Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

होटेल व्यवसायीहरूको पत्रकार मञ्चमा गुनासो : “राज्यले संरक्षण दिएन, अपराधीजस्तो व्यवहार”

kumari  bank

 

काठमाडौँ । राज्यबाट पाउनुपर्ने साथ र संरक्षण नपाएको भन्दै काठमाडौँका होटेल व्यवसायीहरूले गुनासो गरेका छन्। होटेल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बरालले नेपाल पत्रकार मञ्चको नव निर्वाचित कार्यसमिति सदस्यहरूसँगको भेटका क्रममा व्यवसायीहरूले भोगिरहेको वास्तविकता प्रस्तुत गर्दै राज्यको दृष्टिकोणप्रति गम्भीर प्रश्न उठाउनुभयो।

अध्यक्ष बरालका अनुसार देश–विदेशका पर्यटकको बाक्लो आगमन हुने क्षेत्रहरूमा रहेको होटेलहरूलाई सुरक्षाको प्रत्याभूति दिनु त परै जाओस्, प्रहरीले नै राति १० बज्नासाथ सिट्टी फुक्दै होटेल बन्द गराउने गरेको व्यवहार अत्यन्तै आपत्तिजनक छ। “होटेल व्यवसाय अपराध होइन, यो त पर्यटन विकासको मेरुदण्ड हो,” उहाँले भन्नुभयो, “तर व्यवहारमा हामी अपराधीजस्तै व्यवहार भोगिरहेका छौं।”

पत्रकारहरूसँगको संवादमा बरालले राज्यले होटेल व्यवसायप्रति देखाएको दृष्टिकोण नीतिगत रूपमा मात्र होइन, व्यवहारगत रूपमा पनि हेयपूर्ण देखिएको स्पष्ट पार्नुभयो।

त्यसैगरी संघका सचिव तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको होटेल रोयल पैलेसका सञ्चालक अनिष बानियाले पनि राज्यको दृष्टिकोणप्रति गम्भीर असन्तुष्टि जनाउँदै भन्नुभयो, “हामीले हरेक कानूनी प्रक्रिया पालना गर्छौं, कर तिर्छौं, तर रातको समयमा सञ्चालानमै रोक लाग्ने व्यवहारले हामी व्यवसायी होइन, दोषी ठहरिएको अनुभूति हुन्छ।”

नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले सञ्चार क्षेत्र र राज्यले पर्यटन र निजी व्यवसायलाई सम्मानजनक रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले भन्नुभयो, “हाम्रो पत्रकारिता होटल व्यवसायको पक्षमा मात्र होइन, राष्ट्रको आर्थिक विकासको पक्षमा पनि खडा हुन्छ।”

प्रतिनिधि सभाको बैठक आज पनि जारी, अर्थमन्त्री पौडेलले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने

प्रतिनिधि सभाको बैठक आज पनि जारी, अर्थमन्त्री...

वि.सं.२०८२ जेठ २ शुक्रवार ११:२८

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि...

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ...

वि.सं.२०८२ जेठ २ शुक्रवार ११:२५

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको...

कृषि जानकारी साझा गर्न र स्मार्ट निर्णयहरू लिन योजना आवश्यक

कृषि जानकारी साझा गर्न र स्मार्ट निर्णयहरू...

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले सरकारले नयाँ...

राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

वि.सं.२०८२ जेठ १ बिहीवार १३:१७

  काठमाडौं । राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद...

डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम

डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी...

वि.सं.२०८२ जेठ १ बिहीवार ००:३६

बैशाख ३१, चितवन । डोल्पाको मुड्केचुला गाउँपालिका र चितवनको भरतपुर...

मेलम्ची बाढीपीडितलाई नदी तटवन्धको लागि तत्काल १६ करोडको ब्यवस्था गर्छौं- उर्जामन्त्री खड्का

मेलम्ची बाढीपीडितलाई नदी तटवन्धको लागि तत्काल १६...

वि.सं.२०८२ जेठ १ बिहीवार ००:३०

    सिन्धुपालचोक, ३१ वैशाख । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदीमा...