CG Electronics
IME Life
NIMB

‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा डा.सुमी मल्लले जितिन् दुई अवार्ड

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको दोस्रो संस्करणको ‘मिसेस भोग नेपाल–२०२५’ डा.सुमी मल्लले बैंककमा आयोजित एक अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई महत्वपूर्ण उपाधि जितेकी छिन् ।

मंगलवार काठमाडौंमा हाउस अफ फेसन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार गत साता बैंककमा आयोजित ‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ डा.मल्लले दुई महत्वपूर्ण उपाधि जितेकी हुन् ।

वरिष्ठ दन्त चिकित्सकको रुपमा कार्यरत डा.मल्लले उक्त प्रतियोगितामा मिसेस इन्स्पिरेश्नल तथा सेकेण्ड रनर्स अपको उपाधि जित्न सफल भएकी छिन् ।

पत्रकार सम्मेलनमा उक्त प्रतिस्पर्धामा जितेको क्राउन लगाएरै प्रस्तुत डा.मल्लले विश्वका विभिन्न २५ देशका प्रतिस्पर्धिहरुसंग प्रतिस्पर्धा गरेर दुई महत्वपूर्ण उपाधि जित्न सफल भएर नेपालको नाम राख्न सफल भएको प्रतिक्रिया दिएकी छिन् ।

‘मुख्य उपाधि रसियाकी प्रतिस्पर्धिले जित्नु भयो, त्यो क्षण उहाँको पक्षमा रह्यो, तर नेपाली प्रतिस्पर्धिको रुपमा मैले पनि उत्कृष्ट प्रस्तुति दिन सफल भएँ, मुख्य उपाधि जित्न नसके पनि सेकेण्ड रनर्स अप तथा मिस इन्स्पिरेश्नल (सबैभन्दा प्रेरणादायी) को अवार्ड जित्नु आफैँमा उपलब्धिमूलक रहेको ठानेकी छु, पाँच फिट ८ ईन्च अग्ली डा. मल्लले भनिन् ।

डा.मल्लले बैंककमा सम्पन्न उक्त प्रतियोगिताको क्रममा आफूलाई ‘मिसेस नेपाल’ भनेर गरिएको सम्बोधन, नेपालको पर्यटनका बारेमा राखिएको जिज्ञासा तथा तिनको समाधानको क्रममा आफू अझ बढी गौरवान्वित भएको धारणा व्यक्त गरिन् ।

‘मिसेस भोग नेपाल २०२५’ को आयोजक संस्था हाउस अफ फेसन नेपालकी संस्थापक निर्देशक ओशिमा बानुले उक्त प्रतियोगितामा आफूले पठाएको नेपाली प्रतिनिधिले नेपालका लागि दुई महत्वपूर्ण उपाधि जित्न सफल हुनुमा डा.सुमी मल्लको समर्पण, सौन्दर्य र अदम्य आत्माले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई गर्वित तुल्याएको धारणा व्यक्ति गरिन् ।

‘यही आत्मविश्वास तथा गरिमाका साथ राष्ट्रको प्रतिनिधित्व गर्दै डा.मल्ल शक्ति, सौन्दर्य र प्रेरणाको प्रतीक बन्नु भएको छ, बानुको भनाइ छ ।

‘यो उपलब्धि केवल एक मुकुट मात्रै होइन, यो डा.मल्लको यात्राको, सहनशीलताको तथा छोएका अनगिन्ती जीवनहरूको उत्सव हो । तपाईंले सीमाना नाघेर महिलाहरूलाई आफूमा विश्वास गर्न, सीमाभन्दा माथि उठ्न र सपनाहरूलाई निडरताका साथ पछ्याउन प्रेरणा दिनु भएको छ, बानुले भनिन्– ‘हामी डा.सुमी मल्लको यो ऐतिहासिक उपलब्धिमा अत्यन्तै गर्वित छौं र भविष्यमा तपाईंले हासिल गर्ने नयाँ सफलताप्रति झन् उत्साहित छौं ।’

‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ को ग्राण्ड फिनाले गत मे १ अर्थात वैशाख १८ गते थाईल्यान्डको जीवन्त सहर बैंककमा आयोजना भएको थियो । हाउस अफ फेशन नेपालको विशेषज्ञ मार्गदर्शनमा विश्वस्तरीय प्रशिक्षण र ग्रुमिङ प्राप्त गरेकी डा.सुमी मल्ल आत्मविश्वास, सौन्दर्य र दृढतासहित अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि बैंकक पुगेकी थिइन् ।

पत्रकार सम्मेलनमा हाउस अफ फेसनले तेस्रो संस्करणको ‘मिसेस भोग नेपाल–२०२६’ को घोषणासमेत गरेको छ । आगामी जनवरीमा आयोजना हुने उक्त प्रतियोगितामा विवाहित नेपाली नारीहरुले प्रतिस्पर्धा गर्न सक्ने हाउस अफ फेसन नेपालले जनाएको छ ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...