CG Electronics
IME Life
Ncell NPL

आईआईएनद्वारा बीमा सर्भेयरका लागि आधारभूत तालिम सञ्चालन हुने

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (आईआईएन) ले बीमा सर्भेयरका लागि आधारभूत तालिम कार्यक्रम आयोजना गर्ने भएको छ। आईआईएनका अनुसार, उक्त तालिममा घर, सम्पत्ति, व्यवसाय तथा इञ्जिनीयरिङ बीमा, मोटर बीमा, परिवहन बीमा र हवाई बीमासम्बन्धी बीमा सर्भेयर तालिम प्रदान गरिनेछ।

तालिममा सहभागी हुन बीमा नियमावली, २०८१ अनुसार बीमा सर्भेयर बन्ने योग्यता हासिल गरेको हुनु अनिवार्य गरिएको छ। आईआईएनले जनाएको छ कि तालिममा भाग लिन इच्छुकहरूले इञ्जिनीयरिङ विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरेको, चार्टर्ड एकाउन्टेन्ट परीक्षा उत्तीर्ण गरेको, स्नातक उपाधि प्राप्त गरी कुनै निर्जीवन, लघु-निर्जीवन वा पुनर्बीमा कम्पनी वा नेपाल बीमा प्राधिकरणमा कम्तीमा १० वर्ष अधिकृतस्तरमा काम गरेको वा अन्तर्राष्ट्रिय रुपमा मान्य बीमा सम्बन्धी संस्थाबाट निर्जीवन बीमामा एसोसिएटसीप वा सो सरहको उपाधि हासिल गरेको हुनु पर्नेछ।

आवेदन दिनका लागि यही २०८२ साल वैशाख १९ गतेसम्म समय दिइएको छ। आवेदनहरू प्रथम प्राथमिकताको आधारमा छनोट गरिने र प्रत्येक समूहमा ३० जनासम्म सहभागी राखी तालिम सञ्चालन गरिने आईआईएनले जानकारी दिएको छ।

 

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड,...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:३६

  काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ...

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५ हजार नयाँ रोजगारी थपिने अपेक्षा

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:५६

  काठमाडौं । सरकारले सीमा नाकामा थालेको पछिल्लो कडाइ र...

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय सेवामा अन्तर्राष्ट्रिय मान्यता

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:०४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी...

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार कित्ता आईपीओ निष्काशन हुँदै

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:५१

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आगामी वैशाख...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...