकारका ग्रे, सेतो, र कालो ।

प्राविधिक पक्ष

बीवाईडी सिल ०५ डिएम–आइ, बीवाईडी डेस्ट्रोयर ०५ को रिब्याज गरिएको संस्करण हो। यसको लम्बाइ ४७८० मिमी, चौडाइ १८३७ मिमी, र उचाइ १५१५ मिमी रहेको छ । ह्वीलबेस २७१८ मिमी रहेको यो गाडी बीवाईडी डेस्ट्रोयर ०५ भन्दा २० मिमी अग्लो छ ।

गाडीको डिएम–आइ ५.० पिएचईभि प्रणाली यसको प्रमुख विशेषता हो। यसको १.५ लिटर इन्जिनले ७४ किलोवाट (९९ हर्सपावर) पावर उत्पादन गर्न सक्छ भने स्थायी चुम्बक सिंक्रोनस मोटरले १२० किलोवाट (१६१ हर्सपावर) पावर उत्पादन गर्छ। यसमा ७.६८ किलोवाट र १५.८९८ किलोवाट एलएफपि ब्याट्री प्याकहरू छन्। शुद्ध इलेक्ट्रिक मोडमा गाडीले ४३ किमी र ९० किमीको दायरा कभर गर्न सक्छ। यसको इन्धन खपत प्रति १०० किमीमा २.९५ लिटर मात्र रहेको छ।

भित्री सजावट र सुविधा

गाडीको भित्री भाग ग्रे र बेज रंगमा सजाइएको छ। यसमा घुम्न सक्ने फ्लोटिङ सेन्ट्रल कन्ट्रोल स्क्रिन, आयताकार एलसिडि इन्स्ट्रुमेन्ट प्यानल, ढि–आकारको मल्टी–फङ्क्शन स्टीयरिङ ह्वील, र पानीको थोपा आकारका ढोकाका ह्यान्डलहरू छन्। पछाडिको सिटमा फोल्ड गर्न मिल्ने आर्मरेस्ट र कप होल्डर उपलब्ध गराइएको छ । सिल ०५ डिएम–आइ, डिजाइन, प्रविधि, र दक्षता मिलाएर तयार गरिएको बिवाईडीको अर्को सफल मोडेल बन्ने अपेक्षा गरिएको छ।

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:०७

  काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक...

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण कायम गर्न नाडाको सरकारलाई आग्रह

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

स्याकार ट्रेडिङद्वारा होण्डाका २ नयाँ प्रिमियम सर्भिस सेन्टर उद्घाटन, देशव्यापी विस्तारको घोषणा

स्याकार ट्रेडिङद्वारा होण्डाका २ नयाँ प्रिमियम सर्भिस...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०९:२३

  काठमाडौं । नेपालमा होण्डा सवारी साधनका ग्राहकहरूलाई अझ गुणस्तरीय...

एमजी एस६ ईभी नेपाल भित्रिँदै, ५२९ किमी रेन्ज र १८० किलोवाट मोटर विशेषता

एमजी एस६ ईभी नेपाल भित्रिँदै, ५२९ किमी...

वि.सं.२०८३ वैशाख १५ मंगलवार ००:२०

  काठमाडौं ।पारामाउन्ट मोटर्स ले नेपाली बजारमा नयाँ मिडसाइज इलेक्ट्रिक...

जगदम्बा मोटर्सद्वारा प्रोटोन गाडीमा ‘सेल्स एण्ड एक्सचेन्ज एक्सिलेन्स’ योजना सार्वजनिक

जगदम्बा मोटर्सद्वारा प्रोटोन गाडीमा ‘सेल्स एण्ड एक्सचेन्ज...

वि.सं.२०८३ वैशाख १४ सोमवार २३:५४

  काठमाडौं । जगदम्बा मोटर्स ले प्रोटोन गाडीका ग्राहकहरूलाई लक्षित...

टोयोटा र सीएटीएलको साझेदारीमा इन्डोनेसियामा ब्याट्री उत्पादन हुने

टोयोटा र सीएटीएलको साझेदारीमा इन्डोनेसियामा ब्याट्री उत्पादन...

वि.सं.२०८३ वैशाख १४ सोमवार २३:२४

  काठमाडौं । टोयोटा ले इन्डोनेसियामा ब्याट्री उत्पादन गर्न चीनको...