CG Electronics
IME Life
Ncell NPL

सम्भावनाहरुलाई अवसरमा बदल्न आवश्यक छ : अध्यक्ष ढकाल 

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावनाहरु रहेको उल्लेख गर्दै ती सम्भावनाहरुलाई अवसरमा बदल्नु पर्ने बताउनु भएको छ ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७२ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा आयोजित कार्यकममा बोल्दै अध्यक्ष ढकालले नेपालमा केही छैन भन्ने गलत भाष्य स्थापित भएको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको समेत बताउनु भयो । ‘नेपालमा प्राकृतिक स्रोत साधनको प्रचुर सम्भावना छ । हामीले यसलाई ‘क्यापिटलाईज’ गर्नु सक्नु पर्छ । यहाँ भएका स्रोत साधनमा आधारित भएर लगानी गर्ने हो भने उद्यमशिलता पनि विकास हुने र रोजगारी पनि प्रसस्त सिर्जना गर्न सकिन्छ ।’ उहाँले भन्नु भयो ।

यस्तै अध्यक्ष ढकालले देशको आर्थिक विकासका लागि नीतिगत स्थिरता कायम गर्नु पर्ने र आन्तरिक लगानीलाई प्रोत्साहन गर्नु पर्ने बताउनु भयो । ‘मुलुकको आर्थिक समृद्धिका लागि नीतिगत स्थिरताका साथै आन्तरिक लगानीलाई प्रोत्साहन गर्नु पर्छ । यसो गर्न सेक मात्रै मुलुकमा लगानीको वातावरण सिर्जना, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ । ’ उहाँले भन्नु भयो ।

अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघले जिल्ला नगर उद्योग वाणिज्य संघहरुको माग अनुसार विधान संशोधन गरिएको बताउँदै विधान संशोधनसंगै जिल्ला नगर उद्योग वाणिज्य संघबाट महासंघमा जानको लागि अवसर सिर्जना गरेको बताउनु भयो ।
वि.स. २०१० सालमा स्थापित बुटवल उद्योग वाणिज्य संघ पश्चिम नेपाल कै अग्रणी संस्था भएको उल्लेख गर्दै अध्यक्ष ढकालले बुटबल उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीहरुको हकहित संरक्षण,सम्बर्द्धनका साथै यस क्षेत्रको शिक्षा, स्वास्थ लगायतका अन्य पूर्वाधारको विकासमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकोमा संघको प्रशंशा गर्नु भयो ।

कृषि, पर्यटन,उद्योग, व्यापार सबै दृष्टिले रुपन्देही नेपालकै उर्वर भूमी रहेको चर्चा गर्दै अध्यक्ष ढकालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज), बुटबल अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, भन्सार र पछिल्लो समय निर्माण भएका अन्य भौतिक पूर्वाधारको विकास त्यसका आधारहरु रहेको समेत अध्यक्ष ढकालले बताउनु भयो ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले यस क्षेत्रका उद्योगी व्यवसायीहरुले २००९ सालमा तदर्थ समिति गठन गरी विधिवत रुपमा २०१० साथमा बुटवल उद्योग वाणिज्य संघको स्थापना गरेको जानकारी गराउँदै संघको स्थापनासंगै संघले यस क्षेत्रको आर्थिक, सामाजिक तथा भौतिक विकासमा समेत लगानी सहितको नेतृत्वदायी भूमिका खेल्दै आएको जानकारी गराउनु भएको थियो ।

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:१७

काठमाडौं ।आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी...

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२२

  काठमाडौं । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे...

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको त्रिसंयोग; विश्वभर फैलाइँदै शान्तिको सन्देश

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:२१

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष...