CG Electronics
IME Life
NIMB

केबलकार निर्माणले पाथीभराको धार्मिक आस्थामा असर गर्दैन् : चन्द्र ढकाल

NIMB
Himalayan Bank

 

काठमाडौं । उद्योग वाणिज्य महासंघ र पाथीभरा देवी दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले केबलकारले गर्दा पाथीभराको धार्मिक आस्थामा कुनैपनि प्रभाव नपारेको बताएका छन् ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पाथीभरा केबलकारको बारेमा एकदमै गलत प्रचार भएको भन्दै यसले पाथीभराको धार्मिक आस्थामा कुनै प्रभाव नपार्ने बताए ।

उनले भने, ‘मिडियाहरुमा माथि फाइभ स्टार होटलहरु छ रे, डेटिङ्हरु बस्ने गरेका छन् रे भन्ने खालको एकदमै गलत प्रचार भएको छ । यसको साथै त्यहाँको भेटी पाथीभरा केबलकारले उठाउने गरेको छ भन्ने कुरा पनि छ । तर भेटीसँग केबलकारको कुनै सरोकार, नाता नै छैन् । यो केबलकारले कुनै पनि खालको धार्मिक आस्था खलबलाउने खालको काम गरेको छैन् । यो गलत हो ।’
यसको साथै, उनले कुनैपनि ठाँउमा नयाँ कामको सुरुवात गर्न खोज्दा विभिन्न खालको विचारहरु आउनु स्वभाविक भएको भन्दै यसलाई अन्यथा नलिएको बताए ।

उनले भने, ‘केबलकारले नेपाली पर्यटन प्रवद्र्धनमा धेरै सहयोग गर्ने भएको हुनाले नेपालमा सातवटा प्रदेशमा सातवटा पर्यटन पूर्वाधार बनाऔं भनेर यसको सुरुवात गरेका हौं । हिडेर जान समस्या हुने खालको व्यक्तिहरुलाई सहज हिसाबले जान सकोस भनेर सुरु गरेका हौं । कुनैपनि ठाँउमा नयाँ कामको सुरुवात गर्न खोज्दा विभिन्न खालको विचारहरु आउनु स्वभाविक पनि हो । त्यसलाई अन्यथा लिनु हुदैँन् ।’केबलकारले पर्यटन प्रवद्र्धनमा पनि सहयोग गर्ने हुनाले भने पाथीभरामा पनि त्यसको निर्माण गरेको उनको भनाई छ ।

उनले भने, ‘हामीले नेपालका सम्मानित क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पहिलो प्रोजेक्टको रुपमा चन्द्रागिरि केबलकार बनाएका थियौं । केबलकार बनाएपछि त्यहाँको अवस्थामा धेरै सुधार भएको पनि छ । त्यसैगरी सबैको आशाको धरोहर पाथीभरामा सजिलै पहुँच पु¥याउने विषय विचार गरेर नेपालमा पर्यटन पूर्वाधार बनाउने उद्देश्यका साथ केबरकार बनाएको हो ।’

 

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...