CG Electronics
IME Life
NIMB

भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद

NIMB
Himalayan Bank

काठमाडौं । भारतका विद्युत तथा शहरी आवास मन्त्री मनोहरलाल खट्टरको नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन सम्वाद भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आउनु भएका भारतीय विद्युत मन्त्री खट्टरले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गर्नु भएको थियो । सो क्रममा नेपाल-भारतको पछिल्लो अवस्था र ऊर्जा क्षेत्रको विकासका सम्बन्धमा खट्टरले प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री ओलीसँग टेलिफोन संवाद गराउनु भएको थियो ।

समकक्षी मन्त्री खट्टरको नेपाल भ्रमणबारे जानकारी गराउनु हुँदै ऊर्जामन्त्री खड्काले ऊर्जा क्षेत्रको विकासकालागि दुई देशका प्रधानमन्त्रीबीच संवाद हुनु खुशीको कुरा भएको बताउनु भयो । दुई प्रधानमन्त्रीबीचको संवादमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई थप गतिकासाथ अघि बढाउने विषयमा कुराकानी भएको थियो । मन्त्रीस्तरीय भ्रमणमा दुई देशका प्रधानमन्त्रीले समेत चासो राखेर गरिएको संवादले दुई देशबीच ऊर्जा क्षेत्रको विकासकालागि कोशेढुङ्गा सावित हुने मन्त्री खड्काको भनाई थियो ।

भारतका विद्युतमन्त्री नेपालको औपचारिक भ्रमणमा पहिलोपटक आउनुले नेपाल–भारतबीच ऊर्जा क्षेत्रलाई नयाँ गति दिएको छ भने दीर्घकालीन साझेदारी अझ सुदृढ बनाएको ऊर्जाविद्हरुले बताएका छन् ।

मन्त्री खट्टरको भ्रमणको क्रममा पहिलोपटक अन्तरदेशीय प्रशारणलाईन बनाउने समझदारी पत्रमा हस्ताक्षर भएको थियो । जसमा ४०० केभी क्षमताका अन्तर्देशीय ३१० किलोमिटर प्रशारणलाइन निर्माणकालागि भएको समझदारीपत्रमा इनरुवा-न्यु पूर्णिया प्रसारण लाइनमा नेपालतर्फ २५ किलोमिटर र भारततर्फ १०० किलोमिटर दूरी रहनेछ। त्यस्तै दोदोधारा–बरेली प्रसारण लाइन नेपालतर्फ करिब ३५ र भारततर्फ १५० किलोमिटर रहने छ ।

ऊर्जामन्त्री खड्काले विशेष गरी जलविद्युत उत्पादन, प्रसारण र वितरणमा सहकार्य विस्तार गर्ने विषयमा भारतीय समकक्षीसँग सहयोग, प्रतिबद्धता र समझदारीप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।
ऊर्जामन्त्री खड्काले सामाजिक सञ्जालमार्फत् मन्त्री खट्टरको भ्रमणलाई “उपलब्धिपूर्ण” भन्दै प्रशंसा गर्नु भएको छ ।

साथै, नेपाल–भारत मित्रता र सहकार्यलाई दीर्घकालीन रणनीतिक साझेदारीमा परिणत गर्न यस्ता भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै भारतीय राजदूत श्री नविन श्रीवास्तवप्रति पनि समन्वयको लागि विशेष धन्यवाद दिनुभएको छ ।

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...