Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद

kumari  bank

काठमाडौं । भारतका विद्युत तथा शहरी आवास मन्त्री मनोहरलाल खट्टरको नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन सम्वाद भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आउनु भएका भारतीय विद्युत मन्त्री खट्टरले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गर्नु भएको थियो । सो क्रममा नेपाल-भारतको पछिल्लो अवस्था र ऊर्जा क्षेत्रको विकासका सम्बन्धमा खट्टरले प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री ओलीसँग टेलिफोन संवाद गराउनु भएको थियो ।

समकक्षी मन्त्री खट्टरको नेपाल भ्रमणबारे जानकारी गराउनु हुँदै ऊर्जामन्त्री खड्काले ऊर्जा क्षेत्रको विकासकालागि दुई देशका प्रधानमन्त्रीबीच संवाद हुनु खुशीको कुरा भएको बताउनु भयो । दुई प्रधानमन्त्रीबीचको संवादमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई थप गतिकासाथ अघि बढाउने विषयमा कुराकानी भएको थियो । मन्त्रीस्तरीय भ्रमणमा दुई देशका प्रधानमन्त्रीले समेत चासो राखेर गरिएको संवादले दुई देशबीच ऊर्जा क्षेत्रको विकासकालागि कोशेढुङ्गा सावित हुने मन्त्री खड्काको भनाई थियो ।

भारतका विद्युतमन्त्री नेपालको औपचारिक भ्रमणमा पहिलोपटक आउनुले नेपाल–भारतबीच ऊर्जा क्षेत्रलाई नयाँ गति दिएको छ भने दीर्घकालीन साझेदारी अझ सुदृढ बनाएको ऊर्जाविद्हरुले बताएका छन् ।

मन्त्री खट्टरको भ्रमणको क्रममा पहिलोपटक अन्तरदेशीय प्रशारणलाईन बनाउने समझदारी पत्रमा हस्ताक्षर भएको थियो । जसमा ४०० केभी क्षमताका अन्तर्देशीय ३१० किलोमिटर प्रशारणलाइन निर्माणकालागि भएको समझदारीपत्रमा इनरुवा-न्यु पूर्णिया प्रसारण लाइनमा नेपालतर्फ २५ किलोमिटर र भारततर्फ १०० किलोमिटर दूरी रहनेछ। त्यस्तै दोदोधारा–बरेली प्रसारण लाइन नेपालतर्फ करिब ३५ र भारततर्फ १५० किलोमिटर रहने छ ।

ऊर्जामन्त्री खड्काले विशेष गरी जलविद्युत उत्पादन, प्रसारण र वितरणमा सहकार्य विस्तार गर्ने विषयमा भारतीय समकक्षीसँग सहयोग, प्रतिबद्धता र समझदारीप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।
ऊर्जामन्त्री खड्काले सामाजिक सञ्जालमार्फत् मन्त्री खट्टरको भ्रमणलाई “उपलब्धिपूर्ण” भन्दै प्रशंसा गर्नु भएको छ ।

साथै, नेपाल–भारत मित्रता र सहकार्यलाई दीर्घकालीन रणनीतिक साझेदारीमा परिणत गर्न यस्ता भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै भारतीय राजदूत श्री नविन श्रीवास्तवप्रति पनि समन्वयको लागि विशेष धन्यवाद दिनुभएको छ ।

प्रतिनिधि सभाको बैठक आज पनि जारी, अर्थमन्त्री पौडेलले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने

प्रतिनिधि सभाको बैठक आज पनि जारी, अर्थमन्त्री...

वि.सं.२०८२ जेठ २ शुक्रवार ११:२८

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि...

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ...

वि.सं.२०८२ जेठ २ शुक्रवार ११:२५

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको...

कृषि जानकारी साझा गर्न र स्मार्ट निर्णयहरू लिन योजना आवश्यक

कृषि जानकारी साझा गर्न र स्मार्ट निर्णयहरू...

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले सरकारले नयाँ...

राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

वि.सं.२०८२ जेठ १ बिहीवार १३:१७

  काठमाडौं । राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद...

डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम

डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी...

वि.सं.२०८२ जेठ १ बिहीवार ००:३६

बैशाख ३१, चितवन । डोल्पाको मुड्केचुला गाउँपालिका र चितवनको भरतपुर...

मेलम्ची बाढीपीडितलाई नदी तटवन्धको लागि तत्काल १६ करोडको ब्यवस्था गर्छौं- उर्जामन्त्री खड्का

मेलम्ची बाढीपीडितलाई नदी तटवन्धको लागि तत्काल १६...

वि.सं.२०८२ जेठ १ बिहीवार ००:३०

    सिन्धुपालचोक, ३१ वैशाख । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदीमा...