CG Electronics
IME Life
NIMB

अब भूकम्पबाट नभत्किने संरचना वा घरहरु बनाउन थालौं : ओली

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालको भूकम्पले नभत्किने संरचना वा घरहरु बनाउनुपर्ने आवश्यकता देखाएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित भूकम्प स्मृति दिवसको कार्यक्रममा उनले राष्ट्रको आर्थिक अवस्था र बजेटले पुुनःनिर्माण भ्याउन नसक्ने भन्दै क्षति नहुने खालका संरचनाहरु तयार गर्ने, भूकम्पबाट नभत्किने संरचना वा घरहरु बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने, ‘हामीले के देख्यौं भने, २०७२ सालको भूकम्पजस्तो कुरा जतिसुकै रिजिलियन्स भनेपनि राष्ट्रको आर्थिक अवस्थाले, हाम्रो बजेटले, क्षमताले पुनःनिर्माण भ्याउन सक्ने अवस्था होइन । त्यसो भएर हामीले पहिले त्यसबाट क्षति नहुने खालका संरचनाहरु तयार गर्ने, भूकम्पबाट नभत्किने संरचना वा घरहरु बनाउनु पर्ने आवश्यकता छ । भत्किनजेल पर्खिने होइन ।’
यस्तै, उनले राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई क्षति नहोस् भनेर पूर्वतयारीमा जोड दिन पनि आग्रह गरेका छन् ।

उनले भने, ‘मुख्य कुरा प्राकृतिक विपत्तिसम्बन्धी पूर्वतयारी हो । म राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अहिले पनि भन्न चाहन्छुु कि पहिले नै त्यस्तो क्षति न होस् भनेर पूर्वतयारीमा जोड दिनुस् । भूकम्प गइसकेपछि भत्किएपछि घरले किचेर मान्छे मारेपछि घर पुनःनिर्माण गर्नेभन्दा पहिले नै घर भत्किनै नपाइन, मान्छे किच्नै नपाइन, अलिअलि भएको जायजेथा पनि ध्वस्त पार्न नपाइकन विस्तापित गर्ने बाटोमा लागौं । क्रमशः यस बाटोबाट हामी सुरक्षित नेपाल निर्माण गर्छौं ।’

उनले सदैव राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय साथ, सहयोग र समर्थनको उच्च मूल्याङ्कन गर्दै आगामी दिन पनि एकै ठाँउमा हुनुपर्ने बताए ।

उनले भने, ‘राष्ट्रिय प्रश्नहरुमा, राष्ट्रिय हितका प्रश्नहरुमा वा यस्ता महत्वपूर्ण प्रश्नहरुमा राष्ट्रिय एकता अनिवार्य छ । त्यसै गरेर सुशासन र विकासका प्रश्नहरुमा पनि हाम्रो राष्ट्रिय एकता अनिवार्य हुनुपर्दछ । लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ ।

प्रतिस्पर्धालाई स्वस्थता र सत्यमा आधारित स्वस्थताको माध्यमबाट अगाडि बढाउनुु पर्दछ । आलोचना स्वागत छ र स्वागतयोग्य हुन्छ । तर आलोचना सत्यमा आधारित, तथ्यमा आधारित, रचनात्मक आलोचना होस् न कि झुटमा आधारित, असत्य र भ्रामक एवं विनाश निम्त्याउने खालको, नेपाली समाजलाई भाँड्ने, विभाजित खालको होइन । राष्ट्रिय एकतामा आबद्ध गर्ने खालको होस् । यस कुरामा हामीले ध्यान दिनुुपर्दछ ।’

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...