CG Electronics
IME Life
Ncell NPL

गोरखा मेजर स्व. बालकृष्ण राइको आत्मकथा ‘घुर्बिसेदेखी बकिङ्ह्यामसम्म’ को भव्य लोकार्पण

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौ । गोरखा मेजर स्व.बालकृष्ण राइको आत्मकथा ‘घुर्बिसेदेखी बकिङ्ह्यामसम्म’ भव्य सभ्य लोकार्पण भएको छ।

उनको जन्मदिन पारेर जेठा राई प्रसु राम मुकारुङ फाउन्डेसनले काठमाडौ नयाँ बानेस्वर इन्द्रेणी स्विट्समा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि किराया पुर्बध्यक्ष कुल बहादुर राइ रहेका थिए भने विशेष अतिथिहरु पुर्बमन्त्री हेमराज राई,राष्ट्रिय सभा सदस्य जयन्ती राइ,नेपाली सेनाका उपरथी नरेश चन्द्र भट्ट ,किराइ राई प्राज्ञ प्रतिष्ठानका कुलपती जय कुमार राई,फाउन्डेसनका सस्थापक अध्यक्ष वरिष्ठ फोटो पत्रकार हरिवंश किरात,सम्पादक प्रगती मुकारुङ,फाउन्डेसन संरक्षक रुङमाङ मुकारुङ,समाजसेवी मेजर चाम बहादुर राई,किरातराई बान्तवा सस्था अध्यक्ष पृथ्वी राज मुकारुङ, वरिष्ठ गीतकार शुभ मुकारुङ,वरिष्ठ लोक गायक तथा संकलक दिलेन्द्र मुकारुङ,वरिष्ठ सस्कृतविद तिर्थराज मुकारुङ लगायतको बाक्लो उपस्थित रहेको थियो।

पुस्तकले स्व.गोरखा मेजर मुकारुङको जीवन मात्र नभइ इतिहासदेखि वर्तमान नेपाल र नेपालिको अवस्थावारे यथार्थ चित्रण गरेको छ। पुस्तकबारे बोल्ने क्रममा माननीय जयन्ती राइले ‘यो पुस्तक एउटा हाम्रो लागि शिक्षा मिल्ने दहृलो पुस्तक हो,थोरै पढ्दा पनि मैले त्यो पाएँ’भने।

त्यसैगरी,पुबमन्त्री हेमराज राइले लेखकको प्रशन्सा गर्दै ‘मेजर बाल कृष्ण दाइ सधैं जोसिलो,समाजसेवी हुनुहुन्थ्यो,यो पुस्तक हामीलाई अझ उर्जा थपेर जानू भयो’भने। यसैगरी,अर्का वक्ता नेपाली सेना उपरथी भट्टले ‘लेखक दाइसंगको छोटो भेटले नै उहाँ कति उर्जसिल ,प्रेरणादायी हुनुहुन्थ्यो ,आज यो पुस्तकले पनि प्रमाणित गरेको छ ‘भने।

साथै ,प्रमुख अतिथि राइले ‘इतिहास बोकेको खानदान हो मलाइ राम्ररी थाहा छ,हामीले जे कुरा गर्छौ,सहि गर्नुपर्छ भन्ने उदाहरण उहाँमा देखेको थिए,अब छोरा नातिहरुले बिडो थाम्नुपर्छ ‘भने। लेखक मुकारुङको श्रीमती प्रेम कुमारी राई,छोराहरु शिशु कृष्ण मुकारुङ,डा.निरज मुकारुङ,सिपो मुकारुङ रहेका छन् ।

कार्यक्रमको उद्घोषक फाउन्डेसन सस्था सचीव कर्णेल गङ्गराज मुकारुङले गरेका थिए भने स्वागत मन्तव्य आत्मकथा लेखक राइको छोरा डा.निरज मुकारुङले गरेका थिए।उनले मन्तव्य दिदा आफ्ना बाबुलाइ सम्झदै भक्कानिएका थिए।

कार्यक्रमको अध्यक्षता फाउन्डेसन अध्यक्ष रुद्र किरातिले गरेका थिए भने कार्यक्रममा लेखकप्रती माल्यार्पण,श्रद्धाञ्जली व्यक्त समेत गरिएएको थियो।

 

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण, पर्यटन प्रवर्द्धनमा जोड

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण,...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:०४

  काठमाडौं । होटल व्यवसायी महासंघ नेपाल का अध्यक्ष, पदाधिकारी...

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि कारोबार १ खर्ब ८१ अर्ब नाघ्यो

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि...

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४२

  काठमाडौं ।  बिमा क्षेत्रको निमायक संस्था नेपाल बिमा प्राधिकरणका...

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:५२

काठमाडौं । सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको...

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१ वटा अनुमति पत्र निलम्बन : नवराज अधिकारी

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:४९

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लापरबाहीपूर्ण सवारी साधन...

कम्युनिस्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यक : प्रचण्ड

कम्युनिस्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यक...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:३२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...