CG Electronics
IME Life
NIMB

व्यवहारिक शिक्षामा लगानी: विश्वस्तरीय प्राविधिक विश्वविद्यालयतर्फ नेपालको यात्रा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौ । नेपालको व्यवहारिक शिक्षाको मागलाई मदन भण्डारी विश्वविद्यालयबाट उत्पादन हुने जनशक्तिले सम्बोधन गर्नसक्ने दाबी गरिएको छ ।

मदन भण्डारी विश्वविद्यालयले आइतबार काठमाडौमा गरेको विश्वस्तरीय विश्वविद्यालय निर्माणका लागि पहिलो कदम विषयक अन्तर्राष्ट्रिय भेलाका सहभागीले सो सम्भावना औल्याएका हुन् । भेलालाई सम्बोधन गर्दै ओलिन कलेज अफ इन्जिनियरिङ बोष्टन अमेरिकाका संस्थापन अध्यक्ष रिचर्ड मिलरले व्यवहारिक शिक्षामा हुने लगानी नै शिक्षा क्षेत्रको वास्तविक लगानी हुने बताए ।

उनले नेपालमा स्थापना भएको प्रविधि विश्वविद्यालयलाई सहयोग गर्न आफु प्रतिबद्ध रहने भन्दै गुणस्तरीय जनशक्ति उत्पादनमा सरकार, नीति निर्माता, विश्वविद्यालय र समाजको भूमिका रहने भन्दै स्तरीय शिक्षाले टिक्नसक्ने मानव संसाधन निर्माण हुने बताए ।

त्यसैगरी अमेरिकन विश्वविद्यालय कायरोका पूर्वउपाध्यक्ष ब्रुस फ्लेस्नरले नेपालका प्राविधिक विश्वविद्यालय संचालनको प्रशस्त सम्भावना रहेको भन्दै उत्साहका साथ मदन भण्डारी विश्वविद्यालयमा लगानी गर्न आग्रह गरे । दैनिक जीवन चलाउन उपयोगी शिक्षाको छुट्टै महत्व हुने भन्दै फ्लेस्नरले लगानीकर्तालाई उत्साहका साथ काम गर्न आग्रह गरे ।

नेशनल युनिभर्सिटी अफ सिंगापुरका पूर्वसंस्थापन उपाक्ष्यक्ष सिराम रामकृष्णाले सिंगापुर विश्वविद्यालयले स्पष्ट लक्ष्य निर्धारण गरेर काम गर्दा २५ वर्षमा विश्वका उत्कृट विश्वविद्यालयमा सामेल हुन सकेको उदाहरण प्रस्तुत गर्दै नेपालमा पनि प्राविधिक विश्वविद्यालय संचालनको संभावना रहेको बताए ।

उनले विश्वस्तरीय सेवा, गुणस्तरीय शिक्षामा ध्यान केन्द्रित गर्दा मदन भण्डारी विश्वविद्यालयले पनि विश्यका गुणस्तरीय मध्येको एक विश्वविद्यालय बन्नसक्ने जिकिर गरे । शोध, अनुषन्धान, बैज्ञानिक प्रयोगशाला र विश्वविद्यालयमा भएको लगानी नै समृद्ध भविष्यको वास्तविक लगानी हुने भन्दै नेपाल सरकार, निती निमार्ता र सरोकारवालालाई सोहि पक्षमा केन्द्रित रहन सुभाव दिए ।

विश्व बैंकका पूर्व नेपाल निर्देशक केनिची ओहासीले नेपाल सरकार र यसका निकायले नीति निमार्ण गर्दा उत्पादकत्व बढाउनेतर्फ ध्यान केन्द्रित गर्नेपर्ने धारणा राखे । सो कार्यका लागि सरकारका नीतिहरु प्रविधिमैत्री, व्यवहारिक र समाबेशी सहभागितामा आधारित अवधारणामा केन्द्रित हुनुपर्न भन्दै उनले नेपालले आफ्नै मौलिक विधिबाट प्रभावकारी आयोजना बनाउने, कार्यान्वयन गर्न प्रशस्त सम्भावना रहेको भन्दै सीपयुक्त विद्यार्थीले यस कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

