CG Electronics
IME Life
Ncell NPL

दिपलको नयाँ सोरुम पोखरामा उद्घाटन, टेस्ट ड्राइभ क्याम्प सुरु

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

पोखरा । नेपालका लागि चांगान तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले पोखराको चौथेमा दिपलको नयाँ सोरुम उद्घाटन गरेको छ। यस अवसरमा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापा, नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)का अध्यक्ष करण चौधरी, हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा र एमएडब्लु ग्रुपका कन्सल्टेन्ट सन्दिप चार्टजीले संयुक्त रूपमा उद्घाटन गर्नु भयो।

नयाँ सोरुमबाट शनिबारदेखि पाँच दिने टेस्ट ड्राइभ क्याम्प सुरु भएको छ। यस क्याम्पमा ग्राहकहरूले दिपलका इलेक्ट्रिक भेहिकल (इभी) दिपल ई०७, दिपल एस०७ र दिपल एल०७ को टेस्ट ड्राइभ गर्न पाउनेछन्। साथै, ग्राहकहरूलाई फ्रि डाइमण्ड कोटिंग, फ्रि ७ किलोवाट चार्जर, एसेसोरिज, क्यास डिस्काउन्ट, टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको बेस्ट भ्यालुएसन र एक्सचेन्ज बोनस जस्ता आकर्षक अफरहरू पनि उपलब्ध गराइने छ।

उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशमन्त्री बिन्दु कुमार थापाले अटोमोबाइल क्षेत्रमा सेल्स, सर्भिस र स्पेयर्स पार्ट्सको उपलब्धता र मूल्य महत्वपूर्ण भएको बताउनुभयो। नाडाका अध्यक्ष करण चौधरीले नेपालमा इलेक्ट्रिक भेहिकलको बजार विस्तार भइरहेको र दिपलले ग्राहकको विश्वास जितिरहेको बताउनुभयो।

दिपल इभीमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउटडोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरू छन्। यसैका कारण नेपाली बजारमा दिपलको ७ सयभन्दा बढी इभी विक्री भइसकेको छ।

यसरी, दिपलले पोखरामा नयाँ सोरुम खोलेर गण्डकी क्षेत्रका ग्राहकहरूलाई आधुनिक तथा फ्युचरिस्टिक इभीको अनुभव दिने तयारी गरेको छ।

यमन प्रवेश गर्यो बीवाइडी, इन्धन संकट र मूल्यबृद्धिका लागि विकल्प बन्नसक्ने

यमन प्रवेश गर्यो बीवाइडी, इन्धन संकट र...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:०८

एजेन्सी । विश्व बजारमा इन्धनको संकट चुलिरहेका बेला मे महिनाको...

बीवाईडीले ल्यायो १ हजार हर्सपावरको इलेक्ट्रिक सुपरकार ‘डेन्जा जेड’

बीवाईडीले ल्यायो १ हजार हर्सपावरको इलेक्ट्रिक सुपरकार...

वि.सं.२०८३ वैशाख २६ शनिवार २३:२९

  काठमाडौं । बीवाईडीले बेइजिङ अटो शोमा आफ्नो अत्याधुनिक सुपरकार...

नेपाली बजारमा एमजी एस६ ईभी आउँदै, सोमबार सार्वजनिक गरिने

नेपाली बजारमा एमजी एस६ ईभी आउँदै, सोमबार...

वि.सं.२०८३ वैशाख २६ शनिवार २२:४८

काठमाडौं । नेपाली अटो बजारमा नयाँ विद्युतीय एसयूभी थपिने भएको...

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन...

वि.सं.२०८३ वैशाख २३ बुधवार २१:४५

  काठमाडौँ, नेपाल - ५ मे, २०२६ - डोंगफेङ मोटरले...

चितवन अटो–शो २०२६ सम्पन्न: १ अर्बभन्दा बढी कारोबार, ३२१ सवारी बुकिङ

चितवन अटो–शो २०२६ सम्पन्न: १ अर्बभन्दा बढी...

वि.सं.२०८३ वैशाख २३ बुधवार ०९:४३

  काठमाडौं। चितवनमा आयोजित ‘चितवन अटो–शो २०२६’ सफलतापूर्वक सम्पन्न भएको...

CFMOTO नेपालद्वारा ‘मनसुन केयर क्याम्प’ सुरु, पार्ट्स र लेबरमा आकर्षक छुट

CFMOTO नेपालद्वारा ‘मनसुन केयर क्याम्प’ सुरु, पार्ट्स...

वि.सं.२०८३ वैशाख २३ बुधवार ०९:३७

  काठमाडौं। CFMOTO का नेपालका आधिकारिक वितरक Rishi Trade Center...