CG Electronics
IME Life
NIMB

इनड्राइभले काठमाडौंमा आफ्नो कार्यालय उद्घाटन गर्यो

NIMB
Himalayan Bank

 

काठमाडौँ । नेपालको एक अग्रणी राइड–हेलिङ एप, इनड्राइभले काठमाडौंमा आफ्नो आधिकारिक कार्यालय उद्घाटन गरेको छ। यो कदम इनड्राइभको स्थानीय ड्राइभर पार्टनर्सहरू प्रति समर्पण, शहरभरि राइडहरूको लागि सेवाको गुणस्तर बढाउने, र कम्युनिटी इनिसिएसनलाई सशक्त बढाउने आफ्नो प्रतिबद्धतालाई सुदृढ पार्ने एउटा प्रमुख कदम हो ।

नयाँ कार्यालयले ड्राइभर पार्टनर्सलाई सशक्त बनाउने र समग्र इनड्राइभ अनुभव सुधार गर्ने उद्देश्यले विभिन्न सेवाहरूको लागि केन्द्रको रूपमा काम गर्नेछ। काठमाडौंस्थित नयाँ कार्यालयले ड्राइभर कम्युनिटीको सशक्तीकरण, राइडरहरूको अनुभव सुधार, र स्थानीय स्तरमा सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्य बोकेको छ । यस कार्यालयमार्फत इनड्राइभले अब ड्राइभर सपोर्ट, सीप विकासका लागि तालिम कार्यक्रमहरू, समुदाय तथा सुरक्षा–केन्द्रित अभियानहरू, साथै स्थानिय आवश्यकता अनुसार अनुकूलित मार्केटिङ र साझेदारी कार्यक्रमहरू सञ्चालन गर्नेछ ।

इनड्राइभका एपीएसी रिजनल डाइरेक्टर मार्क टोलीले भने, “हामी इनड्राइभमा, काठमाडौँमा हाम्रा ड्राइभर पार्टनर्स र स्थानीय समुदायका लागि अफिस खोल्न पाउँदा अत्यन्तै उत्साहित छौं । यो नयाँ कार्यालय केवल एउटा कार्यस्थान मात्र होइन, यो एक यस्तो समर्पित समर्थन केन्द्र हो जहाँ हाम्रा ड्राइभर पार्टनर्सले आवश्यक सहयोग, मार्गदर्शन, तालिम तथा आत्मबल प्राप्त गर्न सक्छन् । हामी चाहन्छौं कि उनीहरूले यहाँ आएर इनड्राइभको अभिन्न हिस्सा भएको अनुभव गरून् । यो केन्द्र उनीहरूको सफलतालाई अझ सशक्त बनाउने माध्यम हो ।”

नयाँ कार्यालयमा नियमित प्रशिक्षण सत्रहरू सञ्चालन गरिनेछ जसले चालकहरूलाई व्यावसायिक रूपमा बढ्न र उच्चतम स्तरको सेवा प्रदान गर्न आवश्यक ज्ञान र जानकारीहरू प्रदान गर्नेछ । थप रूपमा, चालकहरूले कुनै समस्याको सामना गरेमा वा टिम मेम्बरसँग व्यक्तिगत रूपमा कुरा गर्न चाहेमा सिधै कार्यालयमा जान सक्नेछन् ।

नयाँ सुरुवातले नेपाली बजारप्रति इनड्राइभको दृढ र दीर्घकालीन प्रतिबद्धतालाई स्पष्ट रूपमा झल्काउँछ । इनड्राइभले उचित मूल्य निर्धारण र प्रयोगकर्तालाई प्राथमिकतामा राख्ने दृष्टिकोणको कारणले यात्रु र चालक दुवैको लागि द्रूत रूपमा मनपर्ने विकल्प बनेको छ । यही कारणले गर्दा यो प्लेटफर्म छोटो समयमा यात्रुहरू र चालकहरू दुबैको मन जित्न सफल भएको छ । नेपाली बजारमा इनड्राइभ लोकप्रियताको नयाँ स्तरमा पुग्दै गएको छ, जसले स्थानीय आवश्यकतालाई बुझ्ने र समाधान दिने यसको क्षमतालाई प्रमाणित गर्छ। यस प्रयासमार्फत इनड्राइभले नेपालमा दीगो र समावेशी यातायात प्रणाली निर्माणमा योगदान पु‍र्याउने लक्ष्य लिएको छ ।

