CG Electronics
IME Life
NIMB

मिस्टर महानगर शारीरिक सुगठनको तयारी पूरा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । काठमाडौं महानगरपालिका वडा २२ को आयोजनामा हुने प्रथम मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको छ ।

प्रतियोगिता असार ६ र ७ गते प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा हुनेछ । प्रतियोगिताकम कुल ६ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ ।

पुरूष ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक ईश्वर श्रेष्ठले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रत्येक तौल समूहको विजेता मिस्टर महानगरको ओभरअल प्रतिस्पर्धाका लागि छनोट हुनेछन् । ओभरअल विजेताले मिस्टर महानगरको उपाधिसहित नगद ५ लाख, ट्रफी र ब्यानेट पाउनेछ । प्रत्येक तौलसमूहको विजेता, उपविजेता र तेस्रो स्थानमा रहने खेलाडीलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रूपैयाँ पुरस्कार प्रदान गरिने छ । चौथोले १५ हजार र पाँचौंले १० हजार रुपैयाँ पाउने छन् ।

असार ६ गते तौल नाप्ने कार्य हुनेछ भने दोश्रो दिन प्रिजजिङ र फाइनल खेल हुने छ । पहिलो संस्करणमा पुरुष खेलाडीको मात्र प्रतिस्पर्धा हुने भएको छ । आगामी संस्करणमा महिलाको पनि प्रतिस्पर्धा गराउने आयोजक वडा–२२ का अध्यक्ष चिनिकाजी महर्जनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा अध्यक्ष महर्जनले ओभरअल विजेताले पाउने ट्रफी पनि सार्वजनिक गरेका थिए ।
नेपाल शारिरीक सुगठन तथा फिटनेस महासंघको सहकार्य तथा काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगिताको अवसरमा शारीरिक सुगठन क्षेत्रमा अतुलनीय योगदान दिने व्यक्तित्वहरूलाई पनि सम्मान गरिने आयोजकले जनाएको छ ।

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...