CG Electronics
IME Life
NIMB

सरकारले गार्मेन्ट उद्योगलाई सहयोग गरेन् : उपाध्यक्ष ढकाल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले नेपाल सरकारले उद्योगहरुलाई पर्याप्त सहयोग नगरेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले बंगलादेश सरकारले गार्मेन्ट उद्योगलाई सहयोग गर्ने गरेको तर नेपाल यसका विपरित भएको भन्दै सरकारबाट पर्याप्त सहयोग नपाएकोले, धेरै गार्मेन्ट उद्योग बन्द भएको बताए ।

उनले भने, ‘नेपालको गार्मेन्ट र बंगलादेशको गार्मेन्ट उद्योग ८० को दशकको सुरुवाततिर सुरु भएको थियो । बंगलादेश सरकार अमेरिका र चीनपछि विकसित देशपछि दोस्रो उच्चतम स्थानमा छ । बंगलादेशमा भुइँ गार्मेन्ट उद्योगलाई सबैको सहयोग छ । तर नेपालको मामिलामा यसको विपरीत छ ।

मेरो आफ्नै भाइले पनि नेपालको पूर्वी भागमा सबैभन्दा ठूलो तयारी गार्मेन्ट उद्योग खोल्नु भएको थियो । तर धेरै कारणहरू तथा विशेषगरी सरकारबाट पर्याप्त सहयोग नपाएकाले अहिले बन्द छ ।’
यस्तै, उनले कोभिडपछि नेपालको अर्थतन्त्र स्थिरतामा गएको भन्दै अहिले निजी क्षेत्रको पहलमा बन्द कारखानाहरू खोल्ने र व्यवसायलाई प्रवद्र्धन गर्ने मौका रहेको पनि बताए ।

स्थिर नीति र डिजिटल अर्थतन्त्र ल्याउनको लागि पहल गरिरहेको भन्दै यसले औपचारिक व्यापार बढाउन सहयोग गर्ने उनको भनाइ छ ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...