CG Electronics
IME Life
NIMB

गोरखामा ४.६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजना निर्माण हुँदै, राष्ट्रिय वाणिज्य बैंकले ६७ करोड ऋण प्रदान गर्ने

NIMB
Himalayan Bank

गोरखा, फागुन २४ — गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकमा ४.६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजना निर्माण हुँदैछ। यस आयोजनामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ६७ करोड ४६ लाख ८० हजार रुपैयाँ ऋण प्रदान गर्ने भएको छ। बुढीगण्डकी हाइड्रोपावर प्रा.लि.को अध्यक्ष खगेन्द्र न्यौपाने र बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालबीच ऋण सम्झौतामा हस्ताक्षर भएको छ।

आयोजनाको कुल लागत ९६ करोड ३८ लाख ३० हजार रुपैयाँ रहेको छ, जसमा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी हुनेछ। यस आयोजनाबाट वार्षिक २७.३७९ गिगावाट आवर विद्युत् उत्पादन हुने लक्ष्य राखिएको छ। वर्षायाममा १८.६२१ गिगावाट आवर र हिउँदमा ८.७५ गिगावाट आवर बिजुली उत्पादन हुने अपेक्षा छ।

बुढीगण्डकी हाइड्रोपावर प्रा.लि.को अनुभवी समूहले यस आयोजनाको निर्माण कार्य अघि बढाइरहेको छ। यसअघि उक्त समूहले नै ४.५५ मेगावाट क्षमताको विकास हाइड्रोपावर जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ।

कम्पनीले छिट्टै प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने योजना बनाएको छ। आगामी ६ महिनाभित्र कम्पनीलाई पब्लिक लिमिटेडमा रूपान्तरण गरी सर्वसाधारणका लागि शेयर जारी गर्ने तयारी भइरहेको छ। साथै, कम्पनीले आगामी १८ महिनाभित्र सुपर माछा खोला जलविद्युत् आयोजना सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ भने थप २२ मेगावाट क्षमताको जल्दिगाढ जलविद्युत् आयोजना निर्माण गर्ने योजना पनि छ।

नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (PPA) गरिसकेको यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (DPR) पनि तयार भइसकेको छ। आयोजनाको प्रसारण लाइन विकास हाइड्रोपावरमा स्विचिङ गरी धादिङको सल्यानटार सबस्टेसनमा जोडिनेछ। यस आयोजनाले गोरखा क्षेत्रको ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको स्पष्टिकरण

शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति नभएको नेकानको...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२८

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (नेकान) ले शैक्षिक...

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सम्झौता

नेपालभर एआई शिक्षा विस्तार गर्न क्यान महासंघ...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:२६

  काठमाडौं। कम्प्युटर एशोसिएशन नेपाल महासंघ ९क्यान महासंघ० र सुदूरपश्चिम...

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र राष्ट्रसंघीय प्रतिनिधिमण्डलबीच छलफल

ज्येष्ठ नागरिकमैत्री हवाई यात्राबारे हिमालय एअरलाइन्स र...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२८

  काठमाडौं, साउन १२ — हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकका लागि...

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको सामाजिक योगदान

दूरदराजका क्षेत्रमा शिक्षा र स्वास्थ्यमा सिटिजन्स बैंकको...

वि.सं.२०८३ साउन १३ बुधवार ००:२४

  काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...