CG Electronics
IME Life
NIMB

होटेल व्यवसायीहरूको पत्रकार मञ्चमा गुनासो : “राज्यले संरक्षण दिएन, अपराधीजस्तो व्यवहार”

NIMB
Himalayan Bank

 

काठमाडौँ । राज्यबाट पाउनुपर्ने साथ र संरक्षण नपाएको भन्दै काठमाडौँका होटेल व्यवसायीहरूले गुनासो गरेका छन्। होटेल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बरालले नेपाल पत्रकार मञ्चको नव निर्वाचित कार्यसमिति सदस्यहरूसँगको भेटका क्रममा व्यवसायीहरूले भोगिरहेको वास्तविकता प्रस्तुत गर्दै राज्यको दृष्टिकोणप्रति गम्भीर प्रश्न उठाउनुभयो।

अध्यक्ष बरालका अनुसार देश–विदेशका पर्यटकको बाक्लो आगमन हुने क्षेत्रहरूमा रहेको होटेलहरूलाई सुरक्षाको प्रत्याभूति दिनु त परै जाओस्, प्रहरीले नै राति १० बज्नासाथ सिट्टी फुक्दै होटेल बन्द गराउने गरेको व्यवहार अत्यन्तै आपत्तिजनक छ। “होटेल व्यवसाय अपराध होइन, यो त पर्यटन विकासको मेरुदण्ड हो,” उहाँले भन्नुभयो, “तर व्यवहारमा हामी अपराधीजस्तै व्यवहार भोगिरहेका छौं।”

पत्रकारहरूसँगको संवादमा बरालले राज्यले होटेल व्यवसायप्रति देखाएको दृष्टिकोण नीतिगत रूपमा मात्र होइन, व्यवहारगत रूपमा पनि हेयपूर्ण देखिएको स्पष्ट पार्नुभयो।

त्यसैगरी संघका सचिव तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको होटेल रोयल पैलेसका सञ्चालक अनिष बानियाले पनि राज्यको दृष्टिकोणप्रति गम्भीर असन्तुष्टि जनाउँदै भन्नुभयो, “हामीले हरेक कानूनी प्रक्रिया पालना गर्छौं, कर तिर्छौं, तर रातको समयमा सञ्चालानमै रोक लाग्ने व्यवहारले हामी व्यवसायी होइन, दोषी ठहरिएको अनुभूति हुन्छ।”

नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले सञ्चार क्षेत्र र राज्यले पर्यटन र निजी व्यवसायलाई सम्मानजनक रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले भन्नुभयो, “हाम्रो पत्रकारिता होटल व्यवसायको पक्षमा मात्र होइन, राष्ट्रको आर्थिक विकासको पक्षमा पनि खडा हुन्छ।”

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...