CG Electronics
IME Life
NIMB

रोयल इन्फिल्ड मिटिओर ३५० को तीन नयाँ भेरियन्ट नेपाली बजारमा सार्वजनिक, मूल्य रू ५.५० लाखदेखि सुरु

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाली मोटरसाइकल बजारमा प्रख्यात ब्रान्ड रोयल इन्फिल्ड ले आफ्नो लोकप्रिय मोडल मिटिओर ३५० को तीन नयाँ भेरियन्ट नेपाली बजारमा भव्य रूपमा सार्वजनिक गरेको छ।

नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालि ले नक्सालस्थित शोरुममा विशेष कार्यक्रम आयोजना गरी नयाँ भेरियन्टहरू – मिटिओर फायरबल, मिटिओर स्टेलर र मिटिओर सुपरनोभा सार्वजनिक गरेको हो।

सार्वजनिक कार्यक्रममा त्रिवेणी ग्रुप का निर्देशक सुवासचन्द्र संघाइ र रोयल इन्फिल्ड नेपाल बजार प्रमुख अभिषेक सुक्ला को उपस्थितिमा मोटरसाइकलको भव्य सार्वजनिक प्रदर्शन गरिएको थियो।

सशक्त इन्जिन र आधुनिक प्रविधि

यी मोटरसाइकलहरूमा ३४९ सीसी क्षमताको सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर–ओयल कुल्ड इन्जिन जडान गरिएको छ।
इन्जिनले अधिकतम ६१०० आरपीएममा २०.२ ब्रेक हर्स पावर (BHP) र ४००० आरपीएममा २७ एनएम टर्क उत्पादन गर्न सक्ने क्षमता राख्दछ।
सुरक्षाका लागि मोटरसाइकलमा डुअल डिस्क ब्रेक प्रणाली उपलब्ध छ।

कम्फर्ट र माइलेजको उत्कृष्ट संयोजन

यी सबै भेरियन्टहरूमा १५ लिटरको फ्युल ट्यांक क्षमतासहित प्रति लिटर औसत ४० किलोमिटर माइलेज दिने दाबी गरिएको छ।
१४०० एमएम ह्वीलबेस, ७६५ एमएम सिटको उचाइ, ट्विन डाउनटुव स्पाइन फ्रेम, अगाडि र पछाडि चौडा टुबलेस टायर जस्ता विशेषता यसमा पाइन्छन्, जसले लामो दूरीको यात्रा सहज बनाउँछ।

रंग विकल्प र स्टाइल

मिटिओर फायरबल – पहेंलो, रातो, निलो, म्याट हरियो

मिटिओर स्टेलर – कालो, निलो, रातो

मिटिओर सुपरनोभा – खैरो, निलो, रातो

मूल्य विवरण

कम्पनीले तीनै भेरियन्टको मूल्य यसप्रकार तोकेको छ:

मिटिओर फायरबल ३५० सीसी – रू ५,५०,०००

मिटिओर स्टेलर ३५० सीसी – रू ५,५५,०००

मिटिओर सुपरनोभा ३५० सीसी – रू ५,६५,०००

बुकिङ खुला

हाल देशभर रहेका १८ वटा रोयल इन्फिल्ड शोरुम मार्फत यी मोटरसाइकलहरू उपलब्ध छन् भने बुकिङ पनि खुलिसकेको जानकारी कम्पनीले दिएको छ।

नयाँ ओमोडा ‘इ५ प्रो’ नेपाली बजारमा सार्वजनिक

नयाँ ओमोडा ‘इ५ प्रो’ नेपाली बजारमा सार्वजनिक

वि.सं.२०८३ जेठ १७ आइतवार १५:५०

  नेपालका लागि ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको...

वि.सं.२०८३ जेठ १७ आइतवार १२:५६

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि ४० लाख रुपैयाँसम्म बढ्न सक्ने

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि...

वि.सं.२०८३ जेठ १७ आइतवार ११:३८

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारी...

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वि.सं.२०८३ जेठ १७ आइतवार १०:१०

६२ वर्षदेखि नेपालको अटोमोबाइल क्षेत्रमा सक्रिय प्रतिष्ठित व्यावसायिक घराना वैद्य...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...