कार्यक्रममा मदन भण्डारी विश्वविद्यालयका अध्यक्ष डा.राजेन्द्रध्वज जोशीले विश्वस्तरीय विश्वविद्यालय स्थापनाको सपना साकार भएको भन्दै मदन भण्डारी विश्वविद्यालयलाई अहिलेको भन्दापनि स्तरिय अवस्थामा टिकाइराख्नुपर्ने जिम्मेवारी आफूमा आइपरेको बताए । उनले सो जिम्मेवारी पूरा गर्नका लागि विश्वका स्तरीय विश्वविद्यालय संगको सहकार्य र सहयोग समेत आवश्यक रहेको भन्दै सहयोगको माग गरे ।

विश्वविद्यालयले अहिले च्याउ, किवी, अर्गानिक तराकारी उत्पादन तथा अनुशन्धान गर्ने गराउने र कृषि, उद्योग एआइ र प्रविधिका विविक्ष पक्षमा अध्ययन गरेको भन्दै त्यस्ता अध्ययन विश्वका अनुशन्धान संस्थाको समेत ध्यान तानेको बताए ।

मदन भण्डारी विश्वविद्यालले रोजगारी खोज्नेभन्दा पनि रोजगारी सृजना गर्नसक्ने जनशक्ति उत्पादन गर्ने बताए । कार्यक्रममा पूर्व शिक्षामन्त्री गिरीराजमणी पोखरेलले मदन भण्डारी विश्वद्यिालयको स्थापना नेपालको उच्च शिक्षामा एक महत्वपूर्ण फड्को मारेको बताए ।
छुट्टै कानुन र अलग अवधारणामा स्थापना भएका स्वास्थ्य, प्राविधिक र खुला विश्वविद्यालयको आफ्नै महत्व रहने भन्दै उनले यस्ता विश्वविद्यालका जनशक्तिले उद्यमशिलता विकास गर्न देश निर्माणमा भूमिका निभाउने पनि बताए ।

उनले अर्थतन्त्रमा रुपान्तरणकारी भूमिका निभाउने काम पूराना विश्वविद्यालयले गर्ने नसक्ने भन्दै नयाँ अवधारणाका विश्वविद्यालय स्थापना गर्नुपरेको बताए । कार्यक्रममा एरिस मसरुम फर्मका संचालक ओमकृष्ण श्रेष्ठ र मदन भण्डारी विश्वविद्यालयका संचालक डा.राजेन्द्रध्वज श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

फर्मका संचालक ओमकृष्ण श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेपछि आफूसंग अनुसन्धान सम्बन्धित नहुँदा फर्म स्थापनामा निकै समस्या भोग्नुपरेको बताए । उनले व्यवसायिक च्याउ उत्पादन गर्न स्थापना भएको फर्म अहिले समृद्ध अवस्थामा रहेको भन्दै च्याउ उत्पादन तथा अनुसन्धान कार्यमा विद्यार्थीलाई सहयोग गर्ने बताए ।

भेलाको उद्घाटन सत्रमा मदन भण्डारी विश्वविद्यालय कृत्रिम बौद्धिकता विभाग प्रमुख प्रो.डा. शुरेस मानान्धर, प्रो. डा. देवराज अधिकारी , भानु आचार्य लगायतले बोलेका थिए ।

मदनभण्डारी विश्वविधालयलाई दिर्घकालिन रुपमा स्थापित गर्न अन्तराष्टिय सहयोग तथा सम्बन्ध बिस्तार गर्ने उद्देश्यले भएको भेलामा नेपाल र नेपाल बाहिरका प्राज्ञ नीति निर्माता, अनुशन्धानकर्ता र अन्यको उत्साहजनक सहभागिता रहेको छ ।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...