Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

पाकिस्तान-नेपाल मैत्री टी-२० क्रिकेट प्रतियोगिता २०२५ को भव्य उद्घाटन

Machhapuchchhre Bank Limited

 

काठमाडौं । काठमाडौंस्थित पाकिस्तान दूतावासले पाकिस्तान-नेपाल मैत्री टी-२० क्रिकेट प्रतियोगिता २०२५ को १०औं संस्करणको भव्य उद्घाटन गरेको छ।

कार्यक्रममा सम्माननीय अतिथिहरूको उपस्थिति रहेको थियो, जसमा राष्ट्रिय खेलकुद परिषद् नेपालकी कार्यकारी बोर्ड सदस्य सुबर्णा श्रेष्ठ, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द बैद्य, पूर्व उपप्रधानमन्त्री सी.पी. मैनाली, पूर्व क्रिकेट संघ नेपालका अध्यक्ष विनय राज पाण्डे, पूर्व राजदूत युवनाथ लम्साल, नेपाल-पाकिस्तान मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष डा. मञ्जु रत्न शाक्य, तथा ग्लोबल आईएमई बैंक लिमिटेडका उप-प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

क्रिकेटमार्फत नेपाल-पाकिस्तान सम्बन्ध प्रगाढ

कार्यक्रममा बोल्दै सुबर्णा श्रेष्ठले नेपाल-पाकिस्तानको खेलमैत्री सम्बन्धलाई अझ सुदृढ बनाउन दूतावासको यो निरन्तर प्रयास सराहनीय रहेको बताइन्। उनले क्रिकेट खेलले युवा पुस्तालाई एकसाथ ल्याउने महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिन्।

यसै अवसरमा पाकिस्तानका राजदूत अबरार एच. हाशमीले क्रिकेट खेलले आत्मीयता, मित्रता र सहकार्यको भावना विकसित गर्ने बताए। उनले सहभागी टिमहरूलाई शुभकामना दिँदै, प्रतियोगितालाई सफल बनाउन योगदान गर्ने सम्पूर्ण पक्षलाई धन्यवाद ज्ञापन गरे।

उक्त समारोहमा नेपाल-पाकिस्तान युवा परिषद् (Nepal-Pakistan Youth Council) को शुभारम्भ समेत गरियो। साथै, हालै काठमाडौंमा सम्पन्न एसियन सुटिङ बल च्याम्पियनसिपमा उपविजेता बनेको पाकिस्तान सुटिङ बल टिमलाई सम्मान गरियो।

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता...

वि.सं.२०८१ चैत १ शनिवार २२:५०

  काठमाडौं। कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति...

कनेक्ट किसान र नेपाल भेटरिनरी केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसनबिच सम्झौतामा हस्ताक्षर

कनेक्ट किसान र नेपाल भेटरिनरी केमिस्ट एण्ड...

वि.सं.२०८१ चैत १ शनिवार २२:४६

  काठमाडौं । कनेक्ट किसान र नेपाल भेटरि]नरी केमिस्ट एण्ड...

कौटिल्य ग्लोबल स्कूलको वार्षिक कार्यक्रम तथा वसन्त मेला २०८१ सम्पन्न

कौटिल्य ग्लोबल स्कूलको वार्षिक कार्यक्रम तथा वसन्त...

वि.सं.२०८१ चैत १ शनिवार २२:४१

  काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री माननीय बाहादुर सिंह लामाको...

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान...

वि.सं.२०८१ चैत १ शनिवार २२:१९

  काठमाडौँ । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको...

तीन तहकै सरकारको समन्वयमा बजार अनुगमन तीब्र बनाइने

तीन तहकै सरकारको समन्वयमा बजार अनुगमन तीब्र...

वि.सं.२०८१ चैत १ शनिवार २१:५३

  काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले...

देशको न्यायप्रणाली दलहरुको भागबण्डामा चल्ने गरेको छ : सांसद सिंह

देशको न्यायप्रणाली दलहरुको भागबण्डामा चल्ने गरेको छ...

वि.सं.२०८१ चैत १ शनिवार २१:१४

  हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपकबहादुर सिंहले देशको...