CG Electronics
IME Life
NIMB

सहकारी क्षेत्रलाई भ्रमित पार्न नराम्रा भाष्यहरु खडा गरिँदैछ : मन्त्री अधिकारी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा केही भ्रमहरु सिर्जना भइरहेको बताएका छन् ।

नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनपछि सहकारी विभागको भूमिका विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले सहकारी राज्यको महत्वपूर्ण क्षेत्र मध्येको प्रमुख भएपनि सहकारी क्षेत्रका बारेमा भ्रमित पार्न नराम्रा भाष्य खडा गर्न खोजिएको बताएका हुन् ।

उनले भने, ‘अहिले सहकारी क्षेत्रमा केही भ्रमहरु सिर्जना भइरहेको छ । भ्रमित पार्न त्यस्तो भाष्य खडा गर्न खोजिएको छ । सहकारी क्षेत्र अर्थतन्त्रको तीन खम्बाको एक खम्बा हो । आधारभूत तहमा आर्थिक उपार्जन गर्ने र व्यवसाय सञ्चालन गर्दै आर्थिक उन्नती गर्ने एउटा क्षेत्र हो । सहकारी क्षेत्र राज्यको महत्वपूर्ण क्षेत्र मध्येको प्रमुख क्षेत्र हो । यसलाई सबैले सकरात्मक पाटोबाट अगाडि बढाउने, प्रचार गर्ने र त्यसको सन्देश लाने गयौं भने कतिपय गलत गर्ने व्यक्तिहरु पनि हच्किने परिस्थती सिर्जना हुन्छ ।’

साथै उनले सहकारीमा बचतकर्तालाई बचत नगर्नुस् भन्ने जस्ता प्रचार गरिएका र त्यसलाई सबैले खबरदारी गर्न जरुरी रहेको बताए । उनले नेपालमा भएका ३१ हजार ४ सय सहकारी नै खराब छन् भन्ने भाष्य सिर्जना गरिएको बताए ।

उनले भने, ‘गलत गर्ने मान्छेहरुलाई हाइलाइट गर्यौं भने प्रोत्साहित हुन्छन् र अरु सहि काम गर्नेहरु निरुत्साहित हुन्छन् । सहकारी ३१ हजार ४ सय जति छन् । त्यसको तथ्यांक निकाल्दा कोही नविकरण नगरेका होलान् । तर त्यो मध्ये कतिले साच्चै गलत गरेका होलान् ।

त्यो हेर्दै जाने हो भने एक हजारको संख्या पनि पुग्दैन होला । तर ३१ हजार ४ सय नै खराब हुन भन्ने भाष्य सिर्जना गरिएको छ । बचतकर्तालाई बचत नगर्नुस् भन्ने जस्ता प्रचार गरिएका छन् । त्यसलाई सबैले खबरदारी गर्न जरुरी छ ।’

 

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...