CG Electronics
IME Life
NIMB

जापानिज ब्रान्ड ब्रदरको नयाँ प्रिन्टर नेपाली बजारमा, सागर ग्रुपले गरेको आधिकारिक लन्च

NIMB
Himalayan Bank

 

काठमाडौं । जापानिज ब्रान्ड ब्रदर प्रिन्टरको नेपालका लागि आधिकारिक वितरक सागर ग्रुपले बजारमा नयाँ मोडलको प्रिन्टर ल्याएको छ । उक्त ग्रुपले ब्रदरको डीसीपी–टी८३०डीडब्लू मोडलको नयाँ प्रिन्टर बजारमा ल्याएको हो ।

नेपाली बजारमा सार्वजनिक भएसँगै उक्त प्रिन्टर बिक्री वितरण सुरु भएको सागर ग्रुपकी उपाध्यक्ष बुद्ध लक्ष्मी मानन्धरले बताइन् । उत्कृष्ट कार्यक्षमता भएको यो प्रिन्टरले प्रयोगकर्तालाई कार्य सम्पादनमा निकै सहज बनाउने बताइएको छ ।

विश्व बजारमा प्रयोगकर्ताबीच निकै लोकप्रिय डीसीपी–टी८३०डीडब्लू प्रिन्टर नेपाली बजारमा पनि उपभोक्ताको रोजाइमा पर्ने विश्वास सागर ग्रुपले लिएको छ । ‘हामीले लामो समयदेखि ब्रदरका प्रिन्टर बिक्री गरिरहेका छौं, गुणस्तर र प्रयोगका हिसाबले ब्रदरका प्रिन्टरबाट उपभोक्ता सन्तुष्ट हुन्छ, नयाँ प्रिन्टरले प्रिन्टिङ फरक अनुभव दिनेछ,’ उनले भने ।

प्रिन्टरमा ८० सिट्स भएको मल्टि-पर्पाेज ट्रे दिनुका साथै युजर फ्रेन्डली एलसीडी प्यानल पनि दिइएको छ । साथै, डुप्लेक्स फन्क्सन भएको यस प्रिन्टरमा वायरलेस एन्ड मोबाइल प्रिन्टको सुविधा पनि उपलब्ध छ ।

प्रिन्टरको रेजोलुसन उच्च भएकाले स्पष्ट र सफा प्रिन्ट यसले सुनिश्चित गर्ने बताइएको छ । यो प्रिन्टरले गुणस्तरमा सम्झौता नगरी द्रुत आउटपुट सुनिश्चित गर्छ । प्रिन्टरमा कनेक्टिभिटी विकल्पहरू जस्तै यूएसबी, वाइफाइ, ब्लुटूथ र नेटवर्क कनेक्शनमा उपलब्ध छन् ।

पारदर्शिता र व्यावसायिक क्षमता भएको यस प्रिन्टरमा कागज र आकारको पनि विकल्प दिइएको छ । सागर ग्रुपले यी प्रिन्टरमा कुनै समस्या आएको खण्डमा तत्काल मर्मत सेवा उपलब्ध भएका कारण खरिद गरेर पछुताउनु पर्ने वातावरण नबन्ने उपाध्यक्ष मानन्धरले बताइन् ।

औसत मूल्यमा उपलब्ध यो प्रिन्टरले कार्यभार क्षमता उपयुक्त राख्ने बताइएको छ । नयाँ डिजाइनका साथ आएका डीसीपी–टी८३०डीडब्लू प्रिन्टरले उपयोगकर्ताको अनुभवलाई सहज बनाउने बताइएको छ ।

सो प्रिन्टर डिलर साथै बेलियो डट कममा गएर विभिन्न मोडलका प्रिन्टरको फिचर हेर्न र खरिद गर्नसक्ने बताइएको छ । यस्तै, ब्रदरको डीसीपी–टी८३०डीडब्लू, डीसीपी–टी५३०डीडब्लू, डीसीपी–टी७३०डीडब्लू, एमएफसी–टी९३०डीडब्लू र डीसीपी–टी४३०डब्लू मोडलको प्रिन्टर पनि बजारमा उपलब्ध रहेको सागर ग्रुपले बताएको छ ।

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

वि.सं.२०८३ असार ११ बिहीवार १२:१८

  काठमाडौं।नेपालका सर्वाधिक रुचाइएका इभी ब्रान्ड दिपल, नामी र सेरेसका...

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...