Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

सरकार परिवर्तनको हल्लाले चकित बनायो : मन्त्री डा.राणा

kumari  bank

 

काठमाडौं । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले सरकार परिवर्तन हुने हल्ला मात्र भएको बताएकी छन् ।

थाइल्यान्डबाट फर्कने वित्तिकै विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएकी हुन् । सरकार परिवर्तनको हल्लाबारे आफू चकित भएको प्रतिक्रिया दिइन् ।

‘देशमा रमाइलोका लागि यस्तो खबरहरु आउने गर्छ । अरु केही नभएपछि सरकार परिवर्तनको हल्ला आउँछ । सरकार बदल्नको लागि नेपालभित्र बसेर गर्नुपर्ने होला विदेश गएर यहाँको सरकार परिवर्तन हुँदैन,’ उनले भनिन् ।

परराष्ट्रमन्त्री राणा थाइल्यान्डको बैंककमा २०८२ वैशाख ८ देखि १२ गतेसम्म आयोजित एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोगको ८१ औं सत्रको अध्यक्षता गरी आज स्वदेश फर्केका हुन् ।

उक्त अवसरमा उनीले अति कम विकसित, भूपरिवेष्टित विकासशील र साना टापु विकासोन्मुख मुलुकहरूका साझा चासोका विषयहरू उठान गरेका बताइन् ।

उनले यो अवसरले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको पहिचान र प्रतिनिधित्व अभिवृद्धि गरी राष्ट्रिय हितको प्रवद्र्धन गर्ने परराष्ट्र नीतिको उद्देश्य प्राप्त गर्न सहयोग पुगेका बताइन् ।

उनले भनिन्,‘उक्त भ्रमणका अवसरमा सानो द्वीप विकासशील राज्यहरूका लागि संयुक्त राष्ट्र संघका उच्च प्रतिनिधि अल्पविकसित, भूपरिवेष्ठित विकासशील र –संयुक्त राष्ट्रसंघको उच्च प्रतिनिधि महामहिम सुश्री रबाब फातिमासँग भेटघाट गरी आपसी हितका विविध विषयमा छलफल गरेको थिए । सो अवसरमा अति कम विकसित राष्ट्रबाट हुन लागेको नेपालको स्तरोन्नति स्नातकलाई सहज र दिगो बनाउने विषयमा छलफल केन्द्रित भएको थियो ।’

उनले यस भ्रमणबाट नेपालले जेठ २ देखि ४, २०८२ मा काठमाडौंमा आयोजना गर्न लागेको सगरमाथा संवादको बारेमा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू, अन्तर्राष्ट्रिय संघसंगठन एवम् नागरिक समाजका प्रतिनिधिहरुलाई जानकारी दिने र उच्च तहको सहभागिताका लागि आमन्त्रण गर्ने मौका मिलेको पनि जानकारी गराइन् ।

 

प्रतिनिधि सभाको बैठक आज पनि जारी, अर्थमन्त्री पौडेलले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने

प्रतिनिधि सभाको बैठक आज पनि जारी, अर्थमन्त्री...

वि.सं.२०८२ जेठ २ शुक्रवार ११:२८

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि...

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ...

वि.सं.२०८२ जेठ २ शुक्रवार ११:२५

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको...

कृषि जानकारी साझा गर्न र स्मार्ट निर्णयहरू लिन योजना आवश्यक

कृषि जानकारी साझा गर्न र स्मार्ट निर्णयहरू...

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले सरकारले नयाँ...

राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

वि.सं.२०८२ जेठ १ बिहीवार १३:१७

  काठमाडौं । राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद...

डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम

डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी...

वि.सं.२०८२ जेठ १ बिहीवार ००:३६

बैशाख ३१, चितवन । डोल्पाको मुड्केचुला गाउँपालिका र चितवनको भरतपुर...

मेलम्ची बाढीपीडितलाई नदी तटवन्धको लागि तत्काल १६ करोडको ब्यवस्था गर्छौं- उर्जामन्त्री खड्का

मेलम्ची बाढीपीडितलाई नदी तटवन्धको लागि तत्काल १६...

वि.सं.२०८२ जेठ १ बिहीवार ००:३०

    सिन्धुपालचोक, ३१ वैशाख । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदीमा...