Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

केबलकार निर्माणले पाथीभराको धार्मिक आस्थामा असर गर्दैन् : चन्द्र ढकाल

Machhapuchchhre Bank Limited

 

काठमाडौं । उद्योग वाणिज्य महासंघ र पाथीभरा देवी दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले केबलकारले गर्दा पाथीभराको धार्मिक आस्थामा कुनैपनि प्रभाव नपारेको बताएका छन् ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पाथीभरा केबलकारको बारेमा एकदमै गलत प्रचार भएको भन्दै यसले पाथीभराको धार्मिक आस्थामा कुनै प्रभाव नपार्ने बताए ।

उनले भने, ‘मिडियाहरुमा माथि फाइभ स्टार होटलहरु छ रे, डेटिङ्हरु बस्ने गरेका छन् रे भन्ने खालको एकदमै गलत प्रचार भएको छ । यसको साथै त्यहाँको भेटी पाथीभरा केबलकारले उठाउने गरेको छ भन्ने कुरा पनि छ । तर भेटीसँग केबलकारको कुनै सरोकार, नाता नै छैन् । यो केबलकारले कुनै पनि खालको धार्मिक आस्था खलबलाउने खालको काम गरेको छैन् । यो गलत हो ।’
यसको साथै, उनले कुनैपनि ठाँउमा नयाँ कामको सुरुवात गर्न खोज्दा विभिन्न खालको विचारहरु आउनु स्वभाविक भएको भन्दै यसलाई अन्यथा नलिएको बताए ।

उनले भने, ‘केबलकारले नेपाली पर्यटन प्रवद्र्धनमा धेरै सहयोग गर्ने भएको हुनाले नेपालमा सातवटा प्रदेशमा सातवटा पर्यटन पूर्वाधार बनाऔं भनेर यसको सुरुवात गरेका हौं । हिडेर जान समस्या हुने खालको व्यक्तिहरुलाई सहज हिसाबले जान सकोस भनेर सुरु गरेका हौं । कुनैपनि ठाँउमा नयाँ कामको सुरुवात गर्न खोज्दा विभिन्न खालको विचारहरु आउनु स्वभाविक पनि हो । त्यसलाई अन्यथा लिनु हुदैँन् ।’केबलकारले पर्यटन प्रवद्र्धनमा पनि सहयोग गर्ने हुनाले भने पाथीभरामा पनि त्यसको निर्माण गरेको उनको भनाई छ ।

उनले भने, ‘हामीले नेपालका सम्मानित क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पहिलो प्रोजेक्टको रुपमा चन्द्रागिरि केबलकार बनाएका थियौं । केबलकार बनाएपछि त्यहाँको अवस्थामा धेरै सुधार भएको पनि छ । त्यसैगरी सबैको आशाको धरोहर पाथीभरामा सजिलै पहुँच पु¥याउने विषय विचार गरेर नेपालमा पर्यटन पूर्वाधार बनाउने उद्देश्यका साथ केबरकार बनाएको हो ।’

 

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध अख्तियारमा उजुरी

उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध...

वि.सं.२०८१ चैत १४ बिहीवार ००:०७

  काठमाडौं । नेपाल सरकार उर्जा मन्त्रालयले उद्योगीहरुको पक्ष लिई...

बाथरोग र डाक्टरको सल्लाह

बाथरोग र डाक्टरको सल्लाह

वि.सं.२०८१ चैत १३ बुधवार २३:०५

काठमाडौं । बाथरोग एक दीर्घ रोग हो र यो कयौं...

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा...

वि.सं.२०८१ चैत १३ बुधवार २२:१४

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद...

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो, दिनभर के के भयो ?

इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो,...

वि.सं.२०८१ चैत १३ बुधवार २०:२६

इटहरी । कोशी प्रदेशको प्रमुख मध्येको एक व्यापारिक केन्द्र इटहरीको...

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख आधार र कारणहरू

कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्रिपरिषद्का १० प्रमुख...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:२६

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक...

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक शिक्षाबाट हजारौंलाई रोजगारी दिने लक्ष्य

काठमाडौं टेक्निकल स्कुल (केटीएस) को उद्घाटन, प्राविधिक...

वि.सं.२०८१ चैत १३ बुधवार ०९:१०

  काठमाडौं, चैत १३ – काठमाडौं टेक्निकल स्कुल (केटीएस) को...