CG Electronics
IME Life
NIMB

ऊर्जा मन्त्रालयको हटलाइन सेवा प्रभावकारी बन्दै, सेवाग्राही सन्तुष्ट

NIMB
Himalayan Bank

 

काठमाडौँ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा (११५१) प्रभावकारी बन्दै गएको छ। उक्त सेवाको प्रभावकारिताले नागरिकहरू खुशी भएका छन्। अनावश्यक ढिलासुस्ती, सूचना बिना नै बत्ती काट्ने, मिटर नपाउने, ट्रान्सफर्मर जल्ने, अनियमित मिटर रिडिङ तथा अनावश्यक झन्झट जस्ता विद्युत् प्राधिकरणका विभिन्न समस्याका गुनासोहरू समाधान गर्न हटलाइन सेवा प्रभावकारी सावित भएको छ।

मन्त्रालयको निर्देशनअनुसार हटलाइनमा आएका गुनासोलाई यथाशक्य चाँडो सम्बोधन गर्न समन्वय गरिने गरेको छ। ऊर्जामन्त्री दिपक खड्काले हटलाइन सेवाको प्रभावकारिता बढाउन निर्देशन दिएसँगै गुनासो टिपाउने तथा समाधान गराउने कार्य झन् प्रभावकारी भएको हटलाइन शाखाका कर्मचारीहरूले बताएका छन्।

नागरिकको सहजताका लागि ऊर्जा मन्त्रालयले हटलाइनलाई २४ घण्टे सेवा बनाएको छ, जसअन्तर्गत तीन सिफ्टमा कर्मचारी खटिएका छन्। हटलाइन सेवाका प्रमुख रामकृष्ण पौडेलका अनुसार गुनासो आउनेबित्तिकै सम्बन्धित कार्यालय र वितरण केन्द्रका प्रमुखलाई जानकारी दिइन्छ र समाधानका लागि तत्काल कदम चालिन्छ।

गुनासो र समाधानका प्राथमिकता हटलाइन सेवा मार्फत प्राप्त गुनासोहरूमध्ये गएको फागुन महिनामा १९०२ वटा उजुरी दर्ता भएका छन्। भने चालु चैत्र महिनामा मात्र पनि एक हजारभन्दा बढी गुनासो दर्ता भएको बताइन्छ । तीमध्ये धेरैजसो उजुरी ट्रान्सफर्मर जलेको, पोल ढलेको, विद्युत् आपूर्तिमा अवरोध, भोल्टेज कम आउनुजस्ता विषयमा रहेका छन्। ट्रान्सफर्मर फेर्ने, क्षमता घटबढ, आगलागीलगायतका समस्याहरू पनि दर्ता गराइएको हटलाइन सेवामा कार्यरत सुपरभाइजर एकबहादुर महर्जनले भने ।

फेसबुक, भाइबर लगायतका डिजिटल माध्यमबाट पनि सेवाग्राहीहरूले गुनासो गर्ने गरेका छन्। केही उजुरीहरू बायोग्यास तथा वैकल्पिक ऊर्जा सम्बन्धी, जल तथा मौसम सम्बन्धी जानकारीका लागि तथा इभी चार्जिङसम्बन्धी समस्या समाधानका लागि आउने गरेको महर्जनले बताए ।

“चुहावट नियन्त्रणमा पनि प्रभावकारी हटलाइन हटलाइन सेवामा विद्युत् चुहावटसम्बन्धी जानकारी प्राप्त भएपछि उजुरीकर्ताको परिचय गोप्य राखी सम्बन्धित निकायलाई निर्देशन दिइने गरिएको छ। यसबाट विद्युत् चुहावट नियन्त्रणमा सकारात्मक प्रभाव परेको छ”-महर्जनले भने ।

सबैभन्दा बढी गुनासो बागमती र मधेश प्रदेशबाट मन्त्रालयको हटलाइन सेवामा बागमती र मधेश प्रदेशबाट सबैभन्दा बढी गुनासो प्राप्त भएको छ। यी क्षेत्रहरूमा विद्युत् आपूर्तिका समस्याहरूलाई सम्बोधन गर्न थप जनशक्ति परिचालन गरिएको छ। हटलाइन सेवामा कार्यरत रामकृष्ण पौडेल, एकबहादुर महर्जन, भूपराज खनाल, भैरव चन्द, धर्मकुमारी लामिछाने, मैना थापा, गीता विष्ट लगायतका कर्मचारीहरूले निरन्तर सेवा दिइरहेका छन्।मन्त्रालयमै सिधै गुनासो गर्न पाउने व्यवस्था भएपछि जिल्लास्थित कार्यालयमा हुने ढिलासुस्ती हाल हट्दै गएको उपभेक्ताहरु बताउँछन् ।

ऊर्जा मन्त्रालयको हटलाइन सेवा विस्तार र प्रविधिमा आधारित प्रभावकारी व्यवस्थापनका कारण नागरिकहरूको विश्वास बढ्दै गएको छ। सेवाग्राहीहरूको गुनासो तुरुन्त सम्बोधन गर्न सकिने भएकाले मन्त्रालयले आगामी दिनमा पनि सेवा अझ परिष्कृत गर्दै लैजाने जनाएको छ।

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...