IME Life
NIMB

सरकार परिवर्तनको हल्लाले चकित बनायो : मन्त्री डा.राणा

NIMB
Himalayan Bank

 

काठमाडौं । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले सरकार परिवर्तन हुने हल्ला मात्र भएको बताएकी छन् ।

थाइल्यान्डबाट फर्कने वित्तिकै विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएकी हुन् । सरकार परिवर्तनको हल्लाबारे आफू चकित भएको प्रतिक्रिया दिइन् ।

‘देशमा रमाइलोका लागि यस्तो खबरहरु आउने गर्छ । अरु केही नभएपछि सरकार परिवर्तनको हल्ला आउँछ । सरकार बदल्नको लागि नेपालभित्र बसेर गर्नुपर्ने होला विदेश गएर यहाँको सरकार परिवर्तन हुँदैन,’ उनले भनिन् ।

परराष्ट्रमन्त्री राणा थाइल्यान्डको बैंककमा २०८२ वैशाख ८ देखि १२ गतेसम्म आयोजित एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोगको ८१ औं सत्रको अध्यक्षता गरी आज स्वदेश फर्केका हुन् ।

उक्त अवसरमा उनीले अति कम विकसित, भूपरिवेष्टित विकासशील र साना टापु विकासोन्मुख मुलुकहरूका साझा चासोका विषयहरू उठान गरेका बताइन् ।

उनले यो अवसरले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको पहिचान र प्रतिनिधित्व अभिवृद्धि गरी राष्ट्रिय हितको प्रवद्र्धन गर्ने परराष्ट्र नीतिको उद्देश्य प्राप्त गर्न सहयोग पुगेका बताइन् ।

उनले भनिन्,‘उक्त भ्रमणका अवसरमा सानो द्वीप विकासशील राज्यहरूका लागि संयुक्त राष्ट्र संघका उच्च प्रतिनिधि अल्पविकसित, भूपरिवेष्ठित विकासशील र –संयुक्त राष्ट्रसंघको उच्च प्रतिनिधि महामहिम सुश्री रबाब फातिमासँग भेटघाट गरी आपसी हितका विविध विषयमा छलफल गरेको थिए । सो अवसरमा अति कम विकसित राष्ट्रबाट हुन लागेको नेपालको स्तरोन्नति स्नातकलाई सहज र दिगो बनाउने विषयमा छलफल केन्द्रित भएको थियो ।’

उनले यस भ्रमणबाट नेपालले जेठ २ देखि ४, २०८२ मा काठमाडौंमा आयोजना गर्न लागेको सगरमाथा संवादको बारेमा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू, अन्तर्राष्ट्रिय संघसंगठन एवम् नागरिक समाजका प्रतिनिधिहरुलाई जानकारी दिने र उच्च तहको सहभागिताका लागि आमन्त्रण गर्ने मौका मिलेको पनि जानकारी गराइन् ।

 

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...