इनड्राइभ नेपालकी डाइरेक्टर रीता पोखरेलले भनिन्, “नेपाल हाम्रो लागि एउटा महत्वपूर्ण र प्राथमिक बजार हो। काठमाडौंमा नयाँ कार्यालय स्थापना गर्नु भनेको केवल एक भौतिक संरचना खडा गर्नु मात्र होइन, यो हामीले नेपाली ड्राइभर पार्टनर्ससँग निरन्तर निर्माण गर्दै आएको विश्वास र सहकार्यको प्रतिक हो।”

”हामीले सधैं चालकहरूसँग संवादलाई प्राथमिकता दिएका छौं—उनीहरूको सुझाव, आवश्यकताहरू र चुनौतिहरूलाई ध्यानपूर्वक सुन्दै आएका छौं। आफ्नो कम्युनिटीलाई सुन्ने र बुझ्ने संस्कृतिले इनड्राइभलाई साँच्चिकै आफूहरुको लागि बनेको प्लेटफर्म भएको मानिसहरूलाई अनुभूति गराएको छ । यो नयाँ कार्यालय हाम्रो प्रतिबद्धताको स्पष्ट प्रमाण हो — यो एक यस्तो स्थान हुनेछ, जहाँ चालकहरूले आवश्यक सहयोग, प्रशिक्षण, र अवसर पाउन सक्नेछन् । तर अझ महत्वपूर्ण कुरा, यो स्थान उनीहरूले आफ्ना आवाजहरू सुरक्षित रूपमा अभिव्यक्त गर्न, व्यक्तिगत र व्यावसायिक रुपमा दक्षता वृद्धि गर्न, र इनड्राइभको यात्रामा सक्रिय साझेदार बन्न महत्वपूर्ण हुनेछ ।”

काठमाडौंमा यो कार्यालय खोल्न पाउनु हाम्रो लागि गर्वको कुरा हो । हामी यसलाई चालकहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउने माध्यमका रूपमा हेर्छौं, यसले भविष्यमा अझ बढी समावेशी र दिगो परिवहन प्रणालीको निर्माणमा योगदान पु‍र्याउनेछ ।
काठमाडौंमा कार्यालय सुरु गर्नु इनड्राइभको सम्मानलाई अझै अगाडि बढाउने एक महत्वपूर्ण कदम हो ।

यसले इनड्राइभलाई चालक–केन्द्रित, पारदर्शी, र समुदाय–संचालित मोबिलिटी प्लेटफर्मको रूपमा थप मजबुत बनाउँछ । इनड्राइभले नेपालमा ल्याएको निष्पक्ष, उचित मूल्य, र प्रयोगकर्तामैत्री मोडेल ल्याएको छ, जसले छोटो समयमा आम जनमानसको विश्वास जित्दै लोकप्रियता हासिल गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १८:४२

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड २०२६ अन्तर्गत ब्रोंज अवार्डबाट सम्मानित

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक...

वि.सं.२०८३ साउन ९ शनिवार १६:४०

  काठमाडौं, नेपाल – २०८३ श्रावण ४ – द ब्रिटिस...

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक निर्णय नभएको दाबी

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक...

वि.सं.२०८३ साउन ९ शनिवार १४:२५

  काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शिक्षा, विज्ञान...

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ सम्मान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई...

वि.सं.२०८३ साउन ९ शनिवार १४:१३

  काठमाडौं, नेपाल। नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा नयाँ एआई कार्यक्रम सुरु

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा...

वि.सं.२०८३ साउन ९ शनिवार १३:५५

  रोजगार प्रवर्द्धन: कार्यक्रमले उदीयमान प्रविधि शिक्षालाई उद्योग एक्सपोजर र...