CG Electronics
IME Life
NIMB

सानिमा रिलायन्सको नयाँ योजना: जीवनभरको आर्थिक सुरक्षा र दोहोरो भुक्तानी सुविधा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । जीवनमा अनपेक्षित रुपमा आउने जोखिमहरू — रोग, दुर्घटना, प्राकृतिक प्रकोपजस्ता घटनाले व्यक्ति र उनको परिवारलाई आर्थिक संकटमा पार्न सक्छ। यस्ता जोखिमबाट सुरक्षित रहन आवश्यक तयारी गर्नु आजको यथार्थ हो। यस्तै आवश्यकता बुझ्दै सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ‘धन सञ्चय जीवन बीमा योजना’ सार्वजनिक गरेको छ।

यस बीमा योजनाले बीमित व्यक्तिलाई बचतका साथै दीर्घकालीन आर्थिक सुरक्षाको प्रत्याभूति दिन्छ। यो योजना विशेष गरी व्यक्ति सक्रिय आम्दानी गर्न नसक्ने अवस्थामा आर्थिक राहतको उपाय हो। बीमितले अनुशासित ढंगमा गरेको बचत केही वर्षपछि बोनससहित फिर्ता पाउनेछन्। साथै, जीवनको अन्त्यपछि पनि परिवारले बीमांक रकम प्राप्त गर्न सक्नेछन्।

सानिमा रिलायन्सको ‘धन सञ्चय जीवन बीमा योजना’ अन्तर्गत बीमितले अतिरिक्त शुल्क तिरेर दुर्घटना मृत्यु सुविधा, पूर्ण स्थायी असक्तता सुविधा र बीमा शुल्क छुट सुविधा प्राप्त गर्न सक्छन्। दुर्घटनामा मृत्यु भएमा बीमांक रकमको दोब्बर भुक्तानी आश्रितलाई गरिनेछ। त्यस्तै, पूर्ण स्थायी असक्तताको अवस्थामा १२० महिनासम्म मासिक किस्तामा बीमा रकम भुक्तानी हुनेछ। यस्तो अवस्थामा बाँकी बीमाशुल्क स्वतः मिनाहा हुनेछ।

बीमितले योजना अन्तर्गत ५, १०, १५, २०, २५ वा ३० वर्षको बीमा अवधिको छनोट गर्न सक्नेछन्। भुक्तानी अवधि पनि ५ देखि २५ वर्षसम्म छनोट गर्न सकिनेछ। एकमुष्ट भुक्तानीको सुविधा पनि उपलब्ध गराइएको छ। बीमा योजनामा सहभागी हुन बीमितको उमेर १८ वर्षदेखि ६५ वर्षसम्म हुनुपर्नेछ। बीमांक न्यूनतम ५० हजारदेखि अधिकतम व्यक्तिगत आम्दानीको आधारमा निर्धारण गरिनेछ।

यो योजनाको विशेषता के छ भने बीमा म्याद समाप्त हुँदा र बीमित १०० वर्ष पुग्दा दुईपटक रकम फिर्ता गरिनेछ। सावधिक र आजीवन बीमाको संयोजनले यो योजनाले जीवनभर आर्थिक सुरक्षा र बचतको सुनिश्चितता दिन्छ।

सानिमा रिलायन्स किन?
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नेपाली बजारमा विभिन्न नवीन तथा आवश्यकता आधारित बीमा योजना ल्याउने क्रममा विश्वास कमाएको छ। आर्थिक रूपमा सबल, सामाजिक रूपले प्रतिष्ठित समूहद्वारा प्रवर्धित यस कम्पनीले पारदर्शिता, जिम्मेवारी र उत्कृष्ट संस्थागत सुशासनमार्फत ग्राहकको बीमा सुरक्षा सुनिश्चित गर्दै आएको छ।

बिमा अवधिको अन्त्यमा बीमित जीवित रहेमा बीमांक तथा बोनस रकम बीमितलाई प्रदान गरिनेछ। मृत्यु भएमा कानुनी हकवालालाई बीमा रकम भुक्तानी हुनेछ। यसरी, छोटो अवधिमा बीमाशुल्क तिरेर जीवनभरिका लागि आर्थिक सुरक्षा दिने यो योजना आजको अनिश्चित जीवनशैलीमा अत्यन्त उपयोगी साबित हुन सक्छ।

यदि तपाईंले अहिलेसम्म जीवन बीमा गर्नुभएको छैन भने, ‘धन सञ्चय जीवन बीमा योजना’ आजैबाट सुरु गर्नु तपाईँ र तपाईँको परिवारको आर्थिक सुरक्षाका लागि बुद्धिमानीपूर्ण निर्णय बन्न सक्छ।

 

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि,...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५५

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:०४

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक...

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:००

  काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप बिजनेस एपीआई विस्तारमा जोड

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

  काठमाडौँ । टेलि डिजिटल सर्भिसेस प्रालि ले मेटासँगको सहकार्यमा...

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविरदेखि रक्तदानसम्मका कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता,...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३८

  काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड ले ३२औँ वार्षिकोत्सवको...

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३१

  पाल्पा । सहकारी संस्थाको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